नेपालबाट बेलायतमा नेपाली पु“जी ५ अर्ब पलायन:-
काठमाडौं, फागुन २१ - अर्थतन्त्र संकटमा पार्ने गरी नेपालबाट बेलायतमा ठूलो मात्रामा पु“जी पलायन भएको छ । पलायन नरोकिए अर्थतन्त्रमा गम्भीर संकट आउने सक्ने लन्डनस्थित नेपाली दूतावासले सरकारलाई जानकारी गराएको छ ।
राजदूत मुरारीप्रसाद शर्माले अर्थ मन्त्रालयलाई दर्ुर्ुइ साताअघि पठाएको पत्रमा 'प्रारम्भिक अनुमानका आधारमा नेपालबाट वाषिर्क करिब ५ अर्ब रुपैया“ बेलायत भित्रिएको' उल्लेख छ । पत्रको बोधार्थ राष्ट्र बैंकलाई पनि दिइएको छ । शर्मा केही महिनाअघि गठित उच्चस्तरीय विदेशी नीति पुनरावलोकन समिति संयोजक थिए ।
बेलायतमा स्थायी बसोबासका लागि आउने नेपालीको संख्या बढ्दै गएको र उनीहरूले ठूलो परिमाणमा रकम लगेको पत्रमा छ । बेलायतमा स्थायी बसोबास गर्ने नेपालीको संख्या करिब ७५ हजार पुगेको दूतावासले जनाएको छ ।
पलायन भएको पु“जी बेलायतबाट नेपालले पाउने वाषिर्क आधिकारिक सहयोग रकमको हाराहारी छ । वित्तीय तथ्यांकले नेपालबाट व्यापक पु“जी पलायन भएको छ भन्ने देखाएको छ । लगानीका लागि पर्याप्त रकम -तरलता) को अभाव हुनु पु“जी पलायनको मुख्य कारण मानिएको छ । लामो समयदेखि बेलायती सेेनामा नेपाली कार्यरत भएकाले विगतमा बेलायत अर्थतन्त्र टिकाउने रेमिटेन्सको मुख्य स्रोत थियो । देशको सम्पर्ूण्ा आम्दानी कुल गार्हस्थ्य उत्पादन -जीडीपी) मा रेमिटेन्सको हिस्सा करिब २० प्रतिशत छ ।
पत्रमा 'विश्वव यापीकरण ो अवस्थामा पु“जी पलायन सामान्य भए पनि यति ठूलो मात्रामा गरिब देशबाट धनी देशमा रकम जान थाल्नु जोखिमसूचक भएको' उल्लेख छ । पु“जी पलायनबारे पुष्टि गर्न पछिल्लो तीन महिना नेपालमा भएको सम्पत्ति बिक्रीका लागि कागजात प्रमाणित गर्न आउनेको संख्या प्रस्तुत गरिएको छ ।
गत मंसिरमा दूतावासले ३२ कागजातमा अख्तियारी दिन प्रमाणित गरेको थियो । तीमध्ये २६ घरजग्गा र तीन मोटर बिक्रीस“ग सम्बन्धित छन् । यो संख्या पुसमा बढेर ४२ पुगेको थियो । यसमध्ये ३६ घरजग्गास“ग बिक्री सम्बन्धित छन् । माघमा झन् बढेर ५० पुगेको छ । यसमध्ये ४६ घरजग्गा बिक्री र तीन बस/ट्रक र एक मोटरसाइकल छन् ।
विदेशमा हुनेले नेपालको अचल सम्पत्ति बिक्री गर्न दूतावासबाट कागजात प्रमाणित गनर्ुर्ुर् । यही दरमा बढ्दै गए प्रमाणित कागजातको संख्या यो वर्षपा“च सय पुग्ने दूतावासले जनाएको छ । काठमाडौं, पोखरा, धरान, विराटनगर, भैरहवा र अन्य सहरी क्षेत्रमा घरजग्गा बिक्री गर्नेको संख्या बढेको पत्रमा छ । यी बेलायती सेनामा कार्यरत व्यक्तिको बसोबास क्षेत्र हुन् ।
बेलायती सेनाबाट अवकाश पाउने र तिनका परिवारले त्यहीं स्थायी बसोबास गर्न पाउने निर्ण्र्ााबेलायत सरकारले दर्ुर्ुइ वर्षघि गरेपछि यो क्रम बढेको हो । विद्यार्थी र काममा जाने दक्ष जनशक्तिको संख्या पनि बढ्दै गएको छ । हाल बेलायतमा नेपालीले एक सयभन्दा बढी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । यसबाहेक कलेज, घरजग्गा र डिपार्टमेन्ट स्टोरमा पनि उनीहरू संलग्न छन् । लन्डननजिक रिडिङ, फानब्रो, प्लमस्टि्रटमा नेपालीको संख्या निकै छ ।
बेलायती सेनाको पेन्सनबापत नेपाल जानुपर्ने रेमिटेन्सको परिमाणमा पनि कमी आएको दूतावासले जनाएको छ । 'यो लामो समयका लागि हो कि होइन, अहिलेकै तथ्यांकले भन्न नसकिएपनि हालको स्थिति चिन्ताजनक भने हो,' पत्रमा छ ।
केही महिनायताको वित्तीय तथ्यांकले पनि नेपालबाट व्यापक पु“जी पलायन भएको पुष्टि गर्छ । अहिले वाणिज्य बैंकहरू लगानीका लागि पर्याप्त रकम -तरलता) को अभावमा छन् । यसले गर्दा बैंक तथा वित्तीय संस्थाले बचत र कर्जाको ब्याजदर बढाइरहेका छन् । राष्ट्र बैंकले तरलता अभावलाई दृष्टिगत गरी बजारमा थप रकम प्रवाह गर्दै आएको छ ।
'तरलता अभावले पु“जी पलायन भएको छैन भन्न सकिने अवस्था छैन,' राष्ट्र बैंकका कामु गभर्नर कृष्णबहादुर मानन्धरले भने- 'तर घरजग्गा बिक्री गर्ने सबैले पु“जी लगे भनिहाल्न सकि“दैन ।'
कानुनअनुसार राष्ट्र बैंकको स्वीकृतबेगर विदेशमा पु“जी लैजान पाइ“दैन । नेपालबाट हुन्डीमार्फ पैसा जाने गरेको छ । दूतावासले पनि हुन्डीबाट पैसा आउने गरेको जनाएको छ ।
दूतावासले पु“जी पलायन रोक्ने उपाय तत्काल अवलम्बन गर्न मन्त्रालयलाई सुझाव दिएको छ । कानुनी प्रक्रियाबाट पु“जी लैजान प्रोत्साहन गनर्ुर्ुर्े, कानुनविपरीत गर्नेलाई कारबाही गनर्ुर्ुर्े सुझाव दूतावासको छ । द्वैध नागरिकताको प्रावधानले नेपाली डायोस्पोरालाई नेपालको विकासमा प्ररित गर्न सक्ने दूतावासले जनाएको छ । शर्माको संयोजकत्वमा गठित समितिले पनि यही सुझाव दिएको थियो ।
http://www.kantipuronline .com/kolnepalinews.php?&n id=139705
Do you think this national crime and corruption is happening under PARAS, GYANENDRA, SUJATA KOIRALA or someone else behind on it? ...







