Yalamber.com
welcome to my blog

Title: थारु समुदायको साझा जातीय संगठन

यसरी शुरु हुँदै छ गणतन्त्र नेपालको पहिलो आन्दोलन

थारुलाई मधेसी बनाएकोमा जेठ १८ गते अन्तरिम संविधान जलाइने

काठमाडौं, May 30, 2008- संविधानमा थरुहट तराईलाई मधेश नामाकरण गरिएकोमा विरोध गर्दै थारु कल्याणकारिणी सभाले आन्दोलनको घोषणा गरेको छ ।

थारु समुदायको साझा जातीय संगठन थारु कल्याणकारिणी सभाले अन्तरिम संविधानले थारु समुदायलाई षडयन्त्रपूर्ण ढंगले मधेशी जातिमा परिणत गरेको विरोधमा जेठ १८ गते राजधानीमा अन्तरिम संविधानसमेत जलाउने भएको छ । मधेश आन्दोलनको प्रारम्भपनि अहिलेकै अन्तरिम संविधान जलाएर भएको थियो । मधेशी दलहरुले एक मधेश एक प्रदेश नाराकासाथ मेचीदेखि महाकालीसम्म तराईको भूभागलाई मधेश बताइनुपर्ने माग गर्दै आएका छन् ।

थारु समुदायले आफूहरुलाई जर्बजस्ती मधेशी वर्गमा राखिएको भन्दै आदिवासी दर्जा अनुरुपको ब्यवहारको समेत माग गरेको छ । राजधानीमा बिहिबार आयोजित 'संघात्मक नेपालमा थरुहट तराई' विषयक तीन दिने गोष्ठीमा बोल्दै वक्ताहरुले नेपालको तराई भनेको मधेशी समुदायको नभई तराईका थारु लगायतका आदिवासीको हो भन्ने विचार राखेका थिए।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य राम कार्की, प्राध्यापक डा. बीरेन्द्र मिश्र, डा कृष्णबहादुर भट्टचन, कमल चौधरी, सत्यमोहन जोशी, सीमा खान लगायतका वक्ताहरुले तराईलाई मधेश नामाकरण गरी अन्य समुदायलाई अधिकार दिदा स्थानिय थारु, दनुवार, राजवंशी लगायतका आदिवासीहरुप्रति अन्याय हुने विचार प्रस्तुत गरे ।

कार्यक्रममा बोल्दै ज्योति दनुवारले तराईको दनुवार जातिलाई पनि मधेशी वर्गमा राखिएकोमा आपत्ति जनाउँदै 'हामी मधेशी होइनौं आदिवासी हौं' भने । मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खानले नेपालका मुसलमानहरु पहाडी या मधेशीका रुपमा नभएर मुस्लिमकै रुपमा पहिचान बनाउन चाहन्छन् भनिन् भने थारु कल्याणकारिणी सभाका अध्यक्ष अष्टभुजा चौधरीले थारु समुदायको स्वतन्त्र पहिचान स्थापित गर्न निरन्तर संघर्ष जारी राखिने बताइन् । सभाका महामन्त्री राजकुमार लेखीले तराईलाई मधेश बनाउने अन्तरिम संविधानलाई जेठ १८ गते राजधानीमा जलाएर संघर्ष थालिने बताए ।

थारु कल्याणकारिणी सभाले जेठ १८ गते दिउँसो १२ बजे काठमाडौंको नयाँ बानेश्वर स्थित सहकारी प्रशिक्षण केन्द्रको हलमा ३२ जना थारु सभासदहरुको स्वागत कार्यक्रम पनि गर्ने भएको छ । सो कार्यक्रममा थारु जातिलाई मधेशीमा परिणत गर्ने होइन स्वतन्त्र पहिचान स्थापित गर्ने सम्बन्धमा छलफल गरिने भएको छ ।

एकै भूभागमा बस्ने मधेशी र थारु समुदायबीच केही महिना यता मनमुटावको स्थिति देखिन थालेको छ । मधेशी पार्टीहरु थारुलाईपनि मधेशी बताइरहेका छन् भने थारुहरुले आफूहरु मधेशी नभएको दावी गरेका छन् । थारुहरुले मधेशीहरु भारतबाट नेपाल आएका तर आफूहरु यहींको आदिवासी भएको बताउँदै आएका छन् । ...
User's blog  date 0 icon 130
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.