Yalamber.com
welcome to my blog

Title: अनुमतिबिना कोसी क्षेत्रमा भारतीय सेना

अनुमतिबिना कोसी क्षेत्रमा भारतीय सेना:-

वेदराज पौडेल, खिम घले/काठमाडौं

विराटनगर, भदौ ३१ - कोसी बाढीले भत्काएका क्षेत्रको निरीक्षण गर्ने नाममा भारतीय सेनाको एक टोली अनुमतिबिना नेपाल प्रवेश गरेको छ । सैनिक पोसाकमा खटिएको टोलीले सोमबारदेखि कोसीको भत्केको क्षेत्र र्सवेक्षण सुरु गरेको छ ।
अनधिकृत ढंगले भारतीय सैनिक भित्रिएकोबारे केन्द्र र स्थानीय प्रशासन दुवैलाई जानकारी थिएन । ';हामीले स्थानीय तहलाई बुझेर खबर गर्न भनेका छौं,'; रक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने- ';उनीहरूलाई नेपाल आउन स्वीकृति दिइएको छैन ।';

स्रोतअनुसार भारतीय सेना प्रवेश गरेको खबर पाएपछि मंगलबार नेपाली सेनाको मुख्यालयमा ';कुनै समन्वय भएको छ कि'; भनी रक्षाले सोधेको थियो । तर सेनाले पनि आफूस“ग समन्वय नगरेको बताएपछि रक्षाले थप बुझेर खबर गर्न आदेश दिएको हो । भारतीय सेनाका कर्ण्र्ाा जेएन अबाबरयूको नेतृत्वमा २० जनाको टोली जोगवनी नाका ह“ुदै सुनसरीको बाढी क्षेत्रमा आइपुगेको थियो । उनीहरू दुइटा जिप र एउटा ट्रकमा आएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरिरहेका बेला भारतीय सेना बिनाअनुमति नेपाली भूभागमा प्रवेश गरेको हो ।

भारतीय दूतावासका प्रवक्ता गोपाल बागलेले भारतीय सेनाको प्राविधिक टोली कोसी बा“धसम्बन्धी दर्ुइ देशका प्राविधिक टोलीको सहमतिमा स्थानीय प्रशासनस“ग समन्वय गरेर आएको दाबी गरे । ';उनीहरू भत्केको बा“ध क्षेत्रको मर्मतका लागि सहयोग गर्न आएका हुन्,'; उनले कान्तिपुरस“ग भने ।

तर सुनसरीका प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीले आफूलाई भारतीय सेनाको टोली आउनेबारे पर्ूवजानकारी नभएको बताए । ';उनीहरू आएपछि मैले गृह मन्त्रालयमा जानकारी गराए“,'; उनले भने- ';उनीहरू हतियारमा थिएनन्, सैनिक पोसाकमा थिए ।';

पर्ूवक्ष्ँेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्रप्रताप शाहले भारतीय सैनिक टोली फौजी पोसाकमै प्रवेश गरेको थाहा पाएपछि मंगलबार भने रोकेको जानकारी दिए । ';हतियार र पोसाक लगाएर बिनाअनुमति प्रवेश गर्न मिल्दैन,'; उनले बताए । कोसी सम्झौतामा ब्यारेजलगायतको तटबन्ध सुरक्षाको सम्पर्ूण्ा जिम्मा नेपाल सरकारको हुने उल्लेख छ । सरकारले प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी चौकी स्थापना गरी ब्यारेजको सुरक्षा गर्दै आएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयका इन्जिनियर रामेश्वर खड्काले भारतीय सेना प्रवेशको प्रक्रियाबारे आफूलाई थाहा नभएको बताए । सैन्य टोली झुम्कास्थित कृषि अनुसन्धान केन्द्रमा क्याम्प बनाई बसेको उनले बताए ।

';बिहानै क्याम्पबाट सप्तकोसीले कटान गरेको क्षेत्रमा गई र्सवे गरी सा“झ र्फकने गरेको छ,'; उनले भने । कटानलाई नियन्त्रण गरी कोसीलाई पश्चिमतिर पुरानै ठाउ“मा फर्काउने अध्ययन भइरहेको भारतीय टोलीले बताउने गरेको छ ।

भारतीय सैनिकहरू पोसाकमै रहेको, सैनिक सवारी तथा पानीमा चल्ने सैनिक बोट लिएर आएको भए पनि हतियारचाहि“ नदेखिएको खड्काले बताए ।

भारत सरकारले कोसी तटबन्ध मर्मतको जिम्मेवारी सेनालाई दिन सक्ने हु“दा र्सर्वेक्षणका लागि सो टोली आएको र त्यसले आफ्नो सैनिक मुख्यालय र केन्द्रीय सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ । ...
User's blog  date 1 icon 72
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

Why Nepal must need to be strong?
Wednesday, September 17th 2008, 6:34 PM
Why Nepal must need to be strong?

Nepali proverb say "; Dai Bhai Phutey, Gavar Lutey";..

Nepali government and Political party must boost Nepali Army Force and Police. Nepali Army and Police must have good salary, adequate equipments, gears &; tools and they must have well training &; moral respect.

Army and police are the first and last defense, security and pride of country.

But in Nepal Army and police gets the lowest priority.



Drop your comment

Sorry guest can't post comment.