Perhaps 2 most important and Constructive deeds by Kirats for the community:
1.Development of Dharan:Roads construction etc. by their own contributions(shows the generousity of our folks) without depending on Government and NGOs.
2.Yakthung Chumlung's efforts to fight Drug addiction related problems in Dharan
The above should have been high-lighted by national media and lauded by Government and Nepalese intellectuals and leaders.Sadly,they did not get enough attention.
These positive community efforts should inspire Kirats and other Nepalese for similar constructive deeds in Nepal.
Please read a Recent Kantipur article,
कालो बंगुरको सहरमा
प्रतिमा विवश र्राई
'धराने कालो बंगुरको मासु यहा“ पाइन्छ' यो वाक्य लेखिएका साइनबोर्ड राजधानीका गल्ली-गल्लीमा भेटिन्छन् । साइनबोर्ड पढ्नेहरू सोच्दा हुन्- धरान कालो बंगुरको सहर हो । एकपटक धरानमा पाइला टेक्नुहोस् अनि थाहा पाइहाल्नु हुनेछ कि धरान केको मात्रै सहर होइन -
पहाडको फेद, तर्राईको शिर । न धेरै जाडो न धेरै गर्मी । कञ्चन र सफा सहरी वातारवरण । बहुजाति, बहुभाषी र बहुसंस्कृतिको धरान । साहित्य, कला, संगीत, खेलकुद, सञ्चार र फेसनको उर्वरभूमि । धरानबाट १६ किलोमिटर उकालो चढ्नुभयो भने पहाडको चिसो हावा खा“दै भेंडेटारको शैलुङडा“डाबाट तर्राईका हरिया फा“ट, सप्तकोसी र ४ सय जातका चराको प्रिय थलो कोसीटप्पु नियाल्न सक्नुहुनेछ ।
धरानको मुटु मानिने भानुचोकमा अवस्थित आदिकवि भानुभक्तको आर्कषक प्रतिमाले तपाईंलाई धरान कविताको सहर हो कि भन्ने आभास दिलाउ“छ । मुख्य बजारदेखि जति-जति भित्र पस्दै जानुहुनेछ उत्तिनै सुन्दर र आकर्ष आधुनिक डिजाइनका घर, सुन्दर फूलबारी, चिल्ला सडक र मिजासिला मान्छेलाई पाउनुहुनेछ । हात्तिसार, पिण्डेश्वरी, महेन्द्र बहुमुखी, इन्जिनियरिङ क्याम्पसलगायत थुप्रै माध्यमिक र उच्च माध्यमिक विद्यालय र वीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठ नभित्रक मेडिकल कलेजका भवन देख्नुभयो भने आफ्नै मनलाई सोध्नुहुनेछ- यो शैक्षिक केन्द्र त होइन -
विजयपुर डा“डा चढ्नुभयो भने ऐतिहासिक बूढासुब्बा मन्दिर, स्वस्थानी व्रतकथाअनुसार सतीदेवीको दन्तपतन भएको स्थल दन्तकाली मन्दिर, पञ्चकन्या मन्दिर र साउनमा लाखौं गेरु वस्त्रधारी भक्तजनहरूले जल चढाउ“दै आएको महादेवको पिण्डेश्वरी मन्दिरले तपाईंलाई धरान र्स्वर्गको चारधामको अलौकिक सहर हो कि भन्ने महसुस गराउनेछ ।
थुप्रै पर्यटकीय सम्भावना रहेको धरानमा बेलाबेलामा नेपाल पर्यटन बोर्ड हामीलाई घच्घचाउन आइपुग्छ । त्यसो त हामी आफैं पनि आफ्नो सहर आफैं बनाउ“ भन्ने अभियानमा जुटेका छौं । कच्ची बाटोलाई आफ्नै लागतमा पक्की बनाएका छौं । यतिमात्र होइन, सडक फराकिलो बनाउन घरअगाडिको निजी जग्गा छोड्नसमेत पछि पर्दैनन् धरानवासी । यहा“को लाहुरे समुदायले चलाएको यो अभियान देखेर कसले भन्न सक्ला कि धरानवासीको मन फराकिलो छैन भनेर †
भानुचोकमा घण्टाघर ठिङ्ग उभिएको छ । धरान र हङकङवासी धरानेहरूको योगदानको सामूहिक परिचय हो यो । त्यस्तै चारकोसे जंगलछेउमा मौलाएको सामुदायिक हरियाली वन देख्दा सहरलाई हराभरा बनाउन धरानेले गरेको सामूहिक अभियानको तारिफ गर्न थाल्नुहुनेछ । १९ वटै वडाका महिला दिदी, बहिनी र आमा कम्मर कसेर वातावरण संरक्षण र नगर सरसफाइ अभियानमा जुटेको देखेर रमाइलो र हर्षो अनुभव हुनेछ । यहा“का दाजु, भाइ र बुबा पनि आ-आफ्नै क्षेत्र र व्यवसायबाट सहरको विकासमा दौडधुप गरिरहेकै छन् ।
धरानवासीको सडक बनाउने अभियानको सिको इटहरीले पनि गरेको छ । सकारात्मक चिजको सिको गर्नु राम्रो हो । यसमा धरानलाई विराटनगरले पनि पच्छाए हुन्थ्यो । विराटनगर औद्योगिक र व्यापारिक क्षेत्र भएकाले आर्थिक दृष्टिले धरानभन्दा सम्पन्न छ तर उद्योगपतिको सहर विराटनगरका गगनचुम्बी घरअगाडिको सा“गुरो बाटो, धूलो-मैलो र भत्किएको सडक देख्दा लाग्छ धनभन्दा मन ठूलो रैछ । आफ्नो बाटो आफैं
बनाउ“ अभियान धरानले जस्तै विराटनगरले पनि चलाए रातारात विराटनगरका भत्किएका धुले सडकहरू सफा र चिल्ला हुनेछन् ।
हावापानी र बजार संरचनाका हिसाबले लगभग पोखराजस्तै लाग्छ यो सहर । तर पर्यटकीय दृष्टिले धरानभन्दा कोसौं अघि छ पोखरा । धरानमा पोखरामा झैं सुन्दर फेवाताल र माछापुच्छ्रे हिमाल छैनन् । धराने छोरीका नाताले भन्छु कि र्
पर्यटकीय व्यावसायिक ज्ञान पनि हामीस“ग छैन । तर सम्भावना र इच्छा धेरै छ ।
पोखरास“ग हामीले सिक्नुपर्ने व्यावसायिक र प्राविधिक ज्ञानसीपका विषय धेरै छन् । अनि पोखरास“ग नभएका धेरै राम्रा चिज धरानस“ग छन् । त्यसो त अहिलेसम्म पोखरा नपुग्ने धरानवासी धैरै होलान् । राम्रा कुरा अरूबाटै सिक्नुपर्छं । सिक्नकै लागि मात्र नभएर पोखराको सुन्दरतालाई नियाल्न र घरेलु पर्यटन विकासलाई टेवा दिन पोखरेलीलाई धरानमा निम्ताऔं । अनि आफैं पनि एकपटक पोखरै पुग्ने हो कि -
धरानको पर्यटनका विषयमा पर्यटन बोर्डका सुभास निरौलाले एकपटक भन्नुभएको थियो- 'होइन धरानमा यति राम्रा-राम्रा कुरा छन् । कालो बंगुरको मासुको परिचय अब पुरानो भएन
र -' उहा“ले मिडियाकर्मीले धरानको यो परिचयलाई परिस्कृत गरी नया“ शैलीमा प्रस्तुत गर्न सुझाउनुभएकोे थियो । त्यसले मलाई छोएको छ । जनसंख्याका दृष्टिले र्राई र लिम्बूको बाहुल्य रहेको यो सहरको एउटा विशेषताचाहि“ हो कालो बंगुरको मासु ।
भन्नेहरू भन्छन् धरानको पानी मीठो, धरानको छर्ुर्पी मीठो, धराने बंगुरको मासु मीठो, धरानको तोंबा मीठो, कोदोबाट बनेको जा“ड मीठो । लेख्दै जा“दा यस्ता मीठा खानेकुराको लामै सूची बन्ला । बरु धरानको सुन्दरतालाई नियाल्न र मीठा-मीठा खाना चाख्न तपाईं आफैं आउने हो कि -
Posted on: 2008-03-28 21:56:07 ...







