दार्जिलिङमा नया“ नेता
बेनुपराज भट्टर्राई
दार्जिलिङ, फागुन २८ - पा“च महिनाअघि प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन तम्सिनेमध्येका विमल गुरुङ अहिले आफैं एक प्रकारले 'राजनीतिक आइडल' हुन पुगेका छन् । प्रशान्त इन्डियन आइडलको 'टप थ्री' मा हु“दा दार्जिलिङको केन्द्रविन्दु चौरस्तामा आएर भदौमा जसरी नाच्दै थिए विमल दर्ुइ दिनदेखि त्यसैगरी चौरस्तामा नाचिरहेका छन् ।
प्रशान्तलाई भोट गर्नेहरू अहिले विमलको नाम लि“दै उनकै साथमा झुम्मिइरहेका छन् । विमलको राजनीतिक सफलताका कारण मंगलबारदेखि दार्जिलिङ क्षेत्रको वातावरण प्रशान्तले आइडल उपाधि हात पारेकै बेलाको जस्तो उत्सवमय हुन पुगेको छ ।
दर्ुइ दशकसम्म दार्जिलिङ गोर्खा पार्वत्य परिषद् -दागोपाप) को प्रशासक रहेका सुवास घिसिङलाई राजीनामा गराउन सक्नु र संविधानको छैटौं अनुसूचीबमोजिमको व्यवस्थाको प्रस्तावित विधेयक खारेज गराउनु विमलका राजनीतिक उपलब्धि हुन् । यसअघि घिसिङविरुद्ध बोल्न नसक्ने दार्जिलिङ क्षेत्रका जनता गुरुङको हिम्मतबाट यति प्रभावित छन्, प्रशान्तको जस्तै घर-घरमा उनका तस्बिर टा“गिइसकेको छ ।
'गोर्खा ्यान्ड' ; राज्यका लागि केन्द्र र राज्य सरकारलाई दबाब दिन शान्तिपर्ूण्ा आन्दोलन गरेकै भरमा घिसिङ कर्ुर्सर्ीीट हट्नु र विधेयक खारेज हुनुलाई नेपालीभाषीले विमलको महत्त्वपर्ूण्ा खुबी मानेका छन् । यसअघि सन् १९८६ मा घिसिङले चलाएको उस्तै आन्दोलनमा १ हजार २ सय नागरिकको ज्यान गए पनि 'गोर्खा ्यान्ड' ; राज्य कायम भएको थिएन ।
'प्रजातान्त्रिक पद्धतिमा खराब काम गर्ने जोकसैको आलोचना गर्न पाउनर्ुपर्छ । गोर्खाल्यान्डका लागि मैले त्यसो गर्दा कसैले आक्रमण गर्छ भने मृत्युवरण गर्न पनि तयार छु,' दार्जिलिङको सुपरमार्केटमा ८ अक्टोवरमा जनसभालाई सम्बोधन गर्दै विमलले भनेका थिए ।
सोह्र लाख नेपालीभाषीको बसोबासथलो दार्जिलिङ, खरसाङ, कालेम्पोङ र डर्ुवर्स क्ष्ँेत्रलाई 'गोर्खा ्यान्ड' ; राज्य बनाउन खुलेको 'गोर्खा जनमुक्ति मोर्चा' -गोजमुमो) का विमल अध्यक्ष हुन् ।
What happen in Darjeeling? Why not Gorkha land? Why new Gorkha Liberation Front? ...









