साकेवा शिली नाचौ है, पुर्खाको रिती राखौं है ए होइ नि दाजै पुर्खाको रिती राखौं है,
प्रदीप मेन्याङ्बो
काठमाडौ, जेष्ठ २९ - प्रकृति पुजक किरात राई समुदायका युवायुवतीहरु यस्तै मन छुने परम्परागत सांस्कृतिक गीत गाउदै शनिबार धरानको साकेला पार्कमा साकेला शिलीको भाकामा ज्यान मर्काउदै नाचे । पुर्खाको रितलाई नया पुस्ताले पनि संझदै उनीहरु नाचेका थिए ।
युवायुवतीहरु शनिबारको उखर्मौलो गर्मीलाई पनि चुनौती दिदै साकेला पार्कमा ढोल भ्याम्टा बजाउदै उपि|mएका थिए । संस्कृति र संस्कार झल्काउने परम्परागत पहिरन गुन्यु चोली, गलामा नौगेडी, कम्पनीको हारी, पोते, कपालमा सिरफुल, चन्द्रमा, कानमा मुन्दि्र लगाएर नाचे भने युवाहरुले ढाकाटोपी दौरा सुरुवाल, जुवारीकोटमा कम्मरमा खुकुरी चिटिक्क भिरेर ढोल झ्याम्टाका साथ चम्मर हम्काउदै छमछमी नाचे ।
किरात राई यायोक्खा जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न प्रतियोगितात्मक साकेला शिलीमा सांस्कृतिक पहिचान झल्काउने प्रयासमा लगातार उनीहरु चार घण्टा गीत गाउदै नाचे । साकेला पार्कमा भेला भएका सयौं युवायुवतीहरु आपसमा माया साट्दै सोइढोले सोई अर्को ढोले खोइ भन्दै युवाय युवती मात्र नाचेनन् प्रौढ महिला पुरुषहरु पनि हत्केलाले पसिना पुछ्दै नाचे । साकेला उभौली पर्वको अन्तिम दिन भएकोले सुनसरीका अधिकांस राई युवायुवतीको उलेख्य जमघट भएको थियो ।
सांस्कृतिक पहिचानका लागि यायोख्खाले सामुहिक रुपमा साकेला चाड मनाउदै आएको आयोजक सुनसरीका अध्यक्ष सदर राईले बताए । प्राचिन कालमा आफ्ना पुर्खाले बालि नाली लागाउने बेलामा प्रकृतिको पुजा आराधना गर्दै मनाउन थाले देखि साकेला चाडलाई निरन्तरता दिएको उनले बताए ।
हिप हप, र्याप र पछिल्लो समयमा चलनमा आएको वि बोइङ डान्समा रमाउने किशोर किशोरीहरु समेत साकेलामा रमाउदै नाचे । संघीयताको यो बेलामा युवा युवतीहरुलाई संस्कृति र परम्परा हस्तान्तरण गर्ने सुनौलो अवसर साकेला पर्व भएको किरात राई यायोख्खाले जनाएको छ ।
उनले आदिवासी जनजातिमा सांस्कृतिक जागरण भइरहेकोले आफ्नो मौलिक संस्कृति प्रति मोहित भएर सहभागीता जनाउन थालेकोमा खुशी हुदै भने, 'गाउका हुन् वा आधुनिक शहरी युवा युवतीहरु मौलिक संस्कृति प्रति आकषिर्त भइरहेका छन् । भोलिको भविष्य पनि उनीहरुले नै हाक्ने हुनाले अघिल्ला पुस्ताबाट सिक्नै पर्छ । र सिकाउनै पर्छ पनि ।' उभौली साकेला जेठ १३ गते देखि सुरु भएको हो ।
1 responses to ( sakela%20dance.jpg )
साकेला शिलीको भाका:-

ekantipur.com