Yalamber.com
welcome to my blog

Title: एक मधेसविरुद्ध संविधान जलाइयो

एक मधेसविरुद्ध संविधान जलाइयो

कास

काठमाडौं, असार २३ - एक मधेस प्रदेशको विरोधमा आन्दोलनरत थारू कल्याणकारिणी सभालगायत २२ आदिवासी संघसंस्थाले सोमबार संविधान जलाएका छन् ।
संविधानको धारा ६३ धारामार्फ तर्राईका थारू र आदिवासीलाई मधेसीमा परिणत गर्न खोजिएको भन्दै उनीहरूले विरोधमा संविधान जलाएका हुन् ।

राजधानीको नया“ बानेश्वरमा संविधान जलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । आन्दोलनकारीले जबर्जस्ती गरेपछि प्रहरीले सामान्य लाठीजार्ज गरेको थियो ।

सभाका अनुसार प्रहरीको लाठी प्रहारबाट अशोक चौधरी, शुत्रधन चौधरी, रामस्वागत चौधरी, दीपक राजवंशी लगायतका घाइते भएका छन् । मधेसी दलहरूले एक मधेस प्रदेश हुने व्यवस्थासहित संविधान संशोधन गर्नुपर्ने अडान राख्दै संविधानसभा अवरुद्घ गरेपछि थारू समुदाय विरोधमा सडकमा उत्रिएका हुन् । उनीहरूले एक साताअघिदेखि राजधानीलगायत तर्राईका जिल्लामा पर््रदर्शन गरिरहेका छन् । राजधानीमा संविधान जलाउनुअघि पर््रदर् नकारीला सम्बोधन गर्दै सभाका महामन्त्री राजकुमार लेखीले आदिवासीको हक स्थापित गरेरै छाड्ने अडान व्यक्त गरे । थारू विद्यार्थी समाजका महासचिव मीनराज चौधरीले

अहिले वार्ताको नाटक रचेर मधेसी नेताले थारू लगायतका आदिवासीलाई झुक्याउन खोजेको बताए । आन्दोलनकारीले सोमबार थप संर्घष्ाका कार्यक्रमा घोषणा गरेका छन् ।

सभाका अनुसार मंगलबार मुलुकभर आदिवासी जागरण अभियान चलाउने, बुधबार तर्राईका सम्पर्ूण्ा जिल्ला सदरमुकाम तथा सहर बजारमा सा“झ मसाल जुलुस पर््रदर्शन र तर्राईका सबै जिल्ला बन्द गर्ने कार्यक्रम छ ।

2008-07-07 ...
User's blog  date 0 icon 124
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.