Discuss home

किमाथांका जोडेर पूर्वाञ्चललाई चार मुलुकको केन्द्र बनाउन सुझाव blog feeds

किमाथांका जोडेर पूर्वाञ्चललाई चार मुलुकको केन्द्र बनाउन सुझाव

by subir on Sunday, June 20th 2010, 3:34 PM

किमाथांका जोडेर पूर्वाञ्चललाई चार मुलुकको केन्द्र बनाउन सुझाव:-

- article from ekantipur.com

विराटनगर, अषाढ ६ - सरकारले आगामी बजेटमा रकम व्यवस्था गरी जोगबनी र किमाथांका जोडेर विराटनगरलाई चार मुलुकको व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न औद्योगिक र व्यापारिक गतिविधिलाई बढावा दिनुपर्ने उद्योगी-व्यवसायी र अर्थशास्त्रीले सुझाएका छन् ।

भारतको जोगवनी र चीनको किमाथांका मार्ग जोडिँदा विराटनगर भारत, चीन, भुटान र बंगलादेशको व्यापारिक केन्द्रका रूपमा स्थापित हुन्छ । त्यसपछि यहाँको औद्योगिक र व्यापारिक गतिविधिले छलाङ मारी मुलुकको आर्थिक विकास हुने उनीहरूको ठहर छ ।

लोडसेडिङ, बढी पारवहन लागत, चन्दा आतंक, असुरक्षा र दीर्घकालीन औद्योगिक नीति अभावका कारण विराटनगरको औद्योगिक क्षेत्र शिथिल हुँदा मुलुककै आर्थिक गतिविधि जीर्ण बन्दै गएको छ । अर्थशासस्त्री डा. पीके झाले भने दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने यो राजमार्ग निर्माण भए मुलुककै आर्थिक विकासमा कोसेढुंगा सावित

हुन्छ । यहाँका उद्योगी-व्यवसायी र अर्थशास् ्रीहरूल विगत डेढ दशकदेखि यो सडकलाई भारत-चीनको 'टान्जिट प्वाइन्ट'का रूपमा अघि बढाउनुपर्ने बताउँदै आएका छन् ।

४ सय १९ किलोमटिर लम्बाइको जोगवनी-किमाथांका सडक पूरा हुन ९३ किमिमात्र बाँकी छ । हाल संखुवासभाको नुमसम्म धूलेसडक जोडिएको छ । साँवापोखरीदेखि खाँदबारीसम्म १८ किलोमिटर र खाँदबारीदेखि नुमसम्म ३८ किलोमिटर सडक बनेपछि किमाथांका जोड्न ६० किमिमात्र बाँकी रहन्छ । भारतले केही वर्षअघि चीनसँग व्यापार बढाउन नाथुला नाका खोलेको भए पनि हिउँका कारण उक्त नाका वर्षमा ४ महिनामात्र खुल्ने गर्छ । जोगवनी-किमाथाङका सडक जोडिए १२ महिना सञ्चालन रहन्छ । पूर्वाञ्चल उद्योग वाणिज्य संघका कावा अध्यक्ष किशोर प्रधानले भने यो मार्गमा औद्योगिक र व्यापारिक विकासको प्रचुर सम्भावना भए पनि सरकारी बेवास्ताले मुलुकले फाइदा लिन सकेको छैन ।

देशका कलकारखानाहरू धराशायी भइरहेका बेला जोगवनी-किमाथांका सडकलाई सरकारले चासो दिएर कार्यान्वयनमा ल्याए नयाँ आर्थिक क्षेत्रको विकास हुने मोरङ व्यापार संघका अध्यक्ष महेश जाजुको टिप्पणी छ । यो सडक बने भारत र चीनमात्र नभई बंगलादेश र भुटानलाई पनि जोडेर आर्थिक लाभ लिन सकिने उनको ठहर छ । गएको बजेटमा सडक सञ्जाल विकासका लागि ९ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर उक्त बजेटमा जोगवनी-किमाथांका मार्ग नपर्नु मुलुकको आर्थिक र औद्योगिक विकासमा ढोका लाग्नुझैं भएको उनले बताए ।

२०५० सालबाट यो सडक निर्माणका लागि विभिन्न पक्षहरूले सरकारलाई दबाब दिँदै आएका छन् । २०६० सालमा नेपाल र चीनबीच किमाथांका नाका खोल्ने सहमति भएको थियो । भारत र चीन जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हो ।

आगामी बजेटमा यो सडकलाई प्राथमिकतामा राखेर निर्माण गरिए व्यापार मात्र होइन पर्यटन विकासका लागि पनि कोसेढुंगा सावित हुने अर्थशास्त्री भेषप्रसाद धमलाको भनाइ छ । उक्त मार्ग सञ्चालनमा ल्याउन सके यहाँबाट खाद्य, हस्तकलाका साथै जडिबुटी गरेर २ सय ७८ प्रकारका सामान निकासी गर्न सक्ने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालयको तथ्यांकले देखाएको छ ।

यहाँको औद्योगिक र व्यापारलाई बढावा दिँदै मुलुकको आर्थिक स्थितिलाई मजबुत बनाउने हो भने जोगवनी-किमाथांका मार्गलाई प्राथमिकता दिएर विशेष आर्थिक क्षेत्र स्थापना गरी कृषिजन्य उद्योग स्थापनामा जोड दिनुपर्छ । अर्थशास्त्री धमला भन्छन्, 'यहाँ विशेष आर्थिक क्षेत्र स्थापना गरी कृषिजन्य उद्योग र स्थानीय उपभोक्तामुखी उद्योग स्थापना गर्ने वातावरण तयार भए कृषिजन्य उद्योग स्थापनाका लागि उद्योगीबीच होडबाजी चल्नेछ ।'

यहाँ विशेष आर्थिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न चार वर्षपहिला पीताम्बर रावलको नेतृत्वमा आएको टोलीले अमडुवा र्फमलाई विशेष आर्थिक क्षेत्रका रूप्ामा विकास गर्न सकिने सिफारिस वाणिज्य मन्त्रालयलाई दिएको थियो । सुगर मिल क्षेत्रको करिब ५ सय १२ बिघामध्ये एउटै पलटमा रहेको एक सय ८० बिघा क्षेत्रमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न सकिने टोलीले सुझाव दिए पनि सम्बन्धित निकायले वास्ता नगर्दा योजना अघि बढ्न सकेको छैन ।

यहाँका उद्योगको ६० प्रतिशतभन्दा बढी बजार कोसी पश्चिम हो । यसलाई आन्तरिक व्यापारिक केन्द्रको रूपमा विकास गर्न निजगढ क्षेत्रमा करिडोर स्थापना गरी पारवहन लागत घटाउन सकिने भन्सार निर्देशक श्याम दाहालको भनाइ छ । यस मार्गबाट भारत र तेस्रो मुलुकबाट सामान विराटनगर पैठारी भएर काठमाडौं पुर्‍याउँदा पारवहन लागत घट्छ ।

तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल पैठारी हुने अधिकांश वस्तु कोलकाता बन्दरगाहबाट आउँछन् । त्यहाँबाट वीरगन्जको दूरी ९ सय ५० किलोमिटर र विराटनगरको दूरी ६ सय २४ किलोमिटर पर्छ । दाहालले कोलकाताबाट विराटनगर वस्तु ल्याएर निजगढ करिडोरसम्म पुर्‍याउन सजिलो हुने बताए ।

यस क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न जोगवनी-किमाथांका मार्ग खुला गरी जोगवनी- रोहनपुर मार्गका लागि भारतसँग पहल गर्नुपर्ने मोरङ व्यापार संघका अध्यक्ष महेश जाजुको माग छ । जोगवनीबाट रोहनपुर सम्मको दूरी २ सय ३० किलोमिटर छ । रोहनपुरबाट बंगलादेशको मंगलापोटसम्मको दूरी ६ सय ६० किलोमिटर पर्छ ।
subir
Posts: 58
Joined: Dec 31 1969
Post reply