Yalamber.com
welcome to my blog

Title: Bangdel,LainSing-RAI

वाङदेलको सम्झनामा



कान्तिपुर संवाददाता


काठमाडौं, ';तीन दशकपछि फेरि चित्र कोर्न थालें,'; ४४ वर्षअघि लैनसिंह वाङदेलसँग चित्र सिकेका कान्ती न्यौपानेे बिहीबार बबरमहल स्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा भेटिए- ';गुरुका नाममा केही गरौं कि भन्ने मनसायले ।'; उनीसँगै १६ चित्रकार यतिबेला कलाकुञ्ज नामक प्रदर्शनीमा छन् जसको ध्येय आधुनिक चित्रकला भित्र्याउने लैनसिंह वाङदेलका नाममा कोष खडा गर्नेदेखि नयाँ पुस्तालाई प्रोत्साहन गर्नेसम्म छन् ।
';लौ, मैले दुई लाख रुपैयाँ हालें,'; कलाकर्मीहरूको भीडमाझ आयोजित अनौपचारिक जमघटमा अर्का चित्रकार कर्ण मास्के जुरुक्क उभिंदै बोले- ';रकम तत्काल कोषमा हालिदिन्छु । त्यसैले साक्षीका रूपमा श्रीमती र छोरी पनि लिएर आ';को ।'; लामो समय प|mान्समा कला अध्ययन गरेपछि २०१८ मा मुलुक फिरेर आधुनिक चित्रकलामा योगदान पुर्‍याएका वाङदेलका नाममा अहिलेसम्म केही हुन नसकेकोप्रति उनी केही गुनासिए ।

';वाङदेलका नाममा पुरस्कार स्थापना होस् भन्ने मेरो चाहना छ,'; उनले थपे- ';जसबाट पुरानो स्रष्टाको सम्मान र नयाँको प्रोत्साहन मिल्ने छ ।'; प|mान्स रहँदा विश्वविख्यात चित्रकार पाब्लो पिकासो, मातिस, ब्राकलगायतसँग संगतसमेत गर्न भ्याएका वाङदेलले २०१८ मा पहिलोपटक अमूर्त, अर्ध अमूर्त शैलीमा रचना गरिएका आधुनिक चित्रहरूको प्रर्दशन गरी पश्चिमी शैली भित्र्याएका थिए ।

मुलुक फिरेपछि विभिन्न कालखण्डमा उनको स्कुलिङबाट हुर्केका कलाकर्मीहरूले उनकै शैली र स्वभाव पछ्याउँदै ';कलाकुञ्ज'; नामक प्रदर्शनी आयोजना गरेका हुन् । ';तीन दिनमा साढे सात लाख रुपैयाँको चित्र बिक्री भयोे,'; वाङदेलका चेला शान्तकुमार राईले बताए- ';प्रत्येक चित्र बिक्रीको ३० प्रतिशत रकम कोेषलाई सहयोग जान्छ ।'; तीन दिनअघि नेपाल आधुनिक कला समाजले शुरु गरेको प्रदर्शनीमा कर्ण मास्के, चिनीकाजी ताम्राकार, शंकरनाथ रिमाल, हिरालाल डंगोल, हेम पौडेल, गोविन्द डंगोल, श्यामलाल श्रेष्ठ, रमा मास्के, कान्ती, शंकरराजसिंह सुवाल, हरि खडा, नरेश संैजु, जीवन राजोपाध्येय, टार्जन साम्पाङ, रत्नकाजी शाक्य, शान्तकुमार राईका चित्र छन् ।

तीमध्ये सिन्धुपाल्चोक सुकुटीको दृश्यचित्र समेटिएको शंंकरराज सिंह सुवालको एक चित्र एक लाख २५ हजारमा बिक्री भएको छ । यो बिक्री भएको मध्येको महँगो मूल्य हो । प्रदर्शनी सोमबारसम्म चल्ने छ । ...
User's blog  date 0 icon 61
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.