सदर मतभन्दा उम्मेदवारलाई बढी:-
काठमाडौं, वैशाख ६ - सदरभन्दा उम्मेदवारले पाएको मत बढी भएको दाबी गर्दै महोत्तरी-६ का पराजित सबै उम्मेदवारले पुुनः मतदान गर्न शुुक्रबार निर्वाचन आयोगस“ग माग गरेका छन् ।
त्यस क्षेत्रमा मधेसी जनअधिकार फोरमका शरदसिंह भण्डारी कांग्रेसका सीताराम भण्डारीभन्दा २१ मत बढी ल्याई विजयी भएका थिए । फोरमबाहेक दलका उम्मेदवारले उक्त मत गणनामा अनियमितता भएको आरोप लगाउ“दै पुुनः मतदान गराउन आइतबार संविधानसभा अदालतमा उजुुरी गर्ने जनाएका छन् । अनियमितताबारे उजुुरी गर्न विजयीबाहेक अधिकांश उम्मेदवार शुुक्रबार निर्वाचन आयोग पुुगेका थिए । आयोगले परिणाम घोषणा भएपछिको उजुुरी हर्ेर्ने निकाय संविधानसभा अदालत भएको भन्दै उनीहरूलाई फर्काएको थियो ।
२७ उम्मेदवार रहेको उक्त क्षेत्रमा ७४ मतदान केन्द्रबाट ४२ हजार ३ सय ३६ मत खसेको सद्भावनाका उम्मेदवार देवेन्द्रकुुमार यादवले बताए । त्यसमध्ये सदर मत ३९ हजार २५ र बदर मत ३ हजार ३ सय ११ रहेको उल्लेख गर्दै उनले भने- '२७ उम्मेदवारले प्राप्त गरेको अन्तिम मत परिणाम जोड्दा ४० हजार २ सय १० देखिएको छ ।'
सम्पर्ूण्ा उम्मेदवारले प्राप्त गरेको मत सदरभन्दा १ हजार १ सय ८५ बढी देखिएको जनाउ“दै उम्मेदवारहरूले 'निर्वाचन परिणामलाई प्रभावित गर्ने काम निर्वाचन अधिकृतबाट भएको' दाबी पत्रकारहरूस“ग गरे । उजुुरीमा फोरमबाहेकका सबै उम्मेदवारले हस्ताक्षर गरेको सद्भावनाका यादवले बताए । ...




