More Articles

Bullet "किरात
  Date 05/13/08 Icon 31 Date 0 comments  
Spacer
Bullet Kirat Rai Yayokkha,Malaysia
  Date 05/11/08 Icon 25 Date 0 comments  
Spacer
Bullet Sakela Ubhauli 2008
  Date 05/11/08 Icon 36 Date 0 comments  
Spacer
Bullet गाईघाट मा
  Date 04/28/08 Icon 61 Date 1 comments  
Spacer
Bullet सम्बिधान
  Date 04/26/08 Icon 50 Date 0 comments  
Spacer
Bullet अब बन्ने
  Date 04/26/08 Icon 53 Date 0 comments  
Spacer
Bullet किरात
  Date 04/26/08 Icon 51 Date 0 comments  
Spacer
Bullet "किरात
  Date 04/23/08 Icon 64 Date 4 comments  
Spacer
Bullet " किरात
  Date 04/20/08 Icon 82 Date 4 comments  
Spacer
Bullet "सोइ सोइला
  Date 04/19/08 Icon 90 Date 5 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

May

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 

April

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 

Welcome on my blog!

Vincent wrote 15 articles and got 20 comments. The last article was submitted on 05/13/08

Vincent's profile | Vincent's gallery



Title: राई शब्द हाम्रो एकताको प्रतीक


राई शब्द हाम्रो एकताको प्रतीक
-किन्दर राई,

मलाई त्यसबेलाको मेरो उमेर त थाहा छैन म कत्रो थिएँ, तर मैले थाहा पाउँदादेखि नै मेरो छिमेकी बडाबाको घरमा एकजना दुःखिया बाहुनी बजै बस्थिन् । उनलाई सबैले जैसिनी भन्दथे । उनले हामी गाउँभरिका केटाकेटीहरुलाई राईका छोरा र राईकी छोरी भन्ने गर्थिन् । नाम तोकेर बोलाउनु पर्‍यो भने पनि राईका छोरा फलाना वा राईकी छोरी फलानी भनेर बोलाउथिन् । हाम्रो बाबुआमाहरुलाई पनि कान्छा राई कान्छी रैनी भनेर बोलाउँथिन् । अन्य प्रमाण र सम्झनाको अभावमा मलाई र मेरो परिवारलाई राई भनेर सम्बोधन गरेको वा म मान्छेभित्र रहेको अनेकौं जातिमध्ये राई रहेछु भन्ने कुरा सुझेको प्रसङ्ग यो नै पहिलो मध्यको एउटा हो । दोश्रो प्रसङ्गचाहिं पाँच छ वर्षको उमेरमा स्कुलमा भर्ना हुँदा अनिवार्य रुपमा लेखिएको नाम र थर हो । बढ्दै जाँदा, जान्ने बुझ्ने हुँदै जाँदा थाहा भयो, राईभन्दा माथिको हाम्रो पहिचान जनाउँने शब्द किरात पनि रहेछ । एका-दुई राईहरुले किरात लेखेको पनि पाइयो र यस राईभित्र पनि आ-आफ्ना भाषा भएको थुप्रै थरहरु पनि हुँदा रहेछन । चाम्लिङ, वान्तावा, खालिङ, साम्पाङ, थुलुङ आदि गरेको २०/२५ राईहरुमध्ये हामीचाहिं चाम्लिङ रहेछौं भन्ने थाहा हुँदै गयो । अलग-अलग थरका राईहरुको आ-आफ्नै भाषा भए पनि सबै राईहरुबीच तलमाथि उचनीचको कुनै किसिमको वर्गीकरण नभएको, मगनी-विवाह राम्ररी चल्ने भएकोले “दश राई दश भाषा, एक भान्सा” भन्ने उक्ति राम्ररी लागू भएको रहेछ हामी राईहरु बीचमा । राईहरु मात्र होइन, किरातभित्र लिम्बू र सुनुवारहरु पनि पर्दा रहेछन् । मधेशको खासगरी मोरङ जिल्लामा पाइने धिमालहरु पनि किरातभित्र पर्छ भनिएकोछ । लिम्बू र सुनुवारसँग राईहरुको मागी विवाह राम्ररी चल्दो रहेछ भन्नेकुरा बुझ्दा त्यति अनौठो पनि लागेन । किनभने हाम्रो कद, वर्ण र स्वभाव एकै किसिमको रहेछ । संस्कारहरु पनि धेरैहदसम्म मिल्दोजुल्दो रहेछ । सुन्नमा पनि पाइने गरेकोछ एक जमानामा यिनीहरु सबै एकै आमाको सन्तान हुन् रे । दाजु-भाइ हुन् रे ।

तर यो किरातभित्रका राई लिम्बू र सुनुवारलाई बोलाइने अन्य शब्दहरु पनि रहेछन् । राईलाई खम्बू, लिम्बूलाई सुब्बा र याक्थुम्बा र सुनुवारलाई मुखिया र कोइच पनि भनिंदो रहेछ । राईहरुको बाहुल्य भएको छवटा जिल्लाहरुमध्ये सोलुखुम्बु जिल्लाको नाम पनि यही राई जनाउने शब्द खम्बूसँग सम्बन्धित भएर नै नामाकारण गरिएको रहेछ । सबैजसो राईहरुले आफ्नो जातमा राई नै लेखे पनि केहीले किरात र निक्कै कमले मात्र भए पनि आफ्नो जातमा खम्बू लेखेको पनि पाइयो । त्यसैले यो शब्द राई र खम्बू एक-अर्काको पर्यायवाची शब्द रहेछ । तर खम्बूको तुलनामा राई नै बढीसे बढी प्रचलनमा आइसकेकोले अब हामीलाई चिनाउने शब्द नै राई भइसकेको रहेछ । हाम्रो पहिचान नै राई भइसकेकोछ । तर बीचैमा एउटा कुरा भने मलाई सानैमा अलिअलि खड्किएको विषय पनि थियो, त्यो के भने, हाम्रो गाउँलगायत अन्य विभिन्न गाउँ वडाहरुमा राईहरुको पनि राई हुने गर्दथ्यो । मैले बाबुलाई सोधें, उहाँबाट आंशिक रुपमै भए पनि थाहा लाग्यो, राईहरुको पनि राईचाहिं पगरी पाएको राई हो’रे । जिम्मुवाल हो’रे । लिम्बुवानमा पगरी पाएको राई भने झै सुब्बा र सुनुवारहरुमा मुखिया हुन्छन् रे । यसरी पगरी पाएको राईले आफ्नो मातहतको जग्गावालहरुबाट तिरोबाली उठाउने गर्दथ्यो, र मालपोत कार्यालयमा बुझाउँदथ्यो । आजभोलिको मालपोत वा जग्गाकरलाई त्यसबेला तिरोबाली भन्नाले भन्ने गरिन्थ्यो । यस प्रकार त्यसबेलाको पगरी पाएको राईले एक प्रकारले देशको अर्थ मन्त्रालयको वडा एकाइको काम गर्दथ्यो । तिरोबाली लिएपछि जग्गावाललाई टिप-रसिद भन्ने एउटा भर्पाइ दिने गर्दथ्यो, त्यो टिप-रसिद नै जग्गावालले कर तिरेको प्रमाण हुने गर्दथ्यो । यस्ता पगरी पाएको राईहरुलाई अन्य सामान्य राई वा अन्य जुनसुकै जातका मातहतका जग्गावालहरुले सानो-तिनो कोशेलीपात लिएर दशैं मान्नु जानुपर्दथ्यो । यसलाई “राई मान्नु” जानु भनिन्थ्यो । यसका साथै असार-साउनमा बिनापर्म खेती लगाउन, सघाउन र मंसिरमा बाली उठाउन जानुपर्दथ्यो । परिवर्तित अवस्थासँगै देशको सबैजसो भागमा नापी भयो । माना, पाथी, मुरी भनेर नापांकित भइरहेको खेतबारी आधुनिक प्रणालीअनुसार अवल, द्वेयम, सीम र चाहारमा वर्गीकरण गरेर आधुनिक प्रणालीद्वारा नापी भएपछि जग्गावालाले तिरोबालीको सट्टा मालपोत कार्यालयमा सीधै मालपोत बुझाउनु पर्नेभयो । गाउँको जिम्मुवाल वा पगरी पाएको राईलाई तीरोबाली बुझाउनु नपर्ने भएपछि यस्ता पगरी पाएको राईहरुको अस्तित्व समाप्त भएर गयो । यसलाई राज्यले भूमिसुधार अन्तर्गतको एउटा सुधारको रुपमा लियो । यसरी गाउँमा राईहरुको पनि राई वा पगरी पाएको राईको अस्तित्व हराए पनि आज यही “पगरी” भन्ने शब्दले यति धेरै व्यापकता पाएको राई शब्दको महत्वमाथि आँच आउने संकेतलाई लिएर उब्जिएको कौतूहललाई हल्काफुल्का तर्ककासाथ उन्ने प्रयत्न गरेकोछु ।

४६ सालको सफल जनआन्दोलनपछि विभिन्न जनजातिहरुले आफ्नो जातीय पहिचान र अस्तित्वको सवाललाई लिएर विभिन्न पार्टी र संस्थाहरु खोल्ने क्रममा सम्पूर्ण राईहरुलाई एउटै सूत्रमा बाँध्दै किरात राई यायोक्खा नेपालको गठन गरेको थियो । छोटै समयमा यसले सम्पूर्ण राईहरुको माया पायो । राष्ट्रिय स्तरमा र क्षेत्रीय स्तरमा र जिल्ला स्तरसम्म यसले शाखा उपशाखाहरु गठन गरेको छ । भाषामा विविधता भए पनि सबै थरिका राईहरुलाई समेट्दै अघि बढिरहेको छ । आफ्नो बल र बुताले भ्याएसम्म राईहरुको भाषा संस्कृतिको संरक्षण र संबर्द्धनमा लागिपरको छ । राईहरुबाहेक यस अवधिमा अन्य जनजातिहरुले पनि आफ्नो जातीय संघ-संस्थाहरु गठन गरी आ-आफ्नो भाषा संस्कृतिको लागि मरिमेटिरहेकाछन् ।

अहिले हामी फेरि जनआन्दोलन दुईपछिको आंशिक सफलतापछिको अस्थीर अवस्थाबाट गुज्रिरहेका छौं । लोकतन्त्रको नाराले देश गुन्जायमान भइरहेकोछ भने यता समावेशी संविधानसभाको निर्वाचन र संघात्मक राज्य प्रणाली हुनुपर्ने भन्ने माग उत्तिकै चर्चा र बहसको विषय बनेकोछ । आफ्नो पहिचान र अस्तित्व खोज्ने सवालमा विभिन्न जनजाति हिजोभन्दा आज झन् गहिरिएर लागिपरिरहेका छन् । फलामलाई तातिएकै बेला पिट्दा मात्र आफ्नो आकारमा ढाल्न सकिन्छ भन्ने मान्यताका आधारमा यस तातिएको राजनैतिक माहौलमा जो सुकैले जे माग वा आवाज उठाए पनि पूरा भइहाल्छ वा मौका यही हो चुकाउनु हुन्न भन्ने सोचले साना-साना कुराहरु पनि खोतली-खोतली आवाजमा परिणत गर्ने प्रवृति नै बसेजस्तो देखिएको छ । नबोल्नेको चामल पनि नबिक्ने हाम्रो समाजमा, खै के भनूँ ।

यसरी नै आफ्नै जातीय संस्थाभित्र, आफ्नै जातिभित्र आन्तरिक रुपमा समस्त राईहरुको एकताको प्रतीक बनेको शब्द “राई”सँग असन्तुष्ट पोख्दै उठाएको आवाजलाई यहाँ राख्न खोजेकोछु । यस राई शब्दसँग असन्तुष्ट पोख्दै मलाई केही मित्रहरुले इमेलमार्फत यसरी भन्नु भएको छ, हाम्रो वास्तविक पहिचान राई होइन । यो राई भन्ने शब्द हामीलाई दिइएको पगरी मात्र हो । कसैले पाएको उपहार हाम्रो पहिचान हुन सक्दैन । राई भन्ने पगरी त क्षेत्री बाहुनले पनि पाएकाछन् । हामी त किरात भित्रको खम्बू मात्र हौं । हामी त्यही खम्बू भित्रको साम्पाङ, थुलुङ, खालिङ, चाम्लिङ, वान्तावा आदि हौं । त्यसैलै अब हामी किरात चाम्लिङ, किरात बान्तावा, किरात खालिङ, किरात साम्पाङ भनेर पहिचान दिनुपर्दछ, भन्ने उहाँको राय थियो । उहाँहरुले वा कसैले पनि यो राई भन्ने शब्द किरात शब्द होइन र पगरीको रुपमा कसैले दिएको हो भन्ने कुरा सत्य हुन सक्छ, यस मामलामा उहाँहरु सायद ठीकै हुनु हुन्छ होला । यस कुरालाई खण्डन नै गर्नु र पछि लाग्नु समयको बर्वादी हुन जान्छ । राई मात्र होइन सुब्बा र सुनुवार पनि किरात जातीय शब्द होइन भन्ने धेरै विद्वानहरुको तर्क रहेकोछ । सबै पगरीको रुपमा नै पाएको जातीय शब्द हो । खासगरी पृथ्वीनारायण शाह वा उनको वंसजले नेपाल एकीकरण गरेपछि मालपोत उठाउने प्रतिनिधिको रुपमा जिम्मुवालको रुपमा दिएको पगरी हो भन्ने तर्कहरु सुन्नमा पाइएकोछ । तर यो तर्कहरुमा पनि त्यस्तो सत्यता छैन कि भन्ने तथ्यहरु पाइएको छ । यस्ता पगरी पृथ्वीनारायण शाहले दिएको भए पनि राय भन्ने शब्द पृथ्वीनारायण शाहका सेनाले किरात क्षेत्र कब्जा गर्नुअगावै प्रचलनमा आइ सकेको थियो । विजयपुरमा बुद्धिकर्ण राय भन्ने राजा थिए जसले पृथ्वीनारायण शाहको सेनासँग लडेका थिए । त्यसैगरी लिम्बुवान क्षेत्रमा पनि चेम्जोङ्ग राय भन्ने राजा थिए । यसरी यही पृथ्वीनारायण शाहले पगरीको रुपमा दिनुभन्दा अगाडि नै प्रचलनमा आइसकेको राय शब्दबाट अपभ्रंश भएको शब्द नै राई हो भन्ने भनाइ रहेकोछ । यदि त्यसो हो भने राई शब्द पगरीको रुपमै पाएको भए पनि किरात जातीय शब्दलाई नै प्रयोग गरिएको ठहर्छ । चाहे त्यो अलिकति अपभ्रंशकै रुपमा नै किन नहोस् । फेरि यो शब्द पूर्णरुपमा गैरकिरात भाषाबाट नै आएको भए पनि के हामीले यस राई शब्दलाई चटक्कै छोड्न सक्छौं त ? वा छोड्नु स्वाभाविक र व्यवहारिक हुन्छ त ?

राई शब्द जताबाट जे जसरी आएको भए पनि हाललाई हामी सबै राईहरुलाई एक सूत्रमा बाँध्ने एउटा कडी हो । दर्जनौं फूलका थुङ्गाहरुलाई एउटा मालामा गाँस्ने धागो हो । निश्चय नै आफ्नो विगतलाई फर्केर हेर्नुपर्छ, हामी के थियौं, को थियौं पहिचान लिनुपर्दछ । एक पाइला अगाडि दुर्इ पाइला पछाडि भन्ने तथ्य सबै ठाँउमा लागू हुन्छ तर राई शब्द शुरुवात भएको र हालको हाम्रो अवस्थाको दूरी कैयौं पाइलाको भई सकेकोछ । यो राई शब्द कहाँबाट कसरी आयो भन्ने कुराको सामान्य जानकारी लिनु पर्ने हुन्छ तर यसको सट्टामा अन्य शब्दको प्रयोग गर्न खोज्नु नदुखेको टाउको डोरीले बाँधेर दुखाउन खोज्नुमात्र हुनेछ । हामीले राई लेख्दैमा इण्डियाको ऐश्वर्या राय (Rai) को जातीय शब्द सापट लिएको ठहर्दैन (स्मरण रहोस्, मिस वर्ल्ड बिजेता ऐश्वर्या रायले देवनागरीमा आफ्नो जात “राय” लेखे पनि अंग्रेजीमा हामीले जस्तै Rai लेख्छिन् )। कुनै पनि जातिको जातीय नाम रहनमा कुनै न कुनै परिघटनाहरु घटेका हुन्छन् । समयसापेक्ष घटित प्रसङ्गहरु पनि जातीय नाम रहने कारक तत्व बन्दछ । भइरहेको जातीय नाम बदली हुनेक्रम अझ पनि जारी छ । भविष्यमा पनि भइ नै रहनेछ । कुलमण्डन खाँडका सन्तानहरु हालको नेपालको शाह वंशीय राजाहरु हुन् । मुसलमानको जातीय पहिचान पूरै समाप्त गरेर “खाँड”बाट हिन्दूधर्मालम्बी शाह भई नेपाल राष्ट्रको सर्वोच्च स्थानमा आसीन भएर रहेको थिए (छन्?) । हालकै उदाहरण लिने हो भने खोटाङ्ग जिल्लाको एउटा गाउँ “वाङ्देल” पुर्खौली घर भई दार्जीलिङमा जन्मी हुर्केका लैन सिंह राई र उनको सन्ततिहरुले थरको शब्दको रुपमा त्यही पुर्खौली थलोको नाम “वाङ्देल” प्रयोग गरिरहेकाछन् । उहाँलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका भूपू कुलपति साहित्यकार तथा प्रसिद्ध चित्रकार लैनसिंह वाङ्देल भनेर हामी आम नेपालीहरुले चिन्दछौं । पछिबाट पाएको वा रहेको भन्दैमा हामीले यसलाई फालिहाल्नु पर्छ भन्ने केही छैन भन्ने कुराको लागि माथिको दृष्टान्तहरुलाई लिन सकिन्छ । त्यसैले यो राई शब्दको विकल्प नखोजौँ, आगामी सन्ततिले के लेख्छन्, स्वतन्त्रता दिऔं तर हामीचाहिँ कम्तीमा स्वयम् बसौं । यदि हामीले राईको सट्टामा खम्बू वा किरात साम्पाङ, किरात बान्तावा आदि लेख्ने कोशिस गर्‍यौं भने हाम्रो गाबिसदेखि मन्त्रालयसम्म, हङकङदेखि बेलायत सम्मको हाम्रो अभिलेखको हालत के होला ? त्यसैले हामी यति मात्र सोचौं, हामी राई भनेर चिनिएका, किरात जाति भित्रका खम्बू हौं । राई हौं र नै खम्बू हौं, खम्बू हौं र नै राई हौं । राई शब्द हाम्रो एकताको प्रतीक शब्द, प्रचलित शब्द । अस्तु ।

कजवेबे, हङकङ (बाम्राङ ५, खोटाङ)

Email: raikindar@gmail.com


Vincent Rai -Sampang
Yuen Long,NT
Hong Kong ...

Date 4Icon 83
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Comments


Picture
subash

I absolutely agree 100%

Date Friday, April 25th 2008, 8:30 PM

I absolutely agree 100%...

" राई शब्द हाम्रो एकताको प्रतीक "

If you study and research in history and records of Nepal and kirat, you will understand why it is right.

Spacer

Picture
TheKirat

We have to agree upon this

Date Friday, April 25th 2008, 7:11 AM

This article should be taken seriously by those Rai who don't want their surname? Please don't be a foolish and radical change is needed but not like the BAKULOCHANA peopel.... We have to unite not divide from each other.

Spacer

Picture
premraine

Surname,our identity

Date Wednesday, April 23rd 2008, 11:52 AM

We must thank Sen Kings who gave this title,ministerial posts and autonomy to our fore fathers.In old Nepali Rai means King(Nepali brihat sabda kosh by Bal krishna Pokhrel).Look at the shila-Lekhs found in Karnali region,kings there were addressed as Rais(please read Yogi narahari nath's Karnali ko itihas).We must be proud of this title,which became our surnamewith time.

This name united many small tribes and gave us all an identity.We have produced 2 acting Prime ministers,a Chancellor of royal Academy,several cabinet ministers,Generals,writers,artists,Ved and military science specialists,world class doctors,scientists etc.Our loyalty has been demonstrated not only in the british and indian armies,but in our own motherland as well,e.g. everybody surrendered but Thule Rai did not.SSP Durja kumar Rai was never against people, but doing his duty with loyalty.Many have died for revolution as well Ratna Bantawa etc.

We should be proud as Nepali Rai kirat.Long live Nepal and Nepalis.Long live our people and identity.

P.S. Buddi Karna's surname was Rai,not Raya(please refer to History and culture of Kirats by I man singh chemjong).The title Rai was given by Sen kings of Makwanpur before the unification.

Spacer

Picture
Vincent

"राइ" शब्द

Date Wednesday, April 23rd 2008, 9:53 AM

श्री किन्डर राइ ज्यु द्वारा लिखित "राइ शब्द हाम्रो एकताको प्रतिक" लेख बाट म अती नै प्रभाबित भएको छु-राइ ज्यु लाई मेरो स्यालुट छ,किनकी म पनि "राइ" शब्द लाई अती नै माया गर्छु र घमन्ड पनि गर्छु-किनकी म "राइ"भनेर चिनिएको किरात जाती भित्रको खम्बु हु।मलाई राइ ज्युको दुई लाइन शब्द अती नै इफेक्टिब लागिरहेको छ-हामी राइ भनेर चिनिएका किरात जाती भित्रका खम्बु हौ-राइ हौ र नै खम्बु हौ,खम्बु हौ र नै राइ हौ-राइ शब्द हाम्रो एकताको प्रतिक शब्द,प्रचलित शब्द।

Vincent Rai-Sampang
YL,NT
Hong Kong

Spacer


Sorry, guests can not post comments | Register