Yalamber.com
welcome to my blog

Title: SAKELA UBHAULI SOUTH KOREA 25TH MAY 2008

किरांत राई यायोक्‍खा कोरियाको साकेला(चण्‍डी) नाच भब्याताका साथ सम्पन्न

उमेश वस्नेत , सिओल कोरिया ।

सोई सोइ ला हो सोई सोइ ला

सोई ढोले सोई अर्को ढोले खोई?



किरांत राईहरुको माहान् पर्व उभौलीलाई किरात राई यायोख्खा दक्षिण कोरियाले साकेला(चण्‍डी) नाच तथा बिभिन्न साँगितिक कार्यक्रम गरी भब्याताका साथ सम्पन्न भएको छ। २५ तारिख आईतबारका दिन सउलको मियादोङ स्थित सोङ्जोङ इलेमेन्‍टरी स्‍कुलमा उक्त कार्यक्रम गरिएको थियो ।


साकेला उधोउली उभोउली बर्षको २ पल्ट मनाईन्छ । उंभोउली बैसाकी पुर्निमाको १५ दिन सम्म मनाईन्छ ।भुमी को पूजागरी अन्न बाली धेरै फुलोस फलोस अनि घर परिवार पर्देस सबै लाई राम्रो होस् भनि कामना गरिन्छ भने उधोउली मंसिरी पुर्निमामाको १५ दिन सम्म मनाईन्छ । उधोउली चांही बर्ष दिन भरिको बाली नाली सफलता पूर्वक थन्काउंदै भुमी माता लाई धन्यवाद दिदै पूजा गरिन्छ । मानब सभ्यताको बिकाससंगै सिकारी युगदेखि अहिलेको आधुनिक युग बिचका घटना क्रम लगाएत बिभिन्न जँगाली जनाबार र कितफतेङ्रा हरुसबैको अभिनएगरी नांचिने नांचलाई साकेला नांच भनिन्छ ।

किरांत राई यायोक्‍खा दक्षिण कोरियाका अध्यक्ष श्रीचन्द्र सेन राईले दिनु भएको जानकारी अनुसार यस पटक कोरियामा साकेला(चण्‍डी) नाच कार्यक्रममा नेपाली दुताबासका राजदुत माहामहिम कमल प्रसाद कोइराला, कंसुलर यादव खनाल , श्री हाकिम भण्डारी ,सुरेश लिम्बु दक्षिण कोरियाको भ्रमणमा रहनुभएका एमालेका पूर्व महासचिव तथा विदेश विभाग प्रमुख माधव कुमार नेपाल कांग्रेसका प्रवक्ता तथा सह महामन्त्री अर्जुन नरसिंह केसी एमालेका अर्का नेता यादव शर्मा लगाएतका बिसिष्ठ ब्याक्तिव्व हरुको उपस्तिथी रहेको थियो । यसैगरी कोरियालाई कर्मभुमी बनाएर बसेका कार्यक्रम स्थलबाट धेरै टाढा रहेका किंराँतराईहरु लगायेत अन्य नेपालिहरु जम्मा भएका थिए । साकेला(चण्‍डी) नाच कोसाथै सोअबसरमा शम्भु राई र पारश राईले गितगाई अझ रमाईलो भएको थियो ।उक्त अबसरमा कोरिया रहेका सम्पूर्ण संघसंस्थाहरुका प्रतिनिधि हरुको उपस्थिती रहेको थियो । उपस्थित सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनीहरु र सम्पूर्ण संघसंस्थाका प्रतिनिध हरूलाईल ई धेरै धेरै धन्यवाद दिदै कार्यक्रम को समापन गरिएको थियो । ...
User's blog  date 0 icon 140
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.