हामीजस्तो अरू नठगिउन्
अर्जुन चम्लागाई
हामी सौरभी ओभरसिज नामको मेनपावरबाट यहा“ आइपुगेका हौं । कम्पनीले हामीस“ग अन्तर्वार्ता लिएपछि छनोट गरिएको थियो । यर्ूर्एइको श्रमसम्बन्धी कानुनअनुसार दैनिक आठ घन्टा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसबाहेक ओभरटाइमको पनि व्यवस्था छ भनियो । कम्पनीले हाम्रो कामका निम्ति सत्तरी हजार तोकेको थियो तर उनीहरूले छनोटमा परेकाहरूलाई एक लाख मागे । आधारभूत तलब राम्रो भएकैले हामीले भनेजति पैसा दिन स्वीकार गर्यौं । तर जब हामी यहा“ आइपुग्यौं परिस्थिति एकदमै भयावह देखियो । जब यहा“ एघार बजे आइपुग्यौं हाम्रा निम्ति खाना थिएन । पैसा हुने होटलतिर गए नहुनेहरू व्रत बसे । कोही १२ घन्टा त कोही त्यसभन्दा पनि बढी काम गर्दा रहेछन् । अझ दिनभरि घाममा रापिएर काम गर्ने सुरक्षाकर्मीका निम्ति त शुक्रबार र र्सार्वजनिक बिदाका दिन पनि छुट्टी हु“दो रहेनछ ।
फर्किने कुरो गर्यो भने उनीहरू दर्ुइ हजारदेखि २५ सय दिरामसम्म भिसामा लागेको पैसा फिर्ता माग्थे । त्यसमाथि टिकट आफैंले काट्नुपर्ने । घरमा अभिभावकलाई खबर गरौं भने पनि उनीहरू मेनपावरमा जानेछन् । चलाख मेनपावरवालाहरू यस्तो बेलामा 'तपाईंका सन्तानलाई घर छाड्नुपर्दा नियास्रिएर त्यसो भएको हो,' भनेर जवाफ दिने गर्छन् ।
यहा“को दूतावासको अवस्था उस्तै छ । खै, भन्नु पनि उचित होला कि नहोला, त्यहा“भित्रै पनि मेनपावरवालाहरूको पैसाको चलखेलको आभास पाइन्छ । बल्लतल्ल हामीले पैसो त पायौं । अन्तर्वार्ताका बेलामा जहा“ हामीलाई सात सयदेखि हजारसम्म पारिश्रमिक तोकिएको थियो त्यही पाउनेबेलामा भने ५ सय ६० देखि
६ सय ६० सम्म मात्र हात पर्यो । छ महिना अघि आएकाले पनि केवल सात सय पाइरहेका
रहेछन् । हामीलाई कुनै पनि किसिमको मेडिकल, बिमा वा छुट्टीको सहुलियत छैन । हाम्रो मात्र के कुरा यहा“ त कसैको पनि बिमा रहेनछ । भनाइमा दर्ुइ वर्षभनिए पनि काममा लदाउनुको अर्थमा यहा“ हामीले बिताउनुपर्ने अवधि तीन वर्षबराबरको हु“दो रहेछ । छ महिनापछि आफूले फिटिक्क गल्ती गर्यो भने सोझै क्यान्सल भनिदिंदो रहेछ । अर्थात् आफूले मेहनत गरेको पैसा पनि नपाउने । त्यसै पनि यहा“ आउनेहरूले धेरै ब्याजमा ऋण काढेर आएका हुन्छन् ।
सबैभन्दा रमाइलो कुरो त के छ भने यत्रो मेहनत गरेपछि पनि घर र्फकने बेलामा त्यही एक महिनाको तलबबाहेक हातमा आफूले बोकेर जाने केही होलाजस्तो छैन । काठमाडौं छाड्ने बेलामा हामीलाई दिइएका कागजपत्र पनि हामीले साथै राखेका छौं । ती सबै कागजपत्र जाली रहेछन् । यसरी हर्ेदा श्रम मन्त्रालय पनि दोषी देखिएको छ । भर्खरै एउटा सेक्युरिटी काम गर्ने केटो फर्किन खोज्यो । उनीमाथि चर्को दर्ुर्व्यवहार गरियो । उनलाई बसेको ठाउ“बाट पनि निकालियो । एक चिनारुकहा“ गएर उनले शरण लिनुपर्यो । अर्को दिन उनी आए पनि कागजपत्रमा सही गर्न लगाइयो जसमा उसले काम गरेको ४० दिनको ज्याला थिएन । उनका दाजुले काटिदिएको टिकटका आधारमा उनी यतिबेला काठमाडौं फिरेका छन् । हामी त यहा“ आएर यसरी फ“स्यौं । अब अरूको पनि अबोधपनाको फाइदा उठाएर यसरी ठगी नगरियोस् भन्नका निम्ति तपाईंलाई लेख्दैछौ। ...




