Yalamber.com
welcome to my blog

Title: "SAKELA UBHAULI 2008" EASTERN NEPAL

पूर्व घेर्‍यो साकेलाले

2008-05-24,Saturday

चेप्टे सुन कानमा कुमकुमको
भेट भयो आज थुमथुमको
सिन्कौली स्याउली भाँची जाऊँ
साकेला सिली नाची जाऊँ
सोई ढोले सोई, अर्को ढोले खोइ ।

ढोल-झयाम्टाको आवजसँगै यतिखेर यो गीत पूर्वी नेपालको किराँत राई जातिको बसोबास रहेको क्षेत्रमा घन्किरहेको छ । पूर्वी नेपालको किराँत राई जातिहरूको बसोबास क्षेत्र यतिबेला साकेलामय भएको छ । प्रकृतिपूजक राई जाति सबै कामलाई पन्छाएर सबै पीडालाई भुलेर प्रकृतिको पूजा गर्दै सुख, शान्ति र समृद्धि माग्दै गाउँ र सहरको चोक-चोकमा साकेला नाचिरहेका छन् । यतिबेला पूर्वी नेपालका राई बस्तीमा केटाकेटी, युवायुवती, बूढापाका सबै एकै ठाउँ भेला भएर एक-आपसमा खुसी बाँड्दै साकेला सिली नाचिरहेको भेटिन्छन् ।


साकेला सिली ठाउँ र थरअनुसार भिन्न-भिन्न तरिकाले नाच्ने गरिन्छ । कुनै सिली ढिलो तरिकाले नचिन्छ भने कुनै छिटोछिटो तरिकाले नाच्ने गरिन्छ ।
किराँती मुन्धुमअनुसार वर्षलाई दुई भागमा बाँडिन्छ । पहिलो उँभौली र दोस्रो उँधौली । बैसाखे पूणिर्मादेखि मंसिरे पूणिर्मासम्मको अवधि उँभौली र मंसिरे पूणिर्मादेखि बैसाखे पूणिर्मासम्मको अवधि उँधौली । मंसिरे पूणिर्मा र बैसाखे पूणिर्मामा मनाउने उँभौली र उँधौली किराँत राई जातिको प्रमुख चाड हो । यतिबेला मनाइरहेको साकेला उँभौली हो । यो बैसाखे पूणिर्माबाट सुरु भएर पन्ध्र दिनसम्म राईहरू यो चाड मनाउने गर्छन् । किराँत राईहरू यस चाडलाई सांस्कतिक, धार्मिक तथा सामाजिक रूपले सबैभन्दा ठूलो चाड, महत्त्वको चाड मान्छन् । यस चाडमा नाचिने साकेला सिली मानव-जीवनका विभिन्न पक्ष तथा प्रकृति र पशुपक्षीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरी विभिन्न प्रकारका हुन्छन् ।

कसरी नाचिन्छ साकेला सिली
साकेला नाच्नुअघि किराँत राईहरूका पुजारी नाक्छोङ वा होमेहरूले पहिले जाँड र अदुवाले चुलो पुजिसकेपछि बाहिर सार्वजानिक स्थानमा स्थापना गरिएको साकेलाथानमा पूजा गर्छन् । पूजा गरिसकेपछि नाक्छोङले नाच्न सुरु गर्छन् । त्यसपछि सबैजना गोलाकारभित्र नाच्न थाल्छन् । नाच्ने समूहमा एकजना सिली माङ्पा हुन्छ, जसको निर्देशनअनुसार गोलो भएर ढोल-झयाम्टा बजाउँदै हातमा चौंरीको पुच्छर र स्याउली हल्लाउँदै नाच्ने गर्छन् । गोलाकार बनाएर साकेलाथानको वरिपरि नाच्ने गरिन्छ । सिली वा नाच्ने तरिका विभिन्न ठाउँअनुसारको फरक-फरक खालको हुन्छ । साकेला सिली ठाउँ र थरअनुसार भिन्न-भिन्न तरिकाले नाच्ने गरिन्छ । कुनै सिली ढिलो तरिकाले नचिन्छ भने कुनै छिटोछिटो तरिकाले नाच्ने गरिन्छ । सबै सिलीमा नाच्ने फरक-फरक विधि र नियम हुन्छन् ।

युवापुस्ताको बढ्दो आकर्षण
प्रविधिको तीव्र विकासँगै युवापुस्ताले पुराना संस्कार र संस्कृति भुल्दै गए पनि साकेला नाचप्रति युवापुस्ताको बढ्दो आकर्षण रहेको छ । साकेला नाचिने स्थानमा युवापुस्ताको बढी सहभागिता देखिन्छ । जातीय संघ-संस्थाले आयोजना गर्ने साकेला सिली प्रशिक्षण तथा प्रतियोगितामा युवापुस्ताको बढी सहभागिता हुने गरेको किराँत राई यायोक्खाका केन्द्रीय सदस्य तिलक राई बताउँछन् । मनोरञ्जनका दृष्टिले पनि साकेला नाच रमाइलो हुने साथै सबै एकै ठाउँ भेला भएर नाचिने हँुदा एक-आपसमा चिनजान भई आपसी सद्भावसमेत बढ्ने हुँदा युवापुस्ताको बढ्दो आकर्षण रहेको भाषाविद् इच्छापूर्ण राई बताउँछन् । राई जातिको युवापुस्ता मात्र नभएर अन्य जातिका युवापुस्ताबीच पनि यो लोकपि्रय बन्दै गएको उनी बताउँछन्, 'राई मात्र नभएर अन्य जातिका युवापुस्ताको पनि साकेला नाचप्रति आकर्षण बढेको छ ।

राजेश राई ...
User's blog  date 0 icon 161
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.