Bona Rai - Model.jpg

Posted on Jul. 23rd


1 responses to ( Bona Rai - Model.jpg )

  1. Mumta Says:

    फेसनको शहरमा नेपाली मोडल
    निर्मल श्रेष्ठ
    हङकङ, श्रावण ७ - एसियाकै पहिलो फेसनेबल सहर हङकङमा विश्वप्रसिद्ध सयौं ब्राण्डका प्रवर्द्धनमा खपत हुने दर्जनौं व्यवसायिक मोडलहरुका लाममा थपिएकी एक्ली नेपाली सुन्दरी हुन- बोना र्राई ।

    प्रतिष्ठित फाल्कोनर जोएलरीका लागि मोडलिङ गरेर उनले नेपाली सुन्दरीह ुकातर्फ ट हङकङमा व्यवसायिक मोडलिङतर्फो बाटो खोलेकी छन् ।

    विज्ञापनका लागि फाल्कोनर ब्राण्डका मंहगा हिरा र मोतीहरु पहिरेर तस्बिर खिचेबापत उनले प्रतिघण्टा पन्ध्र सय हङकङ डलर हात पारिन् । 'फेसन-सो का लागि समेत अफरहरु आइरहेका छन्,' उनी भन्छिन्, 'अन्यतिर समेत कार्यरत रहेकाले समय दिन सकेकी छैन् ।'

    उसो त बोना सन् १९९८ मा पहिलोपटक आयोजित मिस हङकङ नेपालकी प्रतियोगी समेत हुन् । जसमा उनले 'मिस क्युट' र 'मिस पोलाइट' को उपाधि हात पारेकी थिइन् । धनकुटा राजारानीकी बोना करिब तेह्र बर्षघि हङकङ भित्रेकी हुन । 'इन्डिपेन्डेन्ट लाइफ' मनपर्ने बताउने उनी सेक्सलाई शरीरिक आवश्यकता बताउँछिन् । 'मनमिल्ने साथीसँग शारीरिक सम्बन्ध राख्न नजिककै नाता हुनपर्छ भन्ने के छ र' उनको भनाइ छ ।

    शब्दः निर्मल श्रेष्ठ/हङकङ

    तस्बिरः विनय शाह/अनुप पुन-नेप्सटाइम.कम

    पहिरनः स्पाइस बस्त्र-जोर्डन

    श्रृंगारः रिझा थापा-नेपलिज् हेयर एण्ड ब्यूटी सेन्टर, युङ लङ


    थप तस्विरहरुको लागि यहाँ क्लक गर्नुहोला ।

Comment
Please Login to comment.
Uploaded by Anita
Description: Bona Rai - Model
In Category: Celebrities
More by same user
More in same category