" गीतमा किराती रङ "
यसपालिको सोकलामा खुसेलाई डाक्छु
नजानेको एउटा सिली उसैलाई माग्छु
तान लगाउने-उठाउने बाली लाउने- काट्ने
सबै बाहेक कस्तो होला सिली मन साट्ने
यसपालिको उभौलीमा खुसेलाई डाक्छु
नजानेको एउटा सिली उसैलाई माग्छु
मर्ुर्चुङ्गाको सुरस“गै बिनायो झन् खिप्ने
सबै बाहेक कस्तो होला सिली फूल टिप्ने
यसपालिको उधौलीमा खसेलाई डाक्छु
नजानेको एउटा सिली उसैलाई माग्छु ।
यी हुन्, गीतकार टीका चाम्लिङका हरफ । उनको दोस्रो गीतिसंग्रह 'समयको रङ' मा यसैगरी खुलेका छन् । पर्र्वी पहाड माझकिरात खोटाङ आसपासका किरात समुदायको रङ यसमा कोरेका छन् ।
देखिएका सारा जीवन, लेख्न कहा“ पाइन्छ र
लेखिएका सारा जीवन, देख्न कहा“ पाइन्छ र
संग्रहका अधिकांश गीत संगीतबद्ध भइसकेका छन् । आदिवासी गीतकार समाजद्वारा प्रकाशित संग्रहमा ४३ नेपाली गीत छन् । यसलाई अंग्रेजीमा अनुवाद गरेर 'कलर अफ इपोच्' नाम दिइएको छ । नुनथला- ५, खोटाङका चौतीस वषर्ीय चाम्लिङका यसअघि 'सपनाको रङ' गीतिसंग्रह -२०६०) प्रकाशित छ । 'सधैंभरि' गीतिएल्बमसमेत उनकै रचनामा र्सार्वजनिक भइसकेको छ ।
यस्तो गीत गाउन सकू“ घाम-जून रुने
रुनुभन्दा पनि मनको पीर-व्यथा धुने
- गणेश र्राई ...







