Yalamber.com
welcome to my blog

Title: Sakela Maniya Hong Kong 2008 and Sakela Ubhauli 25th May 2008

हङ्गकङ्गमा साकेला नाँच सम्पन्न

गैर राईहरुले पनि साकेला नाँचे



हिजो मे २५ का दिन किरात र्राई यायोक्खा हङ्गकङ्गको आयोजनामा किरात र्राईहरुको महान चाड उभौलीको अवसरमा ताइमोसान स्थित ताइलाम कन्ट्रपार्कमा साकेला नाँच भब्यताकासाथ सम्पन्न भयो । उधौलीमा यही स्थानमा बिभिन्न टोलीहरुबिच प्रतियोगितात्मक साकेला नाँचको आयोजना गर्ने गरिएकोछ भने यस उभौलीमा साधारण औपचारिक कार्यक्रम पछि र्सबसाधारण सबैकोलागि नाँच्ने वातावरण तयार गरेर बिबिक्यु सहित कार्यक्रम आयोजना गर्ने गरिन्छ । बिगतको वर्षरुमा भन्दा अली भिन्न किसिमले यस पटकको साकेला नाँचको कार्यक्रमको आयोजना गरिएको थियो । दुइसाता अगाडिबाट साकेला नाँच्न जान्नेहरुको एउटा टोलीलाई १२ वटा निस्चित शिलीहरुमा बिषेश तालिम दिइएको थियो भने आइकेटि कलेजका छात्राहरुलाई मणि र्राई "नेर्पा"को नेतृत्वमा बिषेश प्रशिक्षण दिएर साकेला नाँचमा नयाँ बिरुवाहरुको बिजारोपन गर्ने काम भएको थियो । यसमा एउटा उलेख्य पक्ष के रहेकोछ भने यस बिद्यार्थीको समुहमा लिम्बु, गुरुङ्ग, क्षेत्री र नेवार जातीका नानीहरुको पनि सहभागीता थियो ।



सचीव शसि मदन राईले संचालन गर्नु भएको औपचारीक कार्यक्रम यायोक्खाका अध्यक्ष नराहाङ्ग र्राईले गर्नु भएको थियो भने स्वागत भाषण उपाध्यक्ष किसन र्राईले गर्नु भएको थियो । स्वागत भाषणको क्रममा कथित किरात धर्मको नाममा आएका सेतो बस्त्रधारीहरु सँग सजग हुनु पर्ने कुरा ब्याक्त गर्दै ओमनन्द वा आत्मानन्द भनेर आएका धर्मगुरुहरुले प्रचारमा ल्याएको धर्म वा समुह प्रति लक्षीत गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी बृद्धा महिला कृष्ण कुमारी र्राई हुनु हुन्थ्यो र नेपाली महासंघ हङ्गकङ्गका अध्यक्ष र नेपाली जनजाती महासंघ हङ्गकङ्गका अध्यक्ष भुपेन्द्र चेम्जोङ्ग रहनु भएको थियो । उहाँहरु दुबैजनालाई मन्तब्य राख्न दिइएको थियो । अन्य संघ सस्थाका प्रतिनिधीहरुको पनि उपस्थीती रहेको थियो ।

माथि उल्लेखित गरिएको दुइ समुहको प्रदर्शन नृत्य सकिएपछि सम्पुर्णको लागि नाँचको कार्यक्रम शुरु भएको थियो । बिहानको झरीले हतोत्साही बनाए पनि दिउसो अति राम्रो मौसम भएको कारणले साकेला नाँचको कार्यक्रम अति सुखद रहेको थियो । सदा भन्दा जनमानसको उपस्थिती पनि निकै राम्रो देखिन्थ्यो । छुट्टी नपाइने भएकोले एकजना गुरुङ्ग जातीले बिरामी बिदा लिएर कार्यक्रममा उपस्थित भएका थिए भने दुइजना लिम्बु साथिहरु यस पंतिकारलाई भन्दै हुनु हुन्थ्यो आज यहाँ र्राई हरु जति नै लिम्बुहरु पनि आएको छ । मैले पनि भने हाम्रो हङ्गकङ्गमा रहेका ज्वाइहरुमा असि प्रतिसत लिम्बुहरु हुनुहन्छ यसकारण पनि हुनसक्छ, फेरी च्याब्रुङ्ग र चण्डि पनि सायद पहिले उस्तै थियो होला ।

सदा झै बिबिक्युको कार्यक्रम पनि रहेको थियो भने संस्थाको वाषिर्क मुखपत्र यलम्बरको बितरण पनि स्वइच्छुक दानमा बितरण गरिएको थियो । सिस्टमेटि परिचालनको कारणले बिबिक्यु र यलम्वरको बितरणले संस्थालाई आर्थिकरुपमा पनि राम्रो लाभ भएको कुरा अनुमान गर्न सकिन्छ ।

कार्यक्रममा युनाइटेड क्रिष्चीयन एक्सनले निशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराएको थियो । किरात र्राई चाम्लीङ्ग खाम्बाति हङ्गकङ्गले र्राई भेष भुषामा सजिएका उत्कृष्ट एक महिला र एक पुरुषलाई र्सप्राइज पुरस्कार प्रदान गरेको थियो । उक्त पुरस्कार महिला तर्फझरना र्राई र पुरुष तर्फसन्जीप राई रहेका थिए ।



Vincent Rai
YL Hong Kong ...
User's blog  date 0 icon 135
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.