दाजुभाइ मिलेर ऋण तिरे:-
संखुवासभा, 'घरमा ऋणले खलाखेतबाटै साहुलाई ऋणको ब्याज धान भर्नुपथ्र्यो । छोराहरू पढ्दा र टुक्राटुक्रा जग्गालाई प्लट मिलाउ“दा दिनदिनै ऋण थपियो । अन्ततः ऋणले डा“डा काटेर चार लाख रुपैया“ ना“घेछ । ऋण तिर्न विकल्प नभएपछि कमाउन विदेश हानिए ।' यो भनाइ हो, ११ वर्षकतारमा बिताएका लोकबहादुर र्राईको ।
पा“च दाजुभाइ र चार दिदीबहिनीको ठूलो परिवारमा कमाईको स्रोत नभएपछि दिनदिनै ऋण लाग्नु स्वाभाविकै हो । यस्तैमा ऋण चुक्ता गर्ने विकल्प बन्यो रोजगारीमा कतार जाने । परिवारका माइला छोरा लोकबहादुर, जहरसिंह र रिमकुमार पालैपालो कतार पुगे । घरमा लागेको ऋण चुक्ता गर्न सुरु गरे । ०५२ मा लोकबहादुर, ०५५ मा जहरसिंह र ०६० मा रिमकुमार कतार पसे । लोकबहादुरले कमाएको पैसाले ऋण तिर्दै भाइहरू पनि कतारमा लगेर रोजगारीमा लगाए । अहिले र्राई परिवारको चार लाख रुपैया“ ऋण चुक्ता भएको छ भने उनीहरूले बन्दकी बेचेको खेत पनि उकासेका छन् ।
खा“दबारी- ७, माल्टाका उनीहरू दोभानेखेतका चार खलामा धान रोप्थे । तर थन्क्याउने बेलामा खलाबाटै साहुलाई भर्नुपथ्र्यो । 'हजार कडा मुरी' दरमा पैसा चलाएपछि साहु मंसिरे धान ब्याज बुझ्न खलामै पुग्थे । 'यस्तोअवस्थामा आमाबुबासमेतको ११ सदस्यीय परिवारलाई भात खान पनि कठिन थियो । अब त समस्या हट्यो ।' साइलो भाइ जहरसिंह भन्छन्- ऋणहरू चुक्ता गरेर जग्गा खरिद गर्न थालेका छौं । माइलो छोराले काठमाडौंमा घरजग्गा खरिद गरिसकेका छन् भने साइलोले खा“दबारी- १ मा यसै वर्षघर
जोडे । काइलोको विवाह गरिएको छैन । उनले कमाएको रकमले आगामी वर्षविवाह गर्ने र घडेरी किन्ने लक्ष्य रहेको जेठा दाजु खड्ग बताउ“छन् ।
वृद्ध बुबा अमरसिंह र आमा मनमाया खा“दबारी- ७ को घरमा बस्छन् भने उनीहरूस“ग कान्छो छोरा छन् । उनी पनि यसपालि एसएलसी दिएपछि विदेशिने लक्षमा छन् । जेठा दाजु खड्ग खा“दबारीमा साइबर चलाएर बसेका छन् । परिवारमा कतारबाट कमाएको रकमले ऋण चुक्ता गरेपछि र्राई परिवार ५/७ हजार गर्जाे र्टार्न सक्षम भएको छ । गाउ“मा सरसापट आवश्यक पर्दा छिमेकीहरू र्राईको घरमै पुग्न थालेका छन् । ...







