सीटीईभीटीले भर्ना फाराम भोलिदेखि बाँड्ने
by Mumta on Thursday, July 29th 2010, 3:34 PM
सीटीईभीटीले भर्ना फाराम भोलिदेखि बाँड्ने:-
- मकर श्रेष्ठ , ekantipur.com
भक्तपुर, श्रावण १२ - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले विभिन्न कार्यक्रमको भर्ना खुलाएको छ । शिक्षा मन्त्री सर्वेन्द्रनाथ शुक्लले परिषद्का सदस्य सचिव जयबहादुर टण्डन र उपाध्यक्ष देवी घिमिरेलाई पूर्वाधार पुगेको संस्थाको भर्ना खोल्न बुधबार निर्देशन दिएका थिए ।
मन्त्रीको निर्देशन अनुसार बिहिबारदेखि प्राविधिक एसएलसी र एनेक्सको भर्ना फारम वितरण हुने भएको छ । परिषद्का परीक्षा निर्देशक रमेश बखतीले बिहीबारदेखि टिएसएलसी र एनेक्स कार्यक्रमको भर्ना खुल्ला हुने जानकारी दिए । नर्सिङ र समान्य चिकित्सा बिषय ५० शैयाको अस्पताल नभएको संस्थाको भर्ना अर्को निर्णय नभएसम्म नगर्ने गरी अस्पताल भएकोको पनि फारम वितरण गर्न लागेको जानकारी दिए ।
उनका अनुसार प्राविधिक एसएलसी (टिएसएलसी) तर्फ दुई सय ७२ संस्था र सामुदायिक विद्यालयमा सञ्चालित एनेक्स कार्यक्रम सञ्चालन गरेको ३० शिक्षालयमा बिहीबारदेखि फाराम वितरण सुरु भएको छ ।
'डिप्लोमाको पनि शुक्रबारसम्म सूचना जारी हुन सक्छ,' बखतीले भने-'कुन संस्थाको अस्पताल छ कुनको छैन हेर्ने काम भइरहेकोले ढिलाई भएको हो ।' परिषद्को २०६४को बैठकले २०६६ असार मसान्तसम्म नर्सिङ र समान्य चिकित्सा अध्यापन गराउने संस्थाको अस्पताल हुनु पर्ने भनिएपनि परिषद्ले आफनो निर्णयलाई कार्यन्वयन गराउन सकेको थिएन । उसले २०६६ मा सम्बन्धन दिएको अधिकांश कलेजको पनि बिना अस्पताल छैन । परिषद्का पदाधिकारीहरु आर्थिक लोभमा स्वीकृत दिएका हुन् ।
www.ekantipur.com