Yalamber.com
welcome to my blog

Title: SAKELA UBHAULI 1ST JUNE 2008-SANFRANSISCO,USA

सान्फ्रान्सिस्को क्यालिफोर्नियामा साकेला र बुद्ध जयन्ती एकै दिन सम्पन्न

घनश्यामराई, सान्फ्रान्सिस्को क्यालिफोर्निया

संयुक्त राज्य अमेरीकाको सुदूर पश्चिमी प्रमुख शहर सान्फ्रान्सिस्को को सुन्दर "गोल्डेन्गेट् पार्क"मा उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने किरात राईहरुले जून १ तारीख, २००८ आइतवारका दिन आफ्नोपरम्परागत संस्कृति र पहिचानको प्रतिक साकेला भब्यताका साथ नेपाली र विदेशीहरुको उपस्थितिमा सम्पन्न गर्यो । साकेलाको कार्यक्रम दिउंसो १२ बजे देव राईको उद्घोषणबाट सुरु भएको थियो र सो कार्यक्रममा कन्या केटीहरु -एलीनाराईर स्मारीका ाई)बाटपु ्खाअबि राईलाई फेटा लगाई दिएर कार्यक्रम अगाडी बढाउन ढोलझ्याम टाजिम्म दिइएको थियो । त्यस्तैपुर्खालेे ढोले नन्द राईलाई फेटा र सिलीमोम्माहरु श्रीमति राधीकाराईर श्रीमति कला राईलाई मजेत्रो लगाई दिएर कामहरु जिम्मा दिइएर कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा किरांत राईहरुको साकेला सिली प्रदर्सन गर्नका साथै उपस्थित सम्पुर्ण सहभागीहरुले पनि साकेला सिली नाचेर रमाइलो गरेका थिए ।



सामूहिक सिली नाच्दै -फोटोः घनश्यामराई)

यस बेला सडकमा हिड्ने पैदलयात् ीहरुसमे उभेर यो नाच हेरी रहेका थिए । साकेला सिलीको एकोहोरो नचाई पछि तारामणी राईको संकलनमा नेपालीहरु एकल, जोडी तथा सामूहिक नृत्य जोडतोडले नाचेको देखिन्थ्यो ।



आफ्नोसंस्कार र संस्कृतिको पहिचान र अवलम्बनको चर्चा सह्रानीय रहेको पाइएको थियो, त्यस्तै क्रममा नेपालीपना झल्किने नेपाली खाना दाल, भात, कुखुराको मासु, बंगुरको मासु, अचार, सेलरोटी, आलुको तरकारीले नेपालमा नै भएको महसुश गराएको थियो । कार्यक्रम समग्रमा भन्नु पर्दा संस्कृतिमूलक भएको र उल्लेख्यरुपमा विभिन्न जातजातीहरुको उपस्थिती रहेकोले सफल साकेला कार्यक्रम भएको देखियो ।




उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने किरा्रतराई-फोटोः घनश्यामराई)

आजैको दिनमा किरांत राईहरुको साकेला कार्यक्रम पश्चात बेलुकी ६ बजेबाट यसै शहरको "टेष्ट् अफ् हिमालय" रेष्टुरेण्ट्को हलमा श्री भगवान् बुद्धको २५५२औ बुद्धजयन्ती पनि "सान्फ् ान्सिस् ो बे एरीया नेपाली समूह"को सकृयतामा सम्पन्न भयो । सो कार्यक्रम बैकुण्ठ खनालको उद्घोषणमा प्रमुख अतिथी डा. लोपोन् टशी छिरीङ -एच.बि.लामा) र अतिथी विद्यासागर योञ्जन हुनुहुन्थ्यो भने नेपाली र विदेशीहरुको समेत उपस्थिती थियो । कार्यक्रममा बक्ता तेज राईले बुद्धको शील अहिंसाले मानव जातीमा मैत्रीभावको विकास हुने कुरामा जोड दिनु भएको थियो भने अतिथी विद्यासागर योञ्जनले आफू नेपालमा रहंदा र सरकारी सेवामा रहंदा देखी नै बुर्द्धधर्म उत्थानमा लागी परेको र परिरहने कुरामा जोड दिनुका साथै यसै अर्न्तर्गतको साधनामध्ये एक विपश्यना साधनाको बारेमा पनि छोटो चर्चा गर्नु भएको थियो । विदेशीहरुको पनि उपस्थिती रहेकोले उनीहरुको लागी अंग्रेजी भाषाअनुवाद तथा यस कार्यक्रमको औचित्य प्रदिप लामाले गरेर प्रष्ट्याउनु भएको थियो र अन्तमा बुर्द्धधर्म र प्राकृतिक उपचार रिकी साधना सम्बन्धि ज्ञाता र यस कार्यक्रमका प्रमुख अतिथी डा. लोपोन् छिरीङबाट बुर्द्धधर्म सम्बन्धि प्रबचनका साथ सम्पन्न भएको थियो ।

Vincent Khambu Rai ...
User's blog  date 0 icon 167
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.