Yalamber.com
welcome to my blog

Title: Sakela Ubhauli 2008 and Kirat Rai Yayokkha,South Korea

किरात राई यायोख्खा दक्षिण कोरियाले साकेला नाच तथा साँगीतिक कार्यक्रम गर्ने

उमेश बस्नेत
१० मई
सिउल दक्षि

किरात राईहरुको महान पर्व उभौलीलाई किरात राई यायोख्खा दक्षिण कोरियाले साकेला -चण्डी) नाच तथा साँगीतिक कार्यक्रमका साथ भव्य रुपम मनाउने भएको छ।

यही मे २५ तारिखका दिन दक्षिण कोरियाको राजधानी सिउलस्थित सोङजोङ छदोङहाक्योमा उक्त कार्यक्रम हुने भएको हो ।

किरात राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष सुमन राईले दिनुभएको जानकारीअनुसार कार्यक्रम भव्य रुपम मनाउनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ। साथै सोही दिन कोरियामा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु र सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका लागि अध्यक्ष राईले हार्दिक अनुरोधसमेत गर्नुभएको छ। कार्यक्रम सिलको सोङजोङ छदोङहाक्योमा स्थानीय समयअनुसार दिउँसो १२ बजे हुनेछ ।

थप सम्पर्कका लागि 010-3876-6026,010-3149-27 73,010-6871-1365,010-8680 -2028 मा सम्पर्क गर्न सकिनेसमेत उहाँले बताउनुभयो। ...
User's blog  date 0 icon 174
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.