
Vincent |
May. 8th 10:03 AM 50 0
किरात राय यायोक्खा,हंगकंग ले यही आउदो १८ मे २००८ सन्डे दिउसो १ बजे देखि ५ बजे सम्म किरात राई कलाकार हरु र गैर-किरात कलाकार हरुलाई कौलुन पार्क को इनडोर गेम हल भित्र सिली नाच सम्बन्धी ट्रेनिंग दी रहेको छ.
बिसेस गरेर २५ मे २००८ मा ताइमोसन मा हुने भब्य साकेला उभौली प्रोग्राम मा कति वटा सिली हरुमा नाच्ने,कुन कुन सिली हरुमा नाच्ने बारेमा अग्रिम जानकारी पाउन को लागी यो प्रोग्राम राखिएको हो र साथै चाईवान कलेज का बिधार्थी हरुलाई ताइमोसन मा सिली नचाउन वा सिली नाच्दा कुनै प्रकार को कन्फ्यूजन नहोस भनेर यो प्रोग्राम किरात राई यायोक्खा, हंगकंग ले राखेको हो.
अन्त्य मा हेप्पी साकेला उभौली २००८ र यस शुभ अबसर मा उनै हाम्रा आराध्य सुम्निमा-पारुहांग ले हामी सबै को कल्याण गरून.
किरात राई यायोक्खा
हंगकंग
|