नेपालको तलब, भारतलाई सूचना:-
- News by जे.पाण्डे
बागासोती -दाङ, जेठ ६ - रँप्ती किनारमा दर्ुइवटा बाढीमापन केन्द्र छन्, जसको काम बाढीबारे सूचना दिन हो । अचम्म लाग्ला, नेपालीलाई सूचना बन्देज लगाएको छ । भारतलाई सूचना उपलब्ध गराउनु भन्ने आदेश नेपाल सरकारले दिएको छ ।
आवा सञ्चार सेटसहितका यी केन्द्र जलवायुसम्बन्धी सूचना लिन भारतीय सहयोगमा स्थापना भएका हुन् । भारतले दिएका सन्चार सेट भए पनि कर्मचारी नेपाली छन् । उनीहरूलाई नेपालले तलव खुवाउ“दै आएको छ ।
दाङ, बागासोती र बाकेको कुसुम राप्ती किनारमा रहेका बाढी मापन केन्द्रले भारतको पटनास्थित मौसम तथा जलवायुसम्बन्धी निकायलाई सूचना दिन्छन् नेपालका सञ्चार माध्यमालाई नदीमा आएको बाढीको सूचना दिन पाउ“दैनन् । ०३२ सालदेखि संचालित वागासोतिस्थित मापन
केन्द्र सुरुमा सीधै भारतको पटनालाई राप्ती नदीमा बाढी र वषर्ाको सूचना दिन्थ्यो ।
'जेठदेखि भदौसम्म ४ महिना पटनाले सीधै सूचना माग्थ्यो' त्यति बेलादेखि गेज रिडरका रूपमा काम गर्दै आएका खड्कबहादुर रावतले भने, 'आजभोलि पनि सर्म्पर्क गर्छन् । सिन्धुलीबाट सूचना लिनु भनेको छु ।'
पटनाबाट बारम्बार आवा सर्म्पर्क गरेर सूचना माग्न थालेपछि मौसम तथा जलवायु विज्ञान विभाग ववरमहल र सिन्धुलीस्थित फिल्ड कार्यालयमार्फ् भारतलाई बाढीको सूचना उपलब्ध गराइ“दै आएको छ ।
राप्तीमा आउने बाढी र मध्यपश्चिमका उत्तरी क्ष्ँेत्रमा हुने वषर्ाको सूचना भारत पठाइने गरे पनि नेपाली पक्ष्ँलाई नदिन मौसम तथा जलवायु विज्ञान विभागले केन्द्रलाई निर्देशन दिएको छ । राप्तीमा आउने बाढीबाट वर्षनी डुबानमा पर्दै आएका बा“केका एक दर्जन गाविसका बासिन्दा भने यस्तो सूचनाबाट बञ्चित छन् ।
भालुवाङ र बा“केको कुसुमस्थित राप्ती नदीमा बाढीको जानकारी होलीया, गंगापुर, बेतहनी, कम्दीका बासिन्दाले लिन सक्दैनन् । किनभने त्यहां“ राखिएका बाढी नाप्ने ग्याजी स्टेसनका ग्याज रिडरलाई तल्लो तहमा सूचना नदिन भनिएको छ ।
गत साउनमा राप्तीमा आएको बाढीले डुंगा पल्टाउ“दा बा“के, कचनापुरमा ३ दर्जन र्सवसाधारणको मृत्यु भएको थियो भने होलीयाका दर्ुइ गाउ“ बगाएका थिए । त्यति बेला कान्तिपुरले बाढीको अवस्थावारे स्थलगत सूचना दिएपछि मौसम विज्ञान विभागले सूचनामाथि रोक लगाएको थियो । ग्यार रिडर थापाले भने, 'तपाईहरूलाई सूचना दिएको थाहा भएपछि नदिनु भन्ने आदेश आएको हो ।' सूचना भारतलाई दिन मिल्ने तर देशलाई नदिनुभन्दा नमजा लागेको बताए ।
बाढी र वषर्ाका कारण हुनसक्ने क्षतिबाट नदि तटिए बासिन्दालाई जोगाउन संकलित सूचना तत्काल प्रवाह गर्नु भन्दा विभागले यसलाई केन्द्रिकृत गरेकाले तटिए क्षेत्रका बासिन्दा खतरामा पर्दै आएका छन् ।
'भारतले ८/१० घण्टाअघि हामीस“ग सूचना माग्छ' जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्ण आचार्यले भने, 'तपाईतिर हजारमा क्षति होला हामीतिर लाखौंमा क्षति हुन्छ भन्दै सूचना दिन भनिरहन्छ ।'
http://www.kantipuronline .com/kolnepalinews.php?&n id=147575 ...



Comments:
No comments available.Drop your comment
Sorry guest can't post comment.