More Articles

Bullet NC leaders against joining
  Date 04/22/08 Icon 29 Date 0 comments  
Spacer
Bullet Maoists put themselves
  Date 04/22/08 Icon 34 Date 0 comments  
Spacer
Bullet Gurkha museum in Pokhara
  Date 03/31/08 Icon 133 Date 4 comments  
Spacer
Bullet 18 more festivals to
  Date 03/04/08 Icon 91 Date 3 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

May

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 

April

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 

Welcome on my blog!

subir wrote 5 articles and got 8 comments. The last article was submitted on 04/28/08

subir's profile | subir's gallery



Title: राजा ज्ञानेन्द्रको बहिर्गमनको बाटो के हुनसक्छ?


गद्दी छाडे पनि देश नछाड्ने

राजा ज्ञानेन्द्रको बहिर्गमनको बाटो के हुनसक्छ?

चुनाव जित्दै गरेको खुसीयालीमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालस“गको अन्तर्वार्तामा भनेका थिए, "जनताको लोकतान्त्रिक भावनालाई राजाले कदर गर्दै स्वेच्छिक रूपमा गणतन्त्रको बाटो साफ गरििदए जनताले हिजोका राजालाई सम्मानजनक स्थानमा राख्नुका साथै सम्मानित नागरकिका रूपमा बस्ने वातावरण मिलाउन सकिन्थ्यो । यसो भयो भने नेपालमा मौलिक रर्ेकर्ड बन्छ ।"

सायद दरबारबाट प्राप्त सूचनाका आधारमा प्रचण्डले एक साताअघि यस्तो भनाइ राखेका थिए । तर, पछि आफ्नै पार्टर्ीी वरष्िठ नेता बाबुराम भट्टर्राईले राजालाई सांस्कृतिक अधिकार र भत्तासहित सम्मानजनक ढङ्गले बिदा गरनिे बताएपछि प्रचण्डले त्यसको खण्डन गरे । भने, "राजतन्त्रको कुनै खाले अवशेष पनि राख्दैनौ“ ।"

एक साताभित्रै प्रचण्डका यी दर्ुइखाले अभिव्यक्ति आउनुको कारणलाई लिएर विभिन्न कोणबाट विभिन्न अर्थ लगाउन सकिएला । तर, यसको सोझो अर्थ के हो भने गणतन्त्र कार्यान्वयनको प्रक्रियालाई लिएर माओवादीहरू आफै“ अन्योलमा छन् । नेपाली काङ्ग्रेस र नेकपा एमालेले पनि राजाको बहिर्गमनको प्रक्रियाबारे प्रस्ट्याएका छैनन् । बरु सरकार गठन-पुनःगठनको अनपेक्षित विवादले सत्तारुढ सातदलीय गठबन्धनका यी प्रमुख तीन दलहरूबीच नै नया“ असमझदारी देखिएको छ । र, राजतन्त्रको अन्त्य हुनै लागेको अवस्थामा दलहरूबीच उत्पन्न अन्तरविरोधले राजा ज्ञानेन्द्रलाई राजनीतिक लाभ मिलेको छ ।

संविधानसभा निर्वाचनले कसैलाई बहुमत दिएको छैन । अनि, मिलीजुली र सहमतिका आधारमा सरकार चलाउने र संविधान बनाउने दुवै कुरा त्यति सहज देखि“दैन । यस्तोमा दलहरूबीच मतभेद बढ्न सक्छ । जस्तो ः गणतन्त्रलाई कार्यान्वयन गर्ने विषयमै उनीहरूमा फरक दृष्टिकोण देखिएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको घोषणा अन्तरमि व्यवस्था िका-संसद ले यसअघि नै गरसिकेको हो । अन्तरमि संविधानमा उल्लेख भए अनुसार संविधानसभाको पहिलो बैठकले गणतन्त्रको पर्ूण्ा कार्यान्वयन गर्नेछ । तर, त्यो कार्यान्वयन पहिलो बैठक बस्नासाथ स्वतः हुने हो वा त्यसका निम्ति बहस, भोटिङ् पनि गरनिे हो भन्नेबारेमा तीन पार्टर्ीी नेताहरूबीच नै मतैक्यता देखि“दैन ।

सम्बन्धित दलका नेताहरूस“ग अन्तरक्रिया गर्दा एकथरीले त्यस्तो निर्ण्र्ाासाधारण बहुमतबाट गरनिुपर्ने बताए भने केहीले चाहि“ दर्ुइतिहाइ बहुमत जुटाउनुपर्ने तर्क राखे । अर्काथरीले भने गणतन्त्र कार्यान्वयन भएको घोषणा मात्र गरे पुग्ने बताए । संविधानसभा बैठक सञ्चालनको कार्यविधिसमेत तयार भइनसकेको अवस्थामा राजतन्त् सम्बन्ध निर्ण्र्ााा यस्तो मतभेद हुने हो भने पहिलो बैठकमा प्रस्तुत हुने यो विषय लम्बिन सक्ने सम्भावना पनि छ ।

संविधानसभा निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएको मधेसी जनअधिकार फोरमबाट त राजालाई सजिलो पर्ने किसिमको प्रतिक्रियासमेत आएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादवले वैशाख ११ गते धरानमा आयोजित एक कार्यक्रममा संविधानसभाको पहिलो बैठक शपथग्रहणलगायतका प्रक्रियामा सकिने भएकाले त्यसले गणतन्त्रका बारेमा निर्ण्र्ाानगर्ने बताएका छन् ।

सर्म्पर्कका दर्ुइ सूत्र

संविधानसभामा सबभन्दा ठूलो दलका रूपमा स्थापित भएपछि नेकपा माओवादीले आफ्नै ढङ्गबाट राजा ज्ञानेन्द्रस“ग अप्रत्यक्ष माध्यमले वार्ता थालेको छ । सात दलभित्र छलफल नगरी थालिएको यस वार्ताले अन्य दलहरूमा अस्पष्टता र आशङ्का थपेको छ ।

माओवादीले आफ्नो राजा-मिसनका निम्ति थुप्रैखाले सर्म्पर्क सूत्रहरू परचिालित गरेको छ । तीमध्ये प्रभाकरशमशेर राणा र कमल थापामार्फ गरएिका प्रयास बढी चर्चामा आएका छन् । लामो समयसम्म राजा ज्ञानेन्द्रका व्यापारकि साझेदार र अनौपचारकि सल्लाहकार रहेका प्रभाकर केही वर्षउनीस“ग टाढिएका थिए । तर, झन्डै एक वर्षेखि फेर िभित्रिया भएका छन् । र, राजाका तर्फाट राजनीतिक दलका छानिएका नेताहरूस“ग संवाद गर्ने जिम्मेवारी पाएका छन् । चुनावी परण्िााम आउन थालेदेखि नै उनी लगातार माओवादीहरूस“ग सर्म्पर्कमा छन् ।

स्रोतका अनुसार, यस क्रममा प्रभाकरले माओवादी अध्यक्ष प्रचण्डस“ग पनि भेटवार्ता गरसिकेका छन् । विगतमा पनि दलहरू र राजाबीच सम्बन्ध कायम राख्न भूमिका निर्वाह गरेका राणालाई अहिले पनि त्यही अपेक्षाका साथ अगाडि सारएिको हो ।

राणाबाहेक राजा ज्ञानेन्द्रका अर्का सारथि हुन्, उनको प्रत्यक्ष शासनताका गृहमन्त्री रहेका कमल थापा । थापाले माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टर्राईस“ग प्रत्यक्ष कुराकानी गरेका छन् राजाको दूतका रूपमा । उनले माओवादी नेताहरूस“ग कुनै न कुनै रूपमा राजसंस्थालाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । शक्ति नभएको राष्ट्रप्रमुखका रूपमा राजालाई राख्ने स्थिति बनेमा राजावादीलगायत सेना र अरू पक्षका बीच पनि त्यसलाई र्समर्थन गर्ने दर्ीघकालीन व्यवस्था मिलाइदिने प्रस्ताव उनले राखेको स्रोत उल्लेख गर्छ । माओवादी नेताहरूले राजालाई सम्मानपर्ूवक बहिर्गमन गराउने प्रस्ताव गरेको सर्न्दर्भमा थापाले यस्तो भनाइ राखेका हुन् । परस्परविरोधी प्रस्ताव आएपछि उनीहरूको कुराकानी सकारात्मक टुङ्गोमा पुग्न सकेन तर सर्म्पर्क भने विच्छेद भएको छैन ।

देश नछाड्ने राजेच्छा

संविधानसभा चुनावअघि राजाविरुद्ध चर्को कुरा गर्ने माओवादीहरूको बोली र व्यवहार चुनावमा प्रचण्ड मत पाएपछि चाहि“ झन् किन नरम हु“दै गएको हो - धेरैलाई आर्श्चर्यचकित पारेको छ माओवादीको बदलि“दो शैलीले । स्रोतका अनुसार माओवादीहरू गणतन्त्रको पक्षमा जनादेश पाइसकेको सर्न्दर्भमा राजालाई 'ह्युमिलेट' र उत्तेजित नपारीकन सहज ढङ्गबाट सम्मानपर्ूवक दरबारनिकाला गर्न चाहन्छन्, ताकि राजावादी र गणतन्त्रवादीबीच सेना, प्रहरीलगायत कही“-कतै ध्रुवीकरण नहोस् । त्यसका निम्ति आवश्यक पर्‍यो भने राजास“गै भेटेर कुरा गर्ने निधो माओवादीहरूले गरेका छन् -हर्ेर्नुस्, यसै अङ्कमा माओवादी नेता बादलस“गको अन्तर्वार्ता) ।

माओवादी नेताहरूको पछिल्लो सरोकारचाहि“ राजा ज्ञानेन्द्र आफै“ले केही नगरे पनि बाह्य शक्तिहरूले उनलाई माध्यम बनाई कुनै गडबडी गर्नसक्ने सम्भावना र्फकेन् ्रित छ । स्रोतका अनुसार, एक साताअघिसम्म गद्दी त्याग्ने मनस्थितिमा रहेका राजाले सरकार पुनःगठनसम्बन्धी पछिल्लो अन्योल र गणतन्त्रबारे संविधानसभाले गर्ने भनिएको निर्ण्र् ाम्बन्ध अस्पष्टताका कारण खेल्ने ठाउ“ पाएका छन् । त्यसैले त अहिले कतिपय शाही दूतहरू अनिर्वाचित अन्तरमि संसद्ले बनाएको अन्तरमि संविधानलाई होइन, निर्वाचित संविधानसभाले संविधान निर्माण गरसिकेपछि मात्र त्यस अनुरूप हुने निर्ण्र्ाााई राजाले मान्ने विरोधाभासपर्ूण्ा तर्क गररिहेका छन् ।

संविधानसभा चुनावका बेला राजा ज्ञानेन्द्रले देखाएको परपिक्व प्रतिक्रियालाई आधार मान्ने हो भनेचाहि“ उनी जनताको चाहनाबमोजिम हुने गणतन्त्रको निर्ण्र्ाााई पनि स्वीकार्न तयार रहेको सङ्केत मिल्छ । राजाले चुनावको अघिल्लो दिन एक वक्तव्य जारी गर्दै निर्वाचनमा मतदान गर्न आमजनतालाई आग्रह गरेका थिए । र, निर्वाचन सकिएलगत्तै मतदानमा देखिएको जनसहभागिताबाट आफू खुसी भएको भन्दै अर्को वक्तव्य जारी गरे । राजाका दुवै वक्तव्यलाई माओवादीले सकारात्मक भन्दै स्वागत गरेको थियो । र, त्यसस“गै प्रचण्डले राजालाई 'सम्मानजनक बहिर्गमन' गराउने र बाबुराम भट्टर्राईले सांस्कृतिक अधिकार दिने कुरा गरेका हुन् ।

के हो त सम्मानजनक बहिर्गमन भनेको - माओवादीले बिनाकुनै रक्तपात गणतन्त्र कार्यान्वयन गरेर संसारलाई चमत्कार देखाइदिने भनिसकेको छ । त्यस अर्थमा नारायणहिटीबाट बिदा भएका तर मठ-मन्दिर, धार्मिक तथा सांस्कृतिक पर्वहरूमा देखापर्ने सांस्कृतिक अधिकारसहितका पर्ूवराजाको परकिल्पना गरेका हुन सक्छन् उनीहरूले । यद्यपि, त्यसबारे औपचारकि धारणा, मोडेल र प्रस्ताव भने कतैबाट आएको छैन । यसबाहेक माओवादीहरूले राजालाई आर्थिक भत्ता र सुरक्षाको ग्यारेन्टी मात्र होइन, उनका निजी सम्पत्तिहरू राष्ट्रियकरण नगर्ने, बरु स्वतन्त्र ढङ्गले व्यापार-व ्यवसायसम त गर्न दिने बताएका छन् ।

अघिल्लो साता भारतीय सञ्चारमा ्यमहरूम राजा ज्ञानेन्द्र गद्दी त्यागेर भारतमा निर्वासित हुने समाचार व्यापक रूपमा प्रसारति भयो । कतिसम्म भने उनी आफ्ना सम्धी युवराज्ञी हिमानीका पिता, जो राजस्थान सिकरको रजौटा परविारका हुन्, को गृहनगरमा निर्वासित हुन लागेको भन्ने सनसनीपर्ूण्ा खबरले खलबली मच्चायो । तर, त्यो किन पत्यारलाग्दो थिएन भने राजाका ती सम्धी वर्षौंदेखि आफ्नो थातथलो छाडेर काठमाडौ“मा बसिरहेका छन् भने राजाचाहि“ त्यहा“ किन जालान् भन्ने प्रश्न जोकोहीले गर्न सक्छ । निर्वासनमै जाने भए भारतबाहेक तेस्रो मुलुकको बाटो पनि खुला छ उनलाई ।

निर्वासनको चर्चा चलेपछि राजाको संवाद सचिवालयले उक्त खबरलाई कपोलकल्पित र पर्ूण्ातया निराधार भनेर खण्डन गर्‍यो । दरबारबाट जारी एक वाक्यको खण्डनको आशय राजा निर्वासनमा अर्को मुलुक जान लागेको भन्ने भनाइलाई गलत सावित गर्नु थियो । तर, राजाले राजगद्दी त्याग्ने भनी चलेको चर्चाको खण्डन भने त्यसमा थिएन । के उनले गद्दी त्यागे भने देशचाहि“ छाड्दैनन् त - स्रोतका अनुसार, माओवादीहरूलाई पनि राजाले आफूले कुनै हालतमा पनि मुलुक नछोड्ने सन्देश पठाएका छन् । आफ्नो निर्ण्र् ासुनाउन क्रममा उनले कतिसम्म भनेछन् भने, "काठमाडौ“ होइन, बरू डा“डाको टुप्पामा गएर पनि बस्न तयार छु तर देश छोड्दिन“ ।"

ज्ञानेन्द्रदेखि ज्ञानेन्द्रसम्म

२००७ कात्तिक ः राजा त्रिभुवन परविारसहित भारतीय दूतावासको शरणमा । राणा शासकहरूद्वारा उनका नाति ज्ञानेन्द्र राजा घोषित ।

फागुन ७ ः राजा त्रिभुवन १ सय ६ दिनको भारत प्रवासपछि सपरविार स्वदेश फिर्ता ।

२००८ ः मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएपछि राजा-काङ्ग्रेस सम्बन्ध ब्रि्रन सुरु ।

२०११ फागुन ३० ः राजा त्रिभुवनको स्वीट्जर ्यान्डक जुरखिमा ४८ वर्षो उमेरमा निधन ।

चैत १ ः राजा महेन्द्रको राज्यारोहण ।

२०१६ जेठ १२ ः आमनिर्वाचनबाट बीपी कोइराला प्रधानमन्त्री बनेपछि राजा महेन्द्रस“ग द्वन्द्व सुरु ।
२०१७ पुस १ ः शाही 'कू' गरी राजा महेन्द्रबाट सक्रिय राजतन्त्र सुरु । बीपीलगायतका काङ्ग्रेस नेताहरू बन्दी, व्यापक दमन ।

२०१८ ः काङ्ग्रेसद्वारा सशस्त्र सङ्र्घष्ाको थालनी । दर्ुगानन्द झा, अरविन्द ठाकुरहरूद्वारा जनकपुरमा राजा महेन्द्रको जिपमा बम प्रहार । झालाई फा“सी ।

२०२५ ः बीपीलगायत काङ्ग्रेस नेताहरू जेलबाट रहिा, भारत प्रवासमा ।

२०२८ माघ १७ ः राजा महेन्द्रको निधन, राजा वीरेन्द्रको राज्यारोहण ।

२०३२ ः काङ्ग्रेसद्वारा दोस्रो सशस्त्र आन्दोलन सुरु ।

२०३६ पुस १६ ः बीपी मेलमिलापको नीति लिएर स्वदेश फिर्ता ।

जेठ १० ः विद्यार्थी आन्दोलनपछि राजा वीरेन्द्रबाट जनमतसङ्ग्रहको घोषणा । बहुदलवादीको पराजय ।

२०४२ जेठ १० ः सत्याग्रह आरम्भ, काठमाडौ“का विभिन्न स्थानमा बम विस्फोटपछि स्थगित ।

२०४६ फागुन ७ ः गणेशमान सिंहको नेतृत्वमा काङ्ग्रे -कम्युनि ्टद्वार संयुक्त जनआन्दोलन सुरु ।
चैत २६ ः बहुदलको घोषणा ।

०४७ कात्तिक २३ ः नया“ संविधान जारी, राजा संवैधानिक ।

२०५२ फागुन १ ः माओवादी व्रि्रोह सुरु ।

२०५७ ः माओवादीविरुद्ध सेना परचिालन गर्ने विषयमा प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाको दरबारस“ग मतभेद ।
२०५८ जेठ १९ ः राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायत राजपरविारका अन्य सदस्यहरूको हत्या ।
जेठ २० ः गोली लागी अचेत रहेका तत्कालीन युवराज दीपेन्द्रलाई राजपरष्िाद् बैठकद्वारा राजा घोषित ।
जेठ २२ ः दीपेन्द्रको निधन, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र राजा घोषित, तीन दिनसम्म कफर््र्यु जारी ।
असार ः होलेरी प्रकरणमा सेना परचिालनलाई लिएर दरबारस“ग मतभेद उब्जेपछि प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाद्वारा राजीनामा ।
२०५८ साउन ७ ः शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त ।
साउन ८ ः माओवादीद्वारा युद्धविरामको घोषणा ।
साउन ३१ ः माओवादीद्वारा कृष्णबहादुर महराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन ।
भदौ १ ः सरकारद्वारा तत्कालीन निर्माण तथा भौतिक योजनामन्त्री चिरञ्जीवी वाग्लेको नेतृत्वमा पा“च सदस्यीय वार्ता टोली गठन ।
कात्तिक १० ः विजयादशमीको अवसरमा राजा ज्ञानेन् ्रद्वार तत्कालीन शाहज्यादा पारसलाई युवराज घोषणा ।
२०५९ जेठ ८ ः प्रधानमन्त्रीको सिफारसिमा राजाद्वारा प्रतिनिधिसभा विघटन ।
असोज १८ ः राजाद्वारा प्रम शेरबहादुर देउवालाई 'अक्षम'को आरोप लगाउ“दै पदमुक्त र कार्यकारण्िाी अधिकार आफै“ले ग्रहण ।
असोज २५ ः राजाद्वारा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन । राजा र दलहरूबीच दूरी र द्वन्द्वमा बढोत्तरी ।
पुस १९ ः राजाको अभिनन्दनको शृङ्खला सुरु ।
माघ १२ ः माओवादीद्वारा सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हत्या ।
माघ १५ ः सरकार र माओवादीबीच युद्धविराम । वार्ता प्रक्रिया सुरु ।
२०६० जेठ २१ ः राजाद्वारा र्सर्ूयबहादुर थापाको नेतृत्वमा नया“ सरकार गठन ।
पुस १ ः राजाविरुद्ध नारा लगाएको अभियोगमा नेविसङ्घका तत्कालीन अध्यक्ष्ँ गुरु घिमिरे, महामन्त्री गगन थापा र अनेरास्ववियुका पुरुषोत्तम आचार्यलाई पक्राउ गरी राजद्रोहको मुद्दा ।
२०६१ जेठ २० ः शेरबहादुर देउवा पुनः प्रधानमन्त्री नियुक्त ।
माघ १९ ः राजाद्वारा देउवा सरकार अपदस्थ, आफ्नै अध्यक्षतामा मन्त्रिपरष्िाद् रहेको घोषणा ।
२०६२ वैशाख १ ः राजाद्वारा २०६२ सालभित्र नगरनिर्वाचन गरनिे घोषणा ।
वैशाख २५ ः संसद्वादी सात दलद्वारा संयुक्त मोर्चा घोषणा गरी आन्दोलनको सुरुवात ।
असार ४ ः माओवादीस“ग वार्ता र संविधानसभाको निर्वाचनमा जाने सात दलको निर्ण्र्ाा।
साउन २७ ः नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच दिल्लीमा गोप्य वार्ता ।
भदौ १८ ः माओवादीद्वारा तीनमहिने एकतर्फी युद्धविराम घोषणा ।
मङ्सिर ७ ः सात दल र माओवादीबीच १२ बु“दे दिल्ली समझदारी ।
वैशाख ११ ः १९ दिने जनआन्दोलनपश्चात् राजा ज्ञानेन्द्र राजकीय सत्ता जनतालाई नै फिर्ता गर्न बाध्य ।
असार २ ः माओवादी अध्यक्ष प्रचण्ड
-पुष्पकमल दाहाल) प्रधानमन्त्री निवास बालुवाटारमा र्सार्वजनिक ।
मङ्सिर ५ ः सरकार र माओवादीबीच बृहत् शान्ति सम्झौता ।
माघ १ ः अन्तरमि संविधान जारी, माओवादी अन्तरमि संसद्मा प्रवेश ।
फागुन २५ ः संविधान संशोधन गरी लोकतान्त्रिक सङ्घीय शासन प्रणालीप्रति प्रतिबद्धता । ०६४ जेठभित्र संविधानसभा चुनाव गर्ने संविधानमा नै उल्लेख ।
२०६४ जेठ ३० ः राजाले संविधानसभा चुनाव हुन नदिन गम्भीर व्यवधान खडा गरेमा व्यवस्था िका-संसद को दर्ुइतिहाइले हटाउन सक्ने प्रावधान संविधानमा थप । चुनाव मङ्सिर महिनाभित्र गरनिे पनि उल्लेख ।
पुस १३ ः संविधान संशोधन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको व्यवस्था । गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट गर्ने घोषणा । चैत महिनाभित्र चुनाव गर्ने कुरा पनि संविधानमा नै उल्लेख ।
चैत २८ ः संविधानसभाको निर्वाचन सम्पन्न । राजा ज्ञानेन्द्रलाई पदच्यूत गर्ने तयारी । ...

Date 1Icon 55
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Comments


Picture
Menuka

He better leave country for 10 years or

Date Thursday, May 1st 2008, 8:38 PM

He and his entire royal families better leave country for 10 years or while...

If he stays in Nepal, he might get more trouble or have to face more painful things.

There is no 2nd thinking to stay inside Narayanhiti Royal Palace. He must forget it. Or He will face very bad consequences from Nepali people and Republic nation.

Spacer


Sorry, guests can not post comments | Register