
daya |
Mar. 24th 01:58 PM 39 4
लालीगुरा“सको जुस उत्पादन सुरु in west Nepal:-
नाङी -म्याग्दी, चैत १० - संसारकै सबैभन्दा ठूलो ला“ली गुरा“सको जंगल मानिने अन्नपर्ूण्ा संरक्षण क्षेत्रभित्र पर्ने घोरेपानी र वरपर बस्तीका महिलाले लालीगुरा“सको जुस उत्पादन गर्न थालेका छन् ।
सदरमुकामदेखि पूर्वोत्तर २० किलोमिटरमाथि डा“डामा अवस्थित राम्चे नाङीका महिलाले लालीगुरा“सको जुस उत्पादन सुरु गरेका हुन् ।
जुस उत्पादन गर्न हिमाञ्चल उच्चमाध्यामिक विद्यालय र हिमालय संरक्षण संस्था नेपाल -आईएचसी) ले त्यस क्षेत्रका महिलालाई प्राविधिक सहयोग गरेको छ ।
व्यवसाय गर्र्छौं भन्ने महिलालाई हामीले निःशुल्क रूपमा रासायनिक पदार्थ, तालिम र ऋण सहयोग गर्र्छौं, संस्थाका सामुदायिक कार्यकर्ता चित्रबहादुर तिलिजा पुनले भने । जुस उत्पादन गर्न राम्चे, नाङी, सालिजा र ओख्रेनी गाउ“का १७ जना महिला सक्रिय छन् ।
जण्डिसका बिरामी, ग्यास्टिक, घाउ खटिरा भएका, रगत कम भएका र माछाको का“डा घा“टीमा अडकएका बिरामीलाई लालीगुरा“सको रसले फाइदा गर्ने विश्वास छ । यहा“ उत्पादित र्सवत, जुस र जाम नजिकका पर्यटकीय बजार घोरेपानी, तातोपानी, घान्द्रुक, बेनीमा र पोखरासम्म पुर्याएर बिक्री गरिन्छ ।
जिल्ला लघु उद्यम विकास समितिले पनि गुरा“सको जुस तथा र्सवतको बजार खोजी गरिदिने गरेको छ । एक किलो गुरा“सको फूलबाट एक लिटर जुस निक्लने गर्छ ।
http://www.kantipuronline .com/kolnepalinews.php?&n id=141707
|