आदिवासी किरातहरुको तिर्थस्थल सानो हात्तीवन किरात माङ्हिमको उद्घाटन

Posted on Apr. 16th

नेवाः काठमाडौ चैत्र ३१ २०६६/
परापूर्वकालदेखि काठमाडौं उपत्याकामा रहेको सबैभन्दा पुरानो तिर्थस्थल धापाखेल ललितपुरस्थित् किरात धार्मिक वनभित्र रहेको सानो हात्तीवन किरात माङ्हिम-मन्दिरको निर्माण कार्य पूरा भई २०६६ चैत्र ३० मा निर्माण कर्ता आङ्बुहाङ परिवारबाट सम्पूर्ण किरात धर्मावलम बीहरुला समर्पण गर्दै सम्पूर्ण जातजाति र धर्मावलम्बीहरुका लागि समेत खुला गरी उद्घाटन गरिएको छ ।
आजसम्म किरात हौं भन्न र भनाउनमा गर्वगर्ने किरात याक्थुङ् (लिम्बू), किराई राई, किरात याक्खा र किरात सुनुवार जातिहरुको आ-आफ्नो छुट्टाछुट्टै देवासन रहेको एकमात्र तिर्थस्थल सानो हात्तीवन किरात माङ्हिम-मन्दिरमा माङ्हिम व्यवस्थापन समितिले तोकिदिएको नियमको परिधिभित्र रही माङ्हिम देवासनभित्र पूजाआजा गर्न सबै जातजाति, धर्म, सम्प्रदाय, लिङ्ग र सङ्घसंस्थालाई समेत खुला गरिएको हो ।
उक्त माङहिम्भित्र मौलिक किरात मुन्धुम अनुसार लिम्बूहरुको संस्कृतिअनुसारको विधिले पूजाआजा गरिने साविक फाङ्दाक्फा(नौतले) देवासनलगायत किरात राई यायोक्खाको चुला र किरात याक्खा छुम्मा तथा किरात सुनुवार सेवा समाजले समेत आ-आफ्नै परम्पराअनुसारको देवासन बनाई पूजाआजा गर्ने व्यवस्था गरिएको छ ।
यस सानो हात्तीवन किरात माङ्हिम परिसरमा श्रीमति रणहाङ्मा आङ्बुहाङ् लिम्बू र वहाँको परिवारद्वारा वहाँकै श्रीमान् हवल्दार श्री गंगाप्रसाद आङ्बुहाङ लिम्बूको स्मृतिमा निर्मित यस मूल माङहिमको उत्तरपट्टि पिचरोड नजिक २४,००० लिटर क्षमताको खानेपानी स्थलभण्डार, हरिप्रसाद चोङबाङद्वारा निर्मित माङ्हिम परिसरस्थित् टहरा, ललितपुर उपमहानगरपालिका र सर्वधन राईलगायतको संयुक्त सहयोगमा निर्मित पुजारी बस्ने र बैठककक्ष घर, श्रीमती कृष्णा सुब्बाद्वारा निर्मित भोजभत्तेरस्थल जाने नन्दप्रसाद तुम्खेवालाम्, बि्रटिस गोरखा क्याम्पको सहयोगमा निर्मित सिमेन्टेड् खुड्किलो बाटो, किरात याक्थुङ चुम्लुङ ललितपुरद्वारा निर्मित याक्थुङ्लाम् र किरात कल्याण सङ्घ ललितपुरद्वारा निर्मित भोजभत्तेरस्थलमा जस्तापाताको टहरा आदि भौतिक पूर्वाधारहरुसमेत निर्माण गरिएका छन् ।
माङ्हिम निर्माणकर्ताका अविभावक हवल्दार गंगाप्रसाद आङ्बुहाङ लिम्बूको चिरस्मृतिमा बनाएको मुल माङ्हिम करिब ७ लाख बराबरको लागतमा निर्माण गरिएको हो । नीज हवल्दार गंगाप्रसाद आङ्बुहाङ लिम्बू वि.सं. १९७३ फागुन ५ गते पल्लो किरात लिम्बुवानको हाङ्पाङ् चुङ्वामा जन्मी वि. सं. १९९२ सालमा बि्रटिस इण्डियन आर्मीमा भर्ति भई दोस्रो विश्व युद्धमा बर्माको लडाइँमा परेर वि. सं. २०१५ सालमा अवकाश लिएर स्वदेश नेपालमा फर्कनु भएको थियो । र, वि.सं. २०४६ साल मङ्सिर २ गते उहाँको स्वर्गारोहण भयो । उनै मृतात्माको चिर शान्तिको कामना गर्दै सो किरात माङ्हिम बनाई सम्पूर्ण किरात धर्मावलम बीहरुप् ति समर्पण गरिएको व्यहोरा माङ्हिममा राखिएको शिलालेखमा उल्लेख छं । र, माङ्हिम निर्माण एवम् समर्पणकर्ताहरु श्रीमति रनहाङ्मा आङ्बुहाङ लिम्बू, मेजर पदमबहादुर आङ्बुआङ लिम्बू MVO, श्रीमति सुनिता लिम्बू, सुःश्री संगिता लिम्बू, श्रीमति उमादेवी खापुङ लिम्बू र श्रीमति लक्ष्मी इङ्नाम लिम्बू रहेका छन् ।
माङहिम उद्घाटन कार्यक्रम व्यवस्थापन समतिका अध्यक्ष क्याप्टेन दयाप्रसाद आङबुङको अध्यक्षतामा भएको थियो भने सोको सञ्चालन मेजर देउमान बखिमले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा माङहिम व्यवस्थापन समितिका कोषाध्यक्ष क्याप्टेन शिवकुमार पाङ्गेनहाङ लिम्बूले सम्पूर्ण आयव्यय विवरणसमेत प्रस्तुत गर्नुभएको थियो । माङहिम निर्माणमा जम्मा लागत ६,८४,३८४ रुपैयाँ लागेको र सो सम्पूर्ण रकम माङहिम निर्माणकर्ता आङ्बुहाङ परिवारबाटै प्राप्त भएको समेत जानकारी गराउनु भयो । यसैरगरी, माङहिम निर्माणकर्ताको तर्फबाट मेजर पदमबहादुर आङ्बुहाङले आफ्नो भनाई राख्दै सो माङहिमलाई व्यवस्थापन समिति र सम्पूर्ण किरात धर्मावलम्बीलाई समर्पण गर्नुभयो । वहाँले माङहिम निर्माण कार्यमा रातदिन खट्नुहुने सम्पूर्ण महानुभावहरुलाई खदा ओडाएर हार्दिक धक्यवाद दिँदै कोषाध्यक्ष शिवकुमार पाङगेनहाङलाई विशेष धन्यवादसमेत दिनुभयो । कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष क्याप्टेन दयाप्रसाद आङ्बुङले पनि माङहिम निर्माण गरिदिने आङ्बुहाङ परिवारलाई सम्पूर्ण किरात धर्मावलम्बीहरुको तर्फबाट हार्दिक आभारका साथ धेरै धन्यवाद दिँदै सो किरात माङहिम परिसरलाई किरात तिर्थस्थलको रुपमा विकास गरी एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा स्थापति गर्न अझै करिब ४० लाख रुपैयाँ बराबरको रकम आवश्यकता परेको बताउँदै देशविदेशमा रहनुभएका सम्पूर्ण शुभेच्छुक महानुभावहरुलाई सहयोगको लागि आग्रहसमेत गर्नुभयो ।
नीज हवल्दार गंगाप्रसाद आङबुहाङकी श्रीमति रनहाङ्मा आङ्बुहाङले माङहिम प्रवेशद्वाराको हरियो रिवन काट्दै शिलालेखलाई उघारेर माङहिको औपचारिक उद्घाटन र हस्तान्तरण गर्नुभयो । यसपछि सबै उपस्थित सहभागीहरुले आ-आफ्नै संस्कारअनुसार नाचगान गर्दै आ-आफ्नै देवासनमा पूजाआजा गरेर प्रसाद ग्रहण गरी सो समर्पण तथा उद्घाटन समारोहको समापन भएको थियो ।
समोहरमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र किरात सुनुवार सेवा समाजलगायत सबै संघसंस्थामा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त माङ्हिममा हाल सङ्खुवासभा फाबेन लिम्बुवान निवासी मौलिक मुन्धुमविद् साम्बा टेकबहादुर फाबेन लिम्बू माङहिमको पूजारीको रुपमा नियुक्त भई कार्यरत छन् ।
ललितपुरको धापाखेलमा अवस्थित यस सानो हात्तीवन किरात माङहिम परिसरलाई आदिवासी किरात लगायत सम्पूर्ण आदिवासी जनजातिहरुको तिर्थस्थलको रुपमा विकास गर्न सकिने प्रयाप्त सम्भावनाहरु देखिन्छन् ।

- डीबी आङ्बुङ, काठमाडौं

1 responses to ( आदिवासी किरातहरुको तिर्थस्थल सानो हात्तीवन किरात माङ्हिमको उद्घाटन )

  1. subir Says:

    If kirat people really want to preserve and practice their religion, real kirati intellectuals must re-think, deeply think and find new way of solution. like

    Modify kirat temple so as many as kirati people or young generation will also encourage and fit in that temple. I mean that temple must be like modern Church style. Young kirat people go to kirat temple with good looking dress-up and pray to kirat god and goddess (Paruhang-mahadev and Sumnimaa-parvati). That techinique will help to promote and fit all generation in it.

    Otherwise stone age style temple and stone age style prayer will vanish in next decade.

    Just think How many people go to kirat temple.

    How many new generation go to kirat temple? or how many are really interested on it?

    Answer is Zero.

    Answer is "Not suitable for reality and kirat temple and religious practices does not fit on current social life style"

    it is SAD but it is true and reality.

    Think Quick and deeply before its too late

Comment
Please Login to comment.

Popular articles

- इलामको चिसोपानी प्रहरी चौकीमाथि भएको आक्रमणर त्यसमा 'लिम्बुवान' नाम जोडिएको घट्नाप्रति
- पालाम र लिम्बुवान
- लिम्बुवान हङकङको नयाँ क्षेत्रमा विस्तारः अगष्ट २२ मा गोलमेच सम्मेलन हुने
- लिम्बुवानको झापामा आमसभा: वर्षा र झरीमा पनि लिम्बुवान अघि बढ्दै