Yalamber.com
welcome to my blog

Title: लाहुरेको साहित्य

लाहुरेको साहित्य

यमन दनुवार

कुनैबेला बन्दुक समाएको हातले अब कलम समातेको छ । यही हातले प्रस्फुटन गरेको छ, लाहुरे जीवनमा गुम्सिएका भावनाहरू । कहिले कविताको माध्यमबाट त कहिले गीत र गजलका माध्यमबाट । ब्रिटिस सेनाबाट अवकाश पाएका तिनै रामकृष्ण वान्तवाको नेपाली भाषामा हालै प्रकाशित उपन्यास सघन तुवा“लो अमेरिकाको मसिया २००० पब्लिकेसनले सात भाषामा प्रकाशन गर्दैछ ।

साहित्यका अन्य विधामा धेरैपटक कलम चलाए पनि उनको यो उपन्यास पहिलो हो । उपन्यासमा नेपाली जनजीवनको यथार्थ झल्किएको छ । नेपालमा १० वर्षचलेको माओवादी युद्धले निम्त्याएका परिघटना पनि समेटिएको छ भने यहा“का आदिवासी जनजातिहरूको परम्परागत संस्कृतिलाई पनि रोचक ढङ्गले प्रस्तुत गरिएको छ । सघन तुवा“लोले नेपाल चिन्न मद्दत पुर्‍याउने भएकाले उपन्यास अङ्ग्रेजी, जर्मनी, जापनिज, रसियन, चाइनिज भाषामा प्रकाशन हुने प्रकाशकको भनाइ छ ।
उपन्यास विभिन्न भाषामा छापिने भएपछि वान्तवालाई अहिले विभिन्न सङ्घसंस्थाहरूबाट सम्मानको ओइरो लागेको छ । बाल्यकालका भोगाइ र समाजमा व्याप्त विकृति र विसङ्गति उनको लेखनका स्रोत हुन् ।

खासमा वान्तवा राम्रा गीतकार हुन् । उनको एकल शब्दमा तीनवटा गीति-एल्बम निस्किसकेका छन् । केही नाटकसङ्ग्रह र कवितासङ्ग्रह पनि प्रकाशन भएका छन् । भन्छन्, "मैले लेखेको उपन्यास सात भाषामा प्रकाशित होला भनेर मैले कल्पनासमेत गरेको थिइन“ । यो अकल्पनीय कुराले मलाई लेखनमा दिगो भएर लाग्न हौस्याएको छ ।"

खोटाङका लाहुरे लेखकले सघन तु“वालोको बिक्रीबापत पाएको सबै रोयल्टीले नेपालका दर्ुगम गाउ“हरूमा विद्यालय खोल्ने योजना बनाएका छन् । भन्छन्, "दर्ुगम गाउ“हरूमा शिक्षाको ज्योति बाल्न सके त्यहा“ विकास गर्न सजिलो हुनेछ, त्यसैले उपन्यासबाट पाएको रोयल्टीमा केही रकम आफै“ लगानी गरेर पर्ूर्वी पहाडी गाउ“हरूमा विद्यालय खोल्नेछु ।" उनी केही समययता हङ्कङ्मा बस्दै आएका छन् ।

http://www.kantipuronline .com/pNepal/arcarticle.ph p?&aid=5&isd=295 ...
User's blog  date 5 icon 126
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

They have to play the polyroles they can.....
Thursday, May 29th 2008, 8:20 AM
The image of a Lahure that persists in our society is well known to everyone and one should not argue against it because it is a seen and experienced fact. The way they are changing their attitude is nice because change is good, and not only me almost all of us in our society a Lahure to have a nice image and the path some of them has taken are remarkably noticeble and undauntable. I congratulate them and ask the young recritued ones to believe in themshelves and do something good like that... Well the choice is always theirs....

Lahurey are not stupid but did not get oppertunities in Nepal
Wednesday, May 28th 2008, 10:41 PM
It is an example of many good deed of Lahurey.

It is proved that .... "Lahurey are not stupid but did not get oppertunities in Nepal by Chettri and Bahun Regimes."

These lahurey are discriminated, suppressed and isolated by these Chuchey people and our lack of Unity and our Lack of Voice in Nepal.

banduk ko nali bata sahittya pani niskancha...
Wednesday, May 28th 2008, 1:08 PM
its drives me sick wen some people argues that lahure are merceneries.....traind to kill ....after money...after this and that...but there are many lahures who has contributed to our society....to literature...economic...so its not a asurprise to see some literature publised by llahures...im happy that if not me some other are doiing there best....and wish all the best to those who are doing these all .....congratulation.....

Congratulations
Tuesday, May 27th 2008, 4:01 PM
All kirats and non-kirat Nepalese should feel pride in Bantawa's acheiement.Well done.

KHUSI LAGEU
Tuesday, May 27th 2008, 3:37 AM
euta nepali kritiko esto samman vaekoma khusi lageu. lekhakko khusiyali eha pani badnu vaekoma Anitalai ni dhanyabaad.



Drop your comment

Sorry guest can't post comment.