More Articles

Bullet जनजातिलाई
  Date 06/19/08 Icon 52 Date 3 comments  
Spacer
Bullet Indian Dhoti will be
  Date 06/12/08 Icon 75 Date 5 comments  
Spacer
Bullet थारु
  Date 06/05/08 Icon 68 Date 0 comments  
Spacer
Bullet Madhesi Party & India
  Date 06/01/08 Icon 58 Date 1 comments  
Spacer
Bullet Last Day of Ex-King
  Date 06/01/08 Icon 62 Date 2 comments  
Spacer
Bullet नेपालको
  Date 05/19/08 Icon 97 Date 0 comments  
Spacer
Bullet संविधान
  Date 05/19/08 Icon 69 Date 0 comments  
Spacer
Bullet भारतबाट
  Date 05/10/08 Icon 77 Date 0 comments  
Spacer
Bullet 4 Parties amendment
  Date 04/27/08 Icon 77 Date 1 comments  
Spacer
Bullet Nepal's king denies
  Date 04/21/08 Icon 87 Date 0 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

July

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 
 
 

June

1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 
 
 

Welcome on my blog!

Sangita wrote 15 articles and got 17 comments. The last article was submitted on 06/19/08

Sangita's profile | Sangita's gallery



Title: लोकतन्त्रका लडाकू Bal Bahadur Rai


लोकतन्त्रका लडाकू Bal Bahadur Rai

मध्य माघको एक सा“झ 'सेतो बङ्गला'को कालो ढोकाबाट निस्क“दा एकमुष्ठ शोक बर्सर्ेेजस्तो परविेश थियो बाहिर । ललितपुर, सुनाकोठीको आकाशमा विस्तारै अ“ध्यारो घोप्टि“दै थियो । टायरको धू“वामा रगमगिएको लोकतान्त्रिक सडकको तमासा छिचोल्दै मृत्युको 'काउन्ट डाउन' गररिहेका वयोवृद्ध नेताकहा“ पुगिएको थियो ।

सेतो बङ्गला थियो, ४३ वर्षनेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य रहेका बलबहादुर र्राई, ८७, को । वर्षै र्सवाधिक धमिलो दिन पहिलो तल्लाको पर्ूवतिर फर्केको कोठामा तीनवटा सिरक खापेर सुतेका रहेछन् । नजिकै खबरकागज, डायरी, औषधि र आध्यात्मिक ग्रन्थहरू छरपस्ट थिए । सिरक पन्छाइदिएपछि उनले सुनँए, लामो जीवनको छोटो अंश ।

बालुवाटारमा सिकिस्त प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाभन्दा साढे चार वर्षजेठा रहेछन् बलबहादुर । तर, दर्ुइघन्टे केरकारमा पनि उनले आफ्ना प्रिय नेताको अन्तरङ्ग मिजास खोलेनन् । सम्झनालायक एकै हरफ रह्यो, "गिरजिाबाबु ठट्टा फिटिक्कै गर्दैनन् । उनले त स्वास्नीसित पनि हा“सखेल गरेनन् होला ।"

बलबहादुर र्राईको घरमा र्राई भाषा चल्दो रहेछ । तर, आगन्तुकहरूलाई संस्कृतका श्लोक भट्याउनु उनको जीवनशैली नै बनिसकेको छ । 'किकु' भन्दै नातिनातिना उनलाई चिया, तातोपानी, हर्लिक्स पुर्‍याउन आइपुग्छन् । अनौठो त के भने, बलबहादुर अझै पनि मजाले मकै टोक्छन् । दिउ“सो उनको खाजा नै भुटेको मकै रहेछ ।

रोज दर्ुइ घन्टा कोमल गीता र चण्डी पाठ गरेपछि बल्ल आत्मिक शान्ति मिल्छ उनलाई । न्रि्रा नपरुञ्जेल र न्रि्रा छुटेपछि तिनै ठेलीहरूमा अलमलिन्छन् । उनलाई गीतागायक भने पनि हुन्छ । भन्छन्, "सबैले गीता पढून्, त्यहा“ प्रशस्त ज्ञान छ ।" मतवालीले गीता पढे महापाप लाग्छ, दर्ुगाकवच पढे बहुलाउ“छ भन्ने हल्ला कपटीहरूले चलाएको उनको धारणा छ । उनको तन्दुरुस्ती कति भने, संसद्मा खासै गयल हु“दैनन् । गाडी सुविधाले बूढा सांसदको मन चञ्चल छ । साइकलचाहि“ उनको भूपू सवारी रहेछ ।

खेती हर्ेन तर्राई पनि पुग्छन् बलबहादुर । पत्रिका नपढे उनको बिहान खल्लो हुन्छ । मुखपातोका खबरखाबर त भइगए । राशिफल र समवेदनासम्म हर्ेन भ्याउ“छन् । भन्छन्, "राम गए, कृष्ण गए, पृथ्वीनारायण शाह गए, त्रिभुवन गए, मलाई पनि भरसक ९० वर्षभत्रै जाने इच्छा छ ।" ज्योतिषशास्त्रमा पनि उनको चाख छ । भन्छन्, "म ज्योतिषी त होइन तर ज्योतिषले मलाई ढा“ट्न सक्दैन ।" अबका चार वर्षउनका ग्रहदशा खराब छन् रे †

बलबहादुर र्राई सामान्य परविारका सदस्य होइनन् । पर्ूव ३ नं मुहलीडा“डाका किरा“ती राजाका सन्तान हुन् । उनका 'राजसी' पितापर्ुखाले कहिल्यै कामधन्दा गरेनन् । सम्झन्छन्, "उनीहरूको जीवन त जा“ड खाएरै बित्यो । घा“स काटेको, मेला हि“डेको, हलो जोतेको, जागिर खाएको, इलम गरेको त मैले थाहै पाइन“ ।" सामन्ती पृष्ठभूमिका बलबहादुरको पालामा बल्ल दुःखसित नाता जोडियो । १९९५ मा रहरले विष्णु दल पल्टनमा चार रुपिया“ पाउनेे सिपाही हुन पुगे । तीन वर्षछि धनकुटामा नौ रुपिया“वाला जागिर मिल्यो उनलाई । जोसिला बूढा सुनाउ“छन्, "युद्धको तालिम सिकेको छु । हातको इसारामा गोली चलाउन र परेड खेल्न सक्छु ।"

अर्को वर्षमालअड्डामा हवल्दारका रूपमा बढुवा भयो उनको । तर, सिपाहीबाट निजामतीतिर लागेका बलबहादुरको तलब छ रुपिया“मा झर्‍यो । भन्छन्, "मलाई पैसा घटेको चिन्ताभन्दा साहेब हुन पाएकामा गौरव थियो ।" त्यसपछि उनी तेह्रथुम मालमा बैदार हुन पुगेछन् । उनको शब्दमा त्यो थियो, ११ रुप्पे जागिर । त्यतिबेला अङ्ग्रेजविरोधी भारत छोडो आन्दोलनको हावा लाग्यो उनलाई । यता नेपाली राष्ट्रिय काङ्ग्रेसको पर्चामा आ“खा परहिाल्यो । अनि, राणाहरूको थिचोमिचोविरुद्ध भूमिगत रूपमा लागे ।

२००७ कात्तिक २१ गते राजा त्रिभुवन सपरविार दिल्लीतिर लागेपछि बलबहादुरले जागिरको माया गरेनन् । नारदमुनि थुलुङको नेतृत्वमा ताप्लेजुङबाट चरकिोटसम्म कब्जा हु“दै थियो । क्रान्ति गर्न गृहजिल्ला पसेका उनले विश्वयुद्ध लडेका वीर फौजीहरूको बन्दोबस्तीको जिम्मा पाए । क्रान्तिकालीन फौजको नाम माओवादीहरूको जस्तै थियो, जनमुक्ति सेना । पछि रक्षा दल हु“दै प्रहरी बल बन्यो । बलबहादुर र्राई जिल्ला गभर्नरको सल्लाहकार हु“दै केन्द्रीय सरकारको सल्लाहकार बन्न सफल भए । भन्छन्, "सात सालको क्रान्ति राणाले राजालाई अन्याय गरे भनेर छिचिमिराजस्तै उठेको हो ।"

रोचक त बलबहादुर र्राई ०१५ का निर्वाचित सांसद हुन् । त्यतिबेला क्षेत्र नं १८ मा गोरखा परष्िाद्का डिल्लीशेर र्राईलाई हराएका हुन् उनले । त्यसपछि अहिलेसम्म उनले हार्नुपरेको छैन । १७ महिना सांसद भएपछि पक्राउ परे । प्रजातन्त्र बहालीका लागि सशस्त्र क्रान्ति गर्न जसरी पनि छुट्नू भन्ने सुवर्ण्र्ााशेरको आदेश आयो । त्यसपछि राजाको कदम ठीक छ भन्ने कागजमा सहीछाप गरेर क्षेत्र नं १७ का सांसद पेशलकुमार पोखरेलसित छुटे । तर, दोस्रो सशस्त्र क्रान्ति सफल भएन । धेरै जना समातिए, कतिपय मारएि पनि । पञ्चायतकालमा आफूलाई ज्यान सजाय दिने निर्ण्र्ााभएको बलबहादुर सम्झन्छन् । भन्छन्, "बलबहादुरलाई नमारेसम्म शान्ति हु“दैन, सबैलाई बिगार्ने उही हो भनिएछ । " संयोगवश कुनै सज्जनको निगाहमा त्यो टरेर गयो ।

बलबहादुर र्राई ०१६ देखि ०५१ सालसम्म अटुट रूपमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य रहे । भन्छन्, "किसुनजीले टुटाए पनि ०५६ सालमा गिरजिाबाबुको पालामा फिर्ता भए“ ।" त्यसपछि काङ्ग्रेसको दुइटा महाधिवेशनबाट लगातार निर्वाचित केन्द्रीय सदस्य छन् । ०४८ र ०५१ सालको प्रतिनिधिसभामा ओखलढुङ्गाबाटै जिते उनले । ०५६ सालको टिकटचाहि“ भतिजालाई छाडिदिए । भन्छन्, "त्यो केटाले साह्रै दुःख पायो, ०५१ सालमा त मसितै बागी उठ्यो ।" तिनै गोपालको मन्त्री हु“दा एक वर्षघि ताप्लेजुङको घुन्सा हेलिकप्टर दर्ुघटनामा मृत्यु भयो ।

टिकट छाडेका बलबहादुर र्राई दर्ुइ वर्षछि राष्ट्रियसभामा पुगिहाले । उनी पटकपटक मन्त्री बने । तर, पर्ुर्पुरोमा प्रधानमन्त्री लेखेको रहेनछ । भन्छन्, "१९ पटकसम्म कार्यवाहक प्रधानमन्त्री सम्हाले“ । दर्ुइपटक त किसुनजीले प्रधानमन्त्री नै बनाउन खोजे ।" तर, अब पद ओगटिरहने पक्षमा छैनन् । भन्छन्, "मैले राजनीति गरे पनि गरे“, नगरे पनि गरनि“, हुने भए पनि गरे“, नहुने भए पनि गरे“, खुट्टा चलुञ्जेल, वाक्य नबसुञ्जेल म राजनीतिमा सक्रिय हुन्छु ।"

भोलिको पि“ढीलाई स्वाधीन देश र लोकतन्त्र बुझाउन राजनीति गरेको उनको दाबी छ । आत्मस्वीकृति छ, "म त नपढेको मान्छे तर वेदवेदान्तको अध्ययनचाहि“ गरेको छु, राजनीति छलकपट रहेछ, घूस खान पनि बुद्धि चाहिने रहेछ ।" आफूलाई काङ्ग्रेसका भीमबहादुर तामाङको कोटीमा राखेका छन् उनले । पछिल्लो पुस्ताले लामो समय राजनीति गरेको मान्छेका रूपमा सम्झने उनको विश्वास छ । लोकतन्त्रका लागि पा“च वर्षति बन्दी र साढे सात वर्षशरणार्थी जीवन बिताएछन् उनले । भन्छन्, "अहिले देखिएको झिलीमिली नै लोकतन्त्र हो, दलहरू गङ्गाजी हुन्, त्यहा“ हीरामोतीदेखि सिनोसम्म हुन्छन् ।"

नेताहरूप्रति उनको औधी सम्मान छ । कुनै नेताबाट टाढा रहेनन् । भन्छन्, "भलादमी बीपी, त्यागी गणेशमान, चाणक्य किसुनजी, महान् गिरजिाबाबुसित मैले काम गरे“, सबै गुण एउटै नेतामा हु“दैनन् ।" छोरी सुजाता प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाको उत्तराधिकारी बन्न नसक्ने उनको भनाइ छ । सुजाता कस्ती हुन् त - "त्यो केटी चलाख हो तर तत्काल त कसरी चलाउन सक्छे -"

बलबहादुरले औपचारकि रूपमा कुनै पाठशाला टेकेनन् । घरमा साक्षर बनाए पिताले । नवलसिंह र्राईका तीन पत्नीमध्ये जेठीतिरका सन्तान रहेछन् बलबहादुर । पा“च भाइ र तीन बहिनी थिए उनका । पत्नीसित विछोड भएको १७ वर्षभयो । उनलाई दोस्रो विवाहको सल्लाह नदिइएको होइन । भन्छन्, "अर्की च्यापेर मायालु छोराछोरी, नातिनातिनाबाट अलग हुन चाहिन“ ।" तर, बलबहादुरको विवाह १९ वर्षो झिल्के बै“समा भएको थियो । तर, आठ वर्षछि छोरा जन्म्यो । अचेल त १० महिनामा नै छोराछोरी पाउ“छन् । म त छक्क पर्छर्ुु"

दर्ुइ छोरा र दर्ुइ छोरी छन् उनका । एक छोरा र दर्ुइ छोरीको मृत्यु भइसक्यो । जेठा छोरा प्रेमराज र्राई ओखलढुङ्गा काङ् ग्रेसका सभापति छन् भने कान्छा भूराज र्राई गोश्वारा हुलाकमा अधिकृत । भन्छन्, "छोराहरूले हामीलाई सम्पत्ति कमाइदिनर्ुपर्छ भनेनन्, मैले पनि कमाउने ठाउ“मा पुर्‍याइदिन सकिन“, हेर्नोस् त सस्तो खोजेर सुनाकोठीमा बसि“दैछ ।"

नेपालमा तलदेखि माथि कोही चोखा नरहेको बलबहादुरको भनाइ छ । भन्छन्, "अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हेर्नोस्, सबैभन्दा दुरुपयोग त्यही“ छ ।" लयहीन नेपाली राजनीतिको एउटा कटु सत्य हो यो । त्यसमा मिल्ने सुफी जोक छ एउटा- बेनामी भिक्षुलाई मांस भक्षण गररिहेको देखेछन् सज्जनले । सज्जनहरू प्रायः नराम्रा र अनैतिक नै देख्छन् । अहो, भिक्षु र मांस † यस्तो कसरी हुन्छ - सज्जनले सोधेछन्, "भिक्षु महोदय, आध्यात्मिक जीव भएर पनि मांस खाने -" भिक्षुले भनेछ, "त्यसमा आर्श्चर्य के छ - मदिराबिनाको मांसमा के आनन्द -"

"त्यसो भए मदिरा पनि पिउनुहुन्छ -"

'साथमा तरुनी नभए मदिरा पिउनुको के आनन्द -"

"तरुनी, मांस र मदिरा, हे भगवान् यो त अति भयो †"

"भिक्षु भएर पनि यस्तो कर्ुकर्म गर्न लाज लाग्दैन - तपाईं त बडो ठूलो सन्न्यासी । पैसा कहा“बाट आउ“छ -"

"पैसाको के अभाव, जुवा खेल्छु," निर्लज्ज भिक्षुले भनेछ ।

एक जमाना रक्सीसित घनिष्ट सम्बन्ध थियो उनको । किसुनजी, गिरजिाबाबुसित पले“टी मारेर पिएको उनलाई सम्झना छ । भन्छन्, "कार्यवाहक प्रधानमन्त्री हु“दा राजा वीरेन्द्रसित पिए“ । भाइ ज्ञानेन्द्रले गिलास भरििदएका थिए । रङ्तङ नभएसम्म पिएजस्तो लाग्दैनथ्यो । मासु त डेढ किलो एक्लै खान्थे“ । अहिले त सम्भ“mदा पनि वाक्वाकी लाग्छ ।"

हरेकको सपना लामै हुन्छ । अधिकांश पूरा नहु“दै मर्छन् । भन्छन्, "सपना तर् इश्वरको पनि पूरा भएन, राजाको पनि भएन, गिरजिाबाबुले पनि सक्दैनन् ।" तर, नेपालको राष्ट्रपति चलाउने साहस छ उनमा । थप्छन्, "नाथे राष्ट्रपतिको के काम, मन्त्रीलाई शपथ खुवाएर बस्ने त हो ।"

प्रश्न र जवाफको सिलसिला कहिल्यै सकि“दैन । खुला किताबजस्ता बलबहादुर र्राई सादा जीवन बा“चिरहेका छन् । 'एक्सक्लुसिभ' बनाउने नाममा बलबहादुरले सेक्स नगरेको कति भयो - नाच्दा बलिउडका कुन आइटम गर्ल छान्दा हुन् जस्ता मांसाहारी प्रश्नहरू जरुरी छैनन् । जे छन्, ठीक छन्।

source: http://www.kantipuronline .com/Nepal/Jeevan_kala.ph p ...

Date 1Icon 123
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Comments


Picture
premraine

Great Kirati

Date Friday, February 1st 2008, 1:37 PM

B B may not be well educated,but he is very intelligent and wise.Also, I appreciate how loyal he is to those who helped him rise.Loyalty is one of the greatest values civilised humans have accepted and appreciated.Without loyalty one is a lesser human.

Spacer


Sorry, guests can not post comments | Register