Yalamber.com
welcome to my blog

Title: धमिलो गौरव

कुनैबेला नेपालीका पर्ुखाहरूले पल्टनिया रवाफ देखाएको र वीर गोर्खालीको तक्मा भिरेर आफ्नो परचिय बनाएको ठाउ“ हो हङ्कङ् । तर, अहिले यहा“ अवैध रूपमा बसिरहेका नेपालीहरूको लस्करका कारण त्यो गौरव केही धमिलिएको छ ।

यसरी हङ्कङ् भित्रिएका नेपालीहरू विशेष गरी जोर्डन, वानचाई, याउमाते, चिम सा चर्ुइलगायतका स्थानहरूमा नेपाली तथा भारतीयले सञ्चालन गरेको गेस्ट हाउस, होटल तथा दुले -अवैधानिक) रेस्टुरा“मा अत्यन्तै कम पारश्रिमिक लिएर काम गर्न बाध्य छन् । कोही घरेलु सहायकका रूपमा नेपाली तथा भारतीयहरूका घरमा कार्यरत छन् भने कोही फोहोर सोहोर्नेज्ास्ता काममा खटेका छन् । नेपालीहरू उही 'थ्री डी' अर्थात् र्डर्टर्ीीडेन्जर र डिफिकल्ट -फोहोर, जोखिमपर्ूण्ा र गाह्रो) काममा जोतिइन बाध्य छन् । त्यो पनि न्यून पारश्रिमिक लिएर ।

त्यस्ता नेपालीहरू १२/१४ घन्टे काममा हुन्छन् । उनीहरू काममा पोखिन्छन्, घोटिन्छन् र जोतिन्छन् । कोही यन्त्रजस्तो चलिरहेका देखिन्छन् त कोही इन्धनजस्तो बलिरहेका । उनीहरूले पाउने भनेको मासिक दर्ुइ हजारदेखि बढीमा तीन हजार हङ्कङ् डलरसम्म मात्र हो ।

गैरकानुनी रूपमा बसोवास गरेकाहरूले कतै उजुरी गर्न जाने अवस्था छैन । त्यसैले कतिपय ठाउ“मा तोकिएको न्यून पारश्रिमिक पनि नदिई कामबाट निकालिएका नेपालीहरू चुङ्किङ् मेन्सन मलमा बरालि“दै हि“डेका भेटिन्छन् । धनको कुवेर हुने चाह छैन उनीहरूमा । बरु नेपालमा लिएको ऋणसम्म तिर्न पाए हुन्थ्यो भन्ने सोच रहेको पाइन्छ ।

स्थानीय एभरेस्ट साप्ताहिकका पत्रकार किसन र्राईको भनाइम्ाा शरणार्थीहरूलाई त वैधानिक रूपले काम दिन नसकिने ठाउ“मा अवैधानिक तथा कुनै किसिमको कागजात नभएकालाई काम दिन गाह्रो नै पर्छ । भन्छन्, "त्यसरी काम दि“दा गैरकानुनी हुने र समातिए ठूलो जरविाना तथा सजाय हुने कडा कानुन छ ।" त्यसैले अवैधानिक रूपमा हङ्कङ् छिरेका र शरणार्थी कार्यालयमा दर्ता नभएका नेपालीहरूको पर्ुर्पुरोमा बिचल्लीबाहेक केहीे हु“दैन । त्यसमाथि स्थानीय अधिकांश 'आईडी होल्डर'हरूको आ“खामा उनीहरू कसिङ्गर बन्न पुग्छन् । र, उनीहरू नेपालीबाटै दर्ुर्व्यवहारको सिकार हुन्छन् ।

यहा“ कोही शरणार्थीका मान्यता पाउनका लागि प्रक्रियाका लाममा छन् भने कोही त्यो प्रक्रियाकै लागि पनि अयोग्य ठहरएिका छन् । कोही कुनै बहानामा सोझै हङ्कङ् आएर भिसा अवधि सकिए पनि गैरकानुनी रूपमा बसेकाहरू छन् । बेलाबेलामा प्रहरीले छापा हानेर गैरकानुनी रूपमा बसिरहेका विदेशीहरूलाई पक्राउ गर्छ । प्रहरीबाट लुक्दै हि“ड्नु यस्ता नेपालीहरूको अर्को बाध्यता हो ।

वैशाख १६ गते नै पनि चुङ्किङ् मेन्सन मलमा प्रहरीले चारैतिर घेरा हालेर रातको साढे १ बजे छापा मार्‍यो । थुप्र्रै अवैध आप्रवासी पक्राउ परे । यसरी पक्राउ परेकाहरूलाई प्रहरी कार्यालयमा लगेपछि सोधपुछ सुरु हुन्छ । यहा“को प्रहरीले 'इन्टेरोगेसन फर्मूला'को आडमा एउटै प्रश्नलाई ६६ पटक उल्टाइपल्र्टाई सोधेर मात्र रोजगार गर्न नपाउने, धेरै समूह हुने स्थान जस्तै- पार्टर्ीीडिस्को, जुलुुसलगायतका र्सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नमिल्नेजस्ता र्सतसहित कुनै सामाजिक संस्थाको जिम्मा लगाएर छोड्छ । हङ् कङ्स्िथत नेपाल युनियन चर्च, क्रिस्िचयन एक्सन, इन्टरनेसनल सोसल र्सर्भिस -आईएसएस) आदि गैरसरकारी सङ्घसंस्थाहरूले यस्ता गैरकानुनी आप्रवासीहरूलाई खाने, बस्ने र औषधि उपचारको निःशुल्क व्यवस्थालगायत अन्य विभिन्न सहयोग उपलब्ध गराउ“दै आएका छन् ।

शरणार्थीको मान्यता चाहने गैरकानुनी आप्रवासीलाई सहयोग र समन्वयात्मक भूमिका निर्वाह गर्दै आएका नेपाल युनियन चर्चका पास्चर राजु बराइलीका अनुसार, हङ्कङ् सरकारले यातनाविरोधी अभिसन्धिमा हस्ताक्षर गरेको हु“दा अवैध रूपमा रहेकाहरूलाई सजिलै देश निकाल्न भने सक्दैन । उनीहरूले विभिन्न समस्याहरू देखाई शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय -यूएनएचसीआर)मा आवेदन गर्न पाउ“छन् । उनीहरूले महिनाको दर्ुइपटक उक्त कार्यालयमा हाजिर हुनर्ुपर्छ । 'एसाइलम सिकर'को दर्जा पाएको कुनै व्यक्ति अवैध रूपमा काम गररिहेको प्रहरीले भेटेमा १८ महिनासम्मको जेल सजाय हुनसक्छ भने काम दिनेले पनि पा“च हजार हङ्कङ् डलर जरविानासहित छ महिनाको जेल सजाय भोग्नुपर्ने हुन्छ ।

Nepal Rastrya Saptahik 08 ...
User's blog  date 2 icon 142
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

Who sold Hong Kong ID cards to illegal Nepalese?
Thursday, May 22nd 2008, 1:45 PM
Who sold Hong Kong ID cards to illegal Nepalese?

Who sold Hong Kong ID cars, did fake marriage and support to these illegal Nepalese?

Each of these Neptey people must quickly understand, realize and avoid these wrong doing mistakes in future. These stupid Neptey people who have kully mentality ruin the systems, law, situation and future prosperity of their own.

These was first done by stupid neptey people
Thursday, May 22nd 2008, 1:44 PM
These was first done by stupid neptey people.



Drop your comment

Sorry guest can't post comment.