Title: कञ्चनपुरमा ७ सिमास्तम्भ गायव, दशगजा अव्यवस्थित

कञ्चनपुरमा ७ सिमास्तम्भ गायव, दशगजा अव्यवस्थित:-

- ekantipur.com, News

महेन्द्नगर , अषाढ ३० - कञ्चनपुरको नेपाल-भारत सिमा क्षेत्रमा स्थापना गरिएका मुख्य सिमास्तम्भहरु मध्ये ७ गायव भइ निशाना समेत नरहेको अवस्थामा छ । सिमाक्षेत्रका मुख्य र सहायक स्तम्भ गायव भएका कारण दशगजा स्पष्ट हुन नसकी पटक पटक सिमा अत्रि्रमणका घटनाले विवाद चर्कने गरेकोछ ।

जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार ब्रह्मदेवदेखि जिल्लाको सुदुर दक्षिणी भेगको परासनसम्मको सिमाक्षेत्रमा रहेका ८६ मुख्य स्तम्भ मध्ये ६४ वटा मात्र सावुत अवस्थामा रहेका छन् । यसैगरी सशस्त्र प्रहरीको सिमा सरक्षा वलले तयार गरेको सिमास्तम्भहरुको अवस्था वारेको विवरण उल्लेख भएको प्रतिवेदनमा ८६ मुख्य सिमा स्तम्भ मध्ये ७ खोला नदीले बगाएर निशाना समेत नरेको अवस्थामा छ । खोला नदीले बगाएर गायव रहेको ति स्तम्भ संगै ४ जिर्ण अवस्थामा र ११ साधारण मर्मत गर्नुपर्ने अवस्थामा रहेको सशस्त्र प्रहरीले जिल्ला प्रशासनमा पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

ब्रहमदेव सिमाक्षेत्रको महाकाली नदीमा रहेको ३ नं . सिमास्तम्भ बर्षौ देखि गायव अवस्थामा छ । भारतले नेपाली भूभाग समेत प्रयोग गरि टनकपुर जल बिद्युत परियोजना निर्माण कै बेलादेखि उक्त सिमास्तम्भ गायव भएको स्थानियवासीहरु बताउछन् । नेपाल भारतको संयुक्त सिमा सर्भेक्षण टोलीले जिल्लाको अन्य भागमा सिमांकन संगै सिमास्तम्भहरु व्यवस्थित गर्ने काम सम्पन्न गरेको दावी गरेता पनि ब्रह्मदेव क्षेत्रको सिमा विवाद सुल्झाउन नसकेको हो । यसबाहेक महाकाली पारीको चादनी, दोधारा, रौतेली विचवा, रामपुरवि ासीपुरद खि परासन गाविससम्मको सिमाक्षेत्रका ठाउ ठाउमा सिमास्तम्भ र दशगजा व्यबस्थित नभएका कारण सिमा विवाद चर्किने गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले संकलन गरेको रेकर्डका आधारमा कञ्चनपुरको भारत पिलिभितसंग जोडिएको दोधारा गाविस क्षेत्र का २२ र २३ नम्वर मुख्य सिमास्तम्भ महाकालीले बगाएर नष्ट भएको अवस्थामा छ । त्यसैगरि दक्षिणि भेगको १८१ , १८४ र १८५ तिनवटै नदीले बगाएर नष्ट भएकोछ भने १८७ भत्केको तथा १८८ ढलेको छ । चादनी गाविसको जोगबुडा नदी सिमाक्षेत्रमा हराइरहेको १२ नं स्तम्भ हालै सरशस्त्र प्रहरीले गाडिएको अवस्थामा फेला पारेको हो । सहायक सिमास्तम्भ ३२ मध्ये २ मात्र सावुत अवस्थामा छन् । २ खोलाले बगाएको ,जिर्ण अवस्थामा ५ र मर्मत गर्नुपर्ने ३ रहेको सशस्त्र प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

'परासन गाविसमा लोप भएको १९६ को सटृ सर्भे टोलीले ७६६ नम्वरको नयाँ पिलर कायम गरेको सवैभन्दा विवादास्पद छ' कञ्चनपुरका प्रजिअ बुध्दि बहादुर खड्काले भने । उनका अनुसार पुरानो नक्सा र हाल अध्यावधिक गरिएको नक्सा भिडाएर स्थानिय वासिन्दाहरुको समेत रोहवरमा सिमास्तम्भको लोकशन हेरेर दशगजा रेखांकन गरिनु पर्ने आबश्यकता रहेकोछ ।

'कम्तिमा बर्षको एक पटक अनिवार्य रुपमा सिमास्तम्भहरुको अनुगमन र मरम्मत हुनै पर्छ' उनले भने ।

बर्षको अघिदेखिको सिमास्तम्भहरुको अवस्था तथा अत्रि्रमित भूभागको विवरण सवै केन्द्रमा आवश्यक कारवाही लागि पठाइएको उनले बताए ।

'कम्तिमा पनि लोप भएका सिमास्तम्भ स्थापना गर्ने, जिर्णको मर्मत गरिनु पर्ने र दशगजा स्पष्ट गर्न खाल्डो खनेर रेखांकन गरिएमा विवाद कम हुने' उनले बताए । कञ्चनपुरसंग भारत उत्तराखण्डको चम्पावत र उधमसिंहनगर तथा उत्तरप्रदेश राज्यको पिलिभित र लखिमपुर खिरि जिल्ला संग सिमा जोडिएकोछ ।

source:
www.ekantipur.com ...
del.icio.us   digg   reddit   stumbleupon

responses to ( कञ्चनपुरमा ७ सिमास्तम्भ गायव, दशगजा अव्यवस्थित )

  1. Anita Says:

    भारतीयले सीमा स्तम्भ सार्‍यो
    कान्तिपुर संवाददाता
    कञ्चनपुर, जेष्ठ २२ - कञ्चनपुरको दक्षिणी क्षेत्रको रौतेलीबिचवा-९ झिलमिलानजिक रहेको नेपाल-भारत सीमा स्तम्भ नम्बर २८ भारतीय पक्षले नेपालतर्फसारेका छन् ।

    स्थानीय वासिन्दाका अनुसार केही दिनअघि मात्र सीमाक्षेत्रमा रहेको सीमा स्तम्भ सारिएको हो । नेपालतर्फो भूभागमा ल्याएर सीमा स्तम्भलाई जमिनभन्दा एक फिटमाथि देखिने गरी गाडिएको स्थानीय रामबहादुर बस्नेतले बताए ।

    यसैगरी नेपाल-भारत सीमा स्तम्भ नम्बर २९ नजिकको नेपालतर्फो किसान मध्यवर्ती सामुदायिक वनको पाँच बिघा बढी क्षेत्रमा भारतीय टांटरगञ्ज निवासी गुरुदयाल सिं -सरदार) ले खनजोत गरी उखु लगाएका छन् ।

    फागुन महिनादेखि उक्त भूभाग भारतमा पर्ने भन्दै उनले खनजोत गरी उखु लगाएको स्थानीय दीपेन्द्र बस्नेतले बताए ।

    इलाका प्रहरी कार्यालय, बेलौरीका प्रहरी नायव निरीक्षक मनोहर चन्दले सीमास्तम्भ सारेको बारे जानकारी नभएको जनाए । उनले नेपालतर्फो सामुदायिक वनमा खनजोतको जानकारी आएकाले सत्यतथ्य बुझन प्रहरीको एक टोली त्यसतर्फपठाइएको बताए ।

    रासस

    source:
    www.ekantipur.com

Leave your reponse to this post
Please Login to comment.

Anita 's blog

Last login: Jul. 23rd 09:44 PM
Member since: Dec 31 1969
  • Total blogs: 161
Latest blog by Anita