दर्ुइ जिल्लामा ४४ थारू उम्मेदवार:-
चित्रांग थापा
महेन्द्रनगर, फागुन २८ - सुदूरपश्चिमी तर्राईका दर्ुइ जिल्ला कैलाली र कञ्चनपुरमा संविधानसभा निर्वाचनमा पहिलोपल्ट अत्यधिक संख्यामा थारू समुदायबाट उम्मे दवार बनेका छन् ।
दस निर्वाचन क्षेत्र भएका दर्ुइ जिल्लामा ४४ जना थारूको उम्मेदवारी परेको छ । प्रायः ठूलासाना सबै दलले थारू उम्मेदवारीमा बल गरेका छन् ।
कञ्चनपुरका चारवटै क्षेत्रमा डगौरा चौधरी र राना थारू उम्मेदवार कुनै न कुनै दलबाट उठेका छन् । मुख्य प्रतिस्पर्धामा रहेका कांग्रेस, एमाले र माओवादीले थारू समुदायका मतदाता बढी रहेका क्षेत्रमा आ-आपmना पार्टर्ीी दह्रो उम्मेदवारलाई टिकट दिएका छन् । राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा -एकीकृत) मात्र होइन, राप्रपाले समेत थारू उम्मेदवारी दिएको छ ।
थप समयमा दिइएको उम्मेदवारी मनोनयनमा पनि प्रायः सबै दलले थारूलाई उम्मेदवार बनाउन होडबाजीजस्तै गरेका थिए । जनशक्ति पार्टर्ीी तीनै क्षेत्रमा दर्ुइवटामा डगौरा र एउटामा राना थारूलाई प्रत्यासी बनायो । थप उम्मेदवारी दर्तामा तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी मधेसी जनअधिकार फोरम तथा सद्भावना -आनन्दीदेवी) का पनि थारू उम्मेदवार बने ।
कञ्चनपुरबाट विभिन्न १८ दल र स्वतन्त्र गरी ६४ उम्मेदवारमध्ये आदिवासी थारू समुदायबाट १९ उम्मेदवार बनेका छन् । त्यसमध्ये एकमात्र स्वतन्त्र छन् । अन्य एकले फिर्ता लिए ।
कञ्चनपुरका १९ गाविस र एक नगरपालिकामध्ये तीनै क्षेत्रमा थारू समुदायको उल्लेख्य बसोबास छ । १ र २ मा उनीहरूको मत प्रत्येक निर्वाचनमा निर्ण्ाायक रह“दै आएको छ । त्यसैले प्रायः सबै प्रमुख पार्टर्ीी थारू समुदाय र पहाडी मूलका उम्मेदवारबीच तालमेल कायम गर्न थारू मतदाताको बाहुल्य रहेका क्षेत्रमा उनीहरूकै समुदायका उम्मेदवार तय गरेका हुन् ।
कैलालीमा एउटै समुदायका उम्मेदवार सबैभन्दा बढी थारूबाटै देखिएको छ । कैलालीमा जनसंख्याको ४३ र कञ्चनपुरमा ३५ प्रतिशत थारू छन् । एउटै समुदायबाट धेरै उम्मेदवार बनेकै कारण उनीहरूबीचै प्रतिस्पर्धा बढी हुने भएको छ । दुवै जिल्लाबाट गरी कांग्रेसका २, एमालेका ३ र माओवादीका ५ थारू उम्मेदवार छन् । ...




