More Articles

Bullet What is Federalism?
  Date 01/22/08 Icon 59 Date 2 comments  
Spacer
Bullet Nepal's Susta has
  Date 01/01/08 Icon 130 Date 4 comments  
Spacer
Bullet Federation of Nepalese
  Date 12/17/07 Icon 138 Date 0 comments  
Spacer
Bullet Federation of Nepalese
  Date 12/17/07 Icon 108 Date 0 comments  
Spacer
Bullet Federation of Nepalese
  Date 12/17/07 Icon 109 Date 0 comments  
Spacer
Bullet Interview with Girija
  Date 12/02/07 Icon 137 Date 1 comments  
Spacer
Bullet Gurkha Ex-Servicemen
  Date 11/29/07 Icon 205 Date 4 comments  
Spacer
Bullet Sleeping Indigenous
  Date 11/11/07 Icon 138 Date 0 comments  
Spacer
Bullet लमजुङमा
  Date 10/30/07 Icon 184 Date 3 comments  
Spacer
Bullet Indian Police killed
  Date 10/28/07 Icon 147 Date 2 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

February

 
 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
 
 

January

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 
 

Welcome on my blog!

Anita wrote 38 articles and got 62 comments. The last article was submitted on 01/27/08

Anita's profile | Anita's gallery



Title: Current Interview with Prachanda


पहिलो राष्ट्रपति म हुन्छु What Prachanda is telling in interview?

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड स्पष्ट वक्ता मानिनुहुन्छ । नेपालका निम्ति सुधीर शर्मा र भोजराज भाटस“ग गरेको कुराकानीका क्रममा पनि उहा“ थुप्रै विषयहरुमा खुलेरै प्रस्तुत हुनुभयो ।

तपाईंहरूले अरू दलहरूभन्दा अगाडि नै चुनावी गतिविधि थाल्नुभयो । चुनावी अभियानमा सा“च्चै लाग्नुभएको हो -

निश्चित रूपमा हामी चुनावी अभियानमा लागेका हौ“, त्यसमा शङ्का गर्नुपर्ने कुनै कारण छैन । संविधानसभा हुनर्ुपर्छ र यो नै देशका समस्या समाधान गर्ने सबभन्दा लोकतान्त्रिक विधि हो भन्नेमा हाम्रो गहिरो विश्वास छ ।

मङ्सिरमा हुन नसकेको चुनाव चैतमा चाहि“ हुन्छ भन्ने के आधार छ -

यसबीच हामीले दुइटा कुरा फरक देखेका छौ“ । एउटा राजनीतिक भिन्नता हो । पहिलोचोटि नेपालको संविधानमा गणतन्त्रबारे प्ा्रस्ट उल्लेख गरएिको छ । चुनावमा जानका निम्ति यसलाई राम्रो राजनीतिक वातावरण ठानेका छौ“ । दोस्रोचाहि“, शान्ति प्रक्रियास“ग सम्बन्धित विषय हो, जसमा सहिद परविारलाई राहत, बेपत्ताहरूको खोजीको विषय, घाइतेको उपचार र क्यान्टोनमेन्टको व्यवस्थापनको कुरा पर्छ । २३ बु“दे सहमतिबाट त्यसको सम्बोधन गरएिको छ ।

पहिले तपार्इंहरू राजतन्त्र रहुञ्जेल चुनाव नै हुन नसक्ने दाबी गर्नुहुन्थ्यो । अहिले पनि गणतन्त्रको अर्धघोषणा मात्र भएको छ, तैपनि चुनाव हुन्छ भनेर कसरी निश्चिन्त हुनुहुन्छ -

संविधानमा उल्लेख भएकै छ, कुनै त्यस्तो व्यवधान खडा भएमा चुनावअगावै गणतन्त्रको कार्यान्वयन गर्न सकिन्छ । यस घोषणाले सामन्तवादी तत्त्वहरूको मनोबललाई काफी हदसम्म गिराइदिएको छ, जसले उनीहरूको प्रतिरोध क्षमतामा ह्रास आएको छ । तैपनि, पूरै ढुक्क हुने स्थिति छैन ।

तपाईंले काठमाडौ“ र रोल्पा दुवै ठाउ“बाट उम्मेदवारी दिने घोषणा गरिएको छ । काठमाडौ“बाट जित्ने सुनिश्चित नभएर हो -

पटक्कै होइन । यसमा मेरो वैचारकि, राजनीतिक र अलिकति भावनात्मक सम्बन्ध्ाले काम गरेको छ । किनभने, रोल्पा भनेको जनयुद्धको केन्द्रविन्दु हो, जहा“बाट हामीले व्रि्रोह सुरु गर्‍यौ“ । अर्कोतिर, काठमाडौ“ नेपालको इतिहासमा भएका सबै जनआन्दोलनहरूको केन्द्रविन्दु रहेको छ । जनयुद्ध र जनआन्दोलनको 'फ्यजुन'बाटै १९ दिने व्रि्रोह भएको थियो, जसबाट नेपालमा परविर्तन संस्थागत हुने प्रक्रियाको थालनी भयो । हाम्रो उम्मेदवारीमा त्यही जनयुद्ध र जनआन्दोलनको फ्युजन पनि झल्कियोस् भनेर ती स्थानहरू छनोट गरएिका हुन् । कही“ जित्ने र कही“ हार्ने कुरास“ग यसको पटक्कै साइनो-सम्बन्ध छैन ।

कतिपयले आउ“दो चुनावमा तपाईंहरूको ँसानदार पराजय’ हुने टिप्पणी गरेका छन् नि -

जसले यसरी सोचेका छन्, गलत सोचेका छन् । परण्िााम उनीहरूले सोचेभन्दा ठीक उल्टो आउनेछ । हाम्रो पार्टर्ीीक नम्बर हुनेवाला छ । हालसालै बसेको हाम्रो केन्द्रीय समितिको बैठक निर्वाचनकै वस्तुवादी आकलनमा केन्द्रित थियो । त्यहा“ सबैतिरको रपिोर्ट बुझ्दा कसैस“ग तालमेल नगर्दा पनि हामी एक नम्बर पार्टर्ीीुने र सबभन्दा बढी मत प्रतिशत हामीले प्राप्त गर्ने प्रस्ट देखियो ।

कति सीट जित्नुहोला -

एक सयदेखि १ सय २० सीटसम्म जित्ने आकलन गरेका छौ“ ।

यत्रो क्षमता छ भने अरू पार्टर्ीीग चुनावी तालमेलको कुरा किन गर्नुभएको त -

ऐतिहासिक आवश्यकताका कारण त्यसो भनेका हौ“ । १ सय २० सीट जित्दा पनि बहुमत भइहाल्दैन । यो संविधानसभाको चुनाव हो, संसदीय चुनाव होइन । झीनो बहुमत हुनेबित्तिकै सबै शासन आफ“ैले चलाउने भन्ने पनि हु“दैन । संविधान निर्माण गर्न राष्ट्रिय सहमति आवश्यक पर्छ । भोलि संविधान बनाउने बेलामा सजिलो होस् भनेर अहिलेदेखि नै हामीले एमाले र काङ्ग्रेसस“ग पनि तालमेलको कुरा गरेका हौ“ ।

नेकपा एकता केन्द्रस“ग पनि चुनावकै कारण एकता गर्न लागेको हो -

शान्ति प्रक्रियामा आएदेखि नै हामीले उहा“हरूस“ग एकताको कुरा गर्न थालेका हौ“ । निर्वाचनमा जाने भइसकेपछि त्यो एकताको आवश्यकता र सम्भावना बढेको छ । अहिले हेडक्वार्टर तहमा एकतामा हाम्फालि� ��ाल्नर्ु� �र्छ भन्ने करबि-करबि सहमति भइसकेको छ ।

चुनावको तयारीमा त लाग्नुभयो तर संविधानसभाको चुनाव हुनेमै चाहि“ कत्तिको विश्वस्त हुनुहुन्छ -

विश्वस्त भएरै तयारीमा लागेका हौ“ । किनभने, नेपाली जनताले चुनावको विकल्प देखिरहेका छैनन् । त्यसकारण पनि संविधानसभाको चुनाव हुन्छ । यदि भएन भने त्यो नेपालका निम्ति दर्ुभाग्य हुनेछ ।

कस्तो दर्ुभाग्य -

कथम्कदाचित चुनाव बिथोलियो वा बिथोल्न खोजियो भने नेपालमा दुइटा परघिटना देखिन सक्छ । पहिलो, पाकिस्तानमा बेनजिर भुट्टोलाई मारेजसरी यहा“ पनि प्रमुख नेताहरूको हत्या गरेर वातावरणलाई उत्तेजक बनाउने र चुनाव बिथोल्ने । तर, नेपाली जनताको चेतना र राजनीतिक दल तथा माओवादी पार्टर्ीीे तयारी हर्ेदा एकाध नेताको हत्या भए पनि चुनाव रोकिएला भन्ने मलाई लाग्दैन । दोस्रो सम्भावनाचाहि“ बङ्गलादेशमा भएको घटनाको पुनरावृत्ति गराउने हो । त्यहा“ निजामती अनुहार देखाएर सैनिक 'कू' गरएिको छ । त्यसका पछाडि पश्चिमा शक्तिहरूको ठूलो हात देखिएकै हो । अहिले हामीकहा“ पनि अस्वाभाविक ढङ्गले मन्त्रिमण्डलमा केही नया“ अनुहार ल्याएर राखिएको छ । त्यसले नेपाल पनि बङ्गलादेशी परघिटनातिर जाने त होइन भन्ने आशङ्का जन्माउ“छ ।

हत्याको कुरा गर्नुभयो, त्यो तपार्इंह� ��ूविरुद्� � नै लक्षित हो -

त्यो हाम्राविरुद्ध मात्र होइन, कुनै पनि पार्टर्ीी नेता वा कार्यकर्ता पङ्क्तिसम्म पुग्नसक्छ ।

कसबाट त्यस्तो खतरा छ -

एउटा त, संविधानसभा हुनेबित्तिकै गणतन्त्र कार्यान्वयन हुने भएकाले दरबारयिा, सामन्ती अभिजात वर्गबाटै छ । दोस्रो, यहा“ वामपन्थीहरूको वर्चस्व नहोस् भन्ने केही अन्तर्रर्ााट्रय शक्तिकेन� ��द्रहरूक� � चाहना छ । यस्तो राजनीतिक हत्या गराउनेमा 'सीआईए' -अमेरकिी गुप्तचर संस्था)जस्ता पश्चिमाहरू असाध्यै बदनाम छन् । तिनीहरूबाट पनि यो खेल हु“दैन भन्न सकि“दैन । किनभने, यदि यो देशमा चुनावबाटै वामपन्थीको वर्चस्व कायम हुने देखियो भने त्यसको असर नेपालमा मात्र नभएर दक्षिण एसिया र विश्वव्यापी रूपमा पर्नेवाला छ ।

तपाईंले दरबार र अमेरिकामाथि मात्र आरोप लगाउनुभयो, भारतबाट चाहि“ कुनै खतरा छैन -

अन्तर्रर्ााट्रय शक्तिकेन्द्र भन्नाले अमेरकिा मात्र होइन, भारत पनि पर्छ ।

त्यस्तो षड्यन्त्र भइरहेको छ भने व्यक्तिगत रूपमा चाहि“ कत्तिको असुरक्षित महसुस गर्दै हुनुहुन्छ -

त्यस्तो सम्भावना -आफूलाई निसाना बनाइने) भए पनि व्यक्तिगत रूपमा मैले त्यति असुरक्षित महसुस गरहिालेको छैन । किनभने, म जनमुक्ति सेनाको घेराभित्रै छु । भर्खरै राज्यले पुलिस फोर्स्र्ाानि दिएको छ ।

केही पहिले तपाईंले अमेरिकी कूटनीतिज्ञको हत्या गर्ने षड्यन्त्र रचिएको दाबी गर्नुभएको थियो । तर, तत्कालीन अमेरिकी राजदूत मोरियार्टर्ीी आधार माग्दा ठोस जवाफ दिन सक्नुभएन । अहिलेको दाबी पनि त्यस्तै त होइन -

मैले त्यसबेला जे बोलेको थिए“, त्यो सत्य रहेछ भन्ने कुरा मोरयिार्टर्ीी अमेरकिा र्फकनुअघि महसुस गरसिकेका थिए । अहिलेको अमेरकिी संस्थापन पक्षलाई पनि त्यसबेला मैले बोलेको पछाडि सत्यता रहेको प्रस्टै थाहा छ । मैले प्रत्यक्ष-परोक्ष रूपमा भित्री तहबाट यो सूचना उनीहरूलाई दिएको थिए“ ।

बाहिर आलोचना गरे पनि अमेरिकास“ग तपाईंहरूको भित्री सम्बन्धचाहि“ रहेछ है -

त्यस्तो भित्र-बाहिर हैन । हाम्रा साथीहरू राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन अमेरकिा जानुभयो । कतिपय बुद्धिजीवीहरूको कार्यक्रममा अमेरकिी राजदूतस“ग पनि भेटघाट भएको छ । तर, हाम्रो औपचारकि सम्बन्ध छैन । जबसम्म अमेरकिाले हामीविरुद्ध लगाएको आतङ्ककारीको बिल्ला हटाउ“दैन, तबसम्म सम्बन्ध सुधार भएको भन्न मिल्दैन । तर, अहिले यो सुधारोन्म्ाुख दिशातिर चाहि“ गएको छ ।

तैपनि, सीआईएबाटै खतरा देख्दै हुनुहुन्छ -

-टाउको हल्लाउ“दै) हो, त्यो त छ“दैछ ।

अघि तपाईंले चुनाव बिथोल्नका निम्ति बङ्गलादेशमा जस्तै ँडेमोक्रेटिक कू’ हुनसक्ने सम्भावना पनि औ“ल्याउनुभयो । के हो त्यो भनेको -

त्यो भनेको केही व्यक्तिहरूको लोकतान्त्रिक अनुहार देखाएर सेनाले 'ब्याकिङ्' गर्ने र सरकार चलाउने । -पाकिस्तानमा) परवेज मर्ुर्सरफले गरेजस्तो ठ्याक्कै सेना नै अगाडि नआउने तर सिभिल अनुहारलाई अगाडि सारेर 'कू' गर्ने ।

नेपालमा त्यस्तो सम्भावना छ त -

म त त्यस्तो सम्भावना देख्दिन“ । तर, सेनाभित्रको 'हार्डलाइनर', सामन्ती निरङ्कुश� ��न्त्रप्� �ति बफादार सानो हिस्साले कहिलेकाही“ त्यस्तो सप्ाना देख्छ होला । मुख्य पार्टर्ीीभित्र पनि केही त्यस्ता प्रवृत्ति र पात्रहरू छन् ।

त्यही भएर तपाईंले खुलामञ्चबाट प्रधानसेनापति रुक्माङ्गद कटवालविरुद्ध आक्रोश पोख्नुभएको हो -

त्यो आक्रोशभन्दा पनि सत्य हो या होइन भन्नेचाहि“ महत्त्वपर्ूण्ा सवाल हो । एउटा त, सेनापतिले दिल्लीबाट फर्केर एक महिना बासी कुरालाई लिएर जसरी व्ाक्तव्य दिन लगाए, त्यसले बडो शत्रुतापर्ूण्ा तवरमा जान खोजेको देखिन्थ्यो । दोस्रो, चीन जानुअघि उनले राजनीतिको विरोध गर्दै राजनीति गरे । त्यसबाट प्रस्टै बुझिन्छ, गर्न खोजेको उनले राजनीति नै हो । किनभने, सेना समायोजनका विषयमा बोल्नुको कुनै अर्थ थिएन । यसबारे दलहरूबीच कुनै विवाद भएको पनि थिएन । बिनाविवादको विषयमा एकाएक बोलेर उनले राजनीति गरे ।

तपार्इंहरूकै सरकार मातहत रहेको सेनाका प्रमुखले जथाभावी बोलेका हुन् भने उनीविरुद्ध खुलामञ्चबाट भाषण गर्नुको साटो विभागीय कारबाही नै गरे भइहाल्यो नि, हैन र -

सेनाप्रमुखले बाहिरै बोलेर जनतालाई भ्रम दिएकाले त्यसको जवाफ जनतामाझ नै दिनुपथ्र्यो । हामीले पनि त्यही माध्यम अपनायौ“ । उनलाई कारबाही गर्ने कुरा प्राविधिक विषय हो, त्यसबारेमा सात दलभित्र निश्चित रूपमा छलफल हुनेछ ।

तपार्इंले काठमाडौ“का होटलहरूमा नेपाली सेनाका जर्नेलहरूस“ग दर्ुइपटक भेटेको भन्ने गर्नुभएको छ । सेनाले त त्यसको खण्डन गर्‍यो । यथार्थ के हो -

त्यो लुकेर गरेको बैठक होइन । पहिलोपटक बैठक गर्दाखेरी प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालास“ग सल्लाह भएर, त्यसमाथि उहा“को सुरक्षा सल्लाहकारसमेत बसेर लाजिम्पाटको होटल एम्बासडरमा नेपाली सेनाका तीन जना जनरलस“ग छलफल भएको हो । त्यहा“ हाम्रो लिडरसिपको तीन-चार जनाको टिम पनि थियो । त्यहा“ सेना समायोजनको मामिला कसरी हल गर्ने भन्नेबारेमा छलफल भएको थियो । त्यसपछि दक्षिण अप्रिmकाका एक जना सुरक्षा विशेषज्ञ आउ“दा नेपाली सेनाका तीन जना जनरल र हामीले स“गै बसेर अर्को होटलमा छलफल गरेका थियौ“ । त्यो खुलेआम नै भएको थियो । भेट्न नहुने कुरा पनि थिएन । त्यही विषयलाई लिएर सेनाबाट खण्डन गरएिको देख्दा मलाई त आर्श्चर्य लाग्यो ।

तपाईंले संविधानसभा चुनावअगावै नेपाली सेना र जनसेनाबीच समायोजनको प्रक्रिया थाल्नर्ुपर्छ भन्नु भएको छ । के यो सम्भव छ -

अन्तरमि संविधानको निर्ण्र्ााै विशेष समिति बनाएर सेना समायोजनबारे छलफल अगाडि बढाउ“दै लैजाने उल्लेख छ । संविधानसभाअगाडि त सेनाको समायोजन कुनै पनि हालतमा हुन सक्दैन र हुनु पनि हुन्न । तर, त्यसबारे छलफलचाहि“ अहिल्यै सुरु हुनर्ुपर्छ भन्ने हो ।

नेपाली सेनाले त ह“ुदैन भनिराखेको छ नि -

यो सेनाले बोल्ने कुरै होइन । १२ बु“दे सहमति राजनीतिक तहमा भएको हो । अन्तरमि संविधानमा त्यो कुरा उल्लेख छ । शान्ति सम्झौतामा समावेश भएको छ । सेनाले यसबारे टिप्पणी गर्नै मिल्दैन ।

तपार्इंहरूको धारणामा सेनाको समायोजन कसरी हुनसक्छ -

सङ्ख्यात्मक दृृष्टिकोणले सम्पर्ूण्ा नेपाली सेना र सम्पर्ूण्ा जनमुक्ति सेना अब बन्ने राष्ट्रिय सेनामा समाहित हुनर्ुपर्छ भन्ने हाम्रो मान्यता होइन । सङ्ख्या कही“ किटान गरएिको छैन । अहिलेसम्म भए-गरेका सहमति र सम्झौतामा दुवै सेनाको अस्तित्व तथा भरणपोषण गर्ने स्वीकारएिको छ । र, सिद्धान्ततः दुवैलाई मिसाएर समायोजन गर्नर्ुपर्छ भ्ानिएको छ । त्यसको निचोड के हो भने जनमुत्तिm सेनाका योग्यहरू नया“ राष्ट्रिय सेनामा हुने र नेपाली सेनाको हकमा पनि 'फिट' र योग्यलाई मात्र नया“ सेनामा समायोजन गर्ने भन्ने हो ।

फिट र योग्य भन्नाले -

हामीले नेपाली सेनाको लोकतन्त्रीकरण र जनमुक्ति सेनाको व्यावस्ाायीकरण भनेका छौ“ । त्यही अनुरूप योग्यता जा“च्ने हो ।

नेपाली सेनाको लोकतन्त्रीकरण त्यसरी नै योग्यता जा“चेर गर्ने हो -

नेपाली सेनामा हिजोका दिनदेखि नै एउटा 'कल्चर' छ, राजाको नून खाएको भन्ने सोचाइ छ, त्यसलाई बदल्ने भनेको हो । त्यहा“ जुन अफिसरहरूले जवानलाई नोकरजस्तो व्यवहार गर्छन्, त्यस्तालाई हटाइदिनर्ुपर्छ भन्ने हो । यतापट्ट िजनमुक्ति सेनामा पनि व्यावसायीकरण हुनका लागि अन्तर्रर्ााट्रय रूपमा जुन न्यूनतम 'क्राइटेरयिा' चाहिन्छ, त्यसभित्र नपर्नेहरू राष्ट्रिय सेनामा जान सक्दैनन् । उनीहरू कोही पुलिसमा जालान्, अरू कोही औद्योगिक सुरक्षामा खटिएलान् । कोही सीमा सुरक्षाको काममा पनि जालान् । मैले भन्न खोजेको- उतापट्ट िनिरङ्कुश चरत्रिका भएकाहरूलाई निकाल्नर्ुपर्छ र यतातिर व्यावसायिक रूपमा फिट नहुनेहरूलाई हटाउनर्ुपर्छ ।

एकथरीले त तपाईंहरू आफ्नो जनसेनालाई नेपाली सेनामा मिसाएर केन्द्रीय सत्ता कब्जा गर्ने ँग्य्रान्ड डिजाइन’मा रहेको आरोप लगाएका छन् नि -

सीधा भाषामा भन्दा त्यो कर्ुतर्क हो । नेपाली सेनाका केही जनरलहरू मुट्ठीभर अभिजात सामन्ती वर्गप्रति बफादार छन्, तिनको भक्तिभाव देखाउ“छन् । उनीहरूले परविर्तन, लोकतन्त्र मन पराइराखेका छैनन् । त्यसकारण माओवादीमाथि झूटो आरोप लगाएर शान्ति प्रक्रिया बिथोल्न चाहन्छन् । तर, संस्थागत रूपमा अब नेपाली सेना शान्ति प्रक्रियाको बाधक छ जस्तो लाग्दैन । डेढ वर्षा हामीले के बुझ्यौ“ भने सेनाका ९५ प्रतिशत अफिसरहरू अब माओवादीविरुद्ध लड्नु हु“दैन, बरु मिल्नर्ुपर्छ भन्छन् । उनीहरू राजतन्त्र सिद्धियो, अब गणतन्त्र स्थापना गरेर शान्ति कायम गर्न चाहन्छन् । त्यसकारण नया“ नेपाल बनाउनका लागि नेपाली सेना बाधक होइन, साधक बन्छ भन्ने हामीलाई लागेको छ । -आर्मी) चीफस“ग पनि मेरो व्यक्तिगत दुस्मनी केही होइन । बीचबीचमा उनले जसरी उल्टो धारामा बोल्छन्, त्यसले उनी स्वयम् मझधारमा छन् भन्ने देखाउ“छ ।

यदि तोकिएको समयमा चुनाव हुन सकेन भने तपाईंहरू आन्दोलन वा व्रि्रोहको वैकल्पिक बाटोतिर लाग्ने सम्भावना छ कि छैन -

यदि त्यस्तो खालको स्थिति पैदा भयो भने चाहे त्यो मधेस वा दरबारका नाममा हुने गडबडी नै किन नहोस्, हामी फेर िछापामार युद्धमा र्फकने छैना“ै । मतलब हामी जङ्गलतिर जाने छैनौ“, बरु यही“ लाखौ“लाख जनतालाई सडकमा उतारेर शान्तिपर्ूण्ा सङ्र्घष्ाद्वारा परविर्तन ल्याउ“छौ“ । जनताको हातमा नेतृत्व फर्काउने र चुनावको वातावरण बनाउनेतिर लाग्नेछौ“ ।

प्रसङ्ग बदलौ“, प्रधानमन्त्री कोइराला गम्भीर रूपमा अस्वस्थ हुनुहुन्छ । यस्तो अवस्थामा देशले गति लिन सक्ला -

म गिरजिाबाबुबारे अहिल्यै टिप्पणी गर्न चाहन्न“ । अहिले राष्ट्र निकै चुनौतीमा छ । प्रधानमन्त्रीको अस्वस्थता, उमेर हामी सबैका लागि ठूलो चिन्ताको विषय बनेको छ । चुनावअगाडि तत्काल म कुनै विकल्प देख्दिन“ । यो परििस्थतिमा व्यक्तिगत टिप्पणी गर्नुभन्दा म यति मात्र कामना गर्छर्ुुक चुनावसम्म गिरजिाबाबुलाई केही नहोस् ।

पहिलेपहिले गिरिजाबाबुलाई संस्थापक राष्ट्रपति बनाउने भन्नुहुन्थ्यो तर भर्खरै तपाईं स्वयम् राष्ट्रपति बन्ने कुरा आएको छ, के हो -

हामीले संविधानसभाअगाडि नै राष्ट्रपति हुने कुरा गरेका हैनौ“ । संविधानसभाको निर्वाचनअगाडि नै मुलुकमा गणतन्त्र घोषणा हुने हो भने गिरजिाबाबु राष्ट्रपति हुने कुरा अहिले पनि कायमै छ । त्यसमा हामीलाई कुनै आपत्ति छैन । जहा“सम्म हाम्रो केन्द्रीय समिति र हालै भएको राष्ट्रिय भेलाले अनुमोदन गरेको कुरा हो, गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति हाम्रो पार्टर्ीी अध्यक्ष नै हुनर्ुपर्छ ।

भनेपछि २०६५ सालसम्म तपाईं राष्ट्रपति बनिसक्नुहुनेछ -

निर्वाचनमा हाम्रो पार्टर्ीीे बहुमत आउने निश्च्िात छ । त्यसपछि पनि परििस्थति हाम्रो पार्टर्ीीे अनुकूल हुन्छ भन्ने कुरामा विश्वस्त भएरै त्यस्तो घोषणा गरएिको हो ।

अर्थात्, तपाईं पहिलो राष्ट्रपति बन्दै हुनुहुन्छ -

मभन्दा पनि हाम्रो पार्टर्ीीे अध्यक्ष बन्ने हो । अहिलेचाहि“ निर्ण्र्ाागरेको मलाई नै हो ।

अचेल तपाईंले नेपालमा नया“ जङ्गबहादुर र बुद्ध चाहिन्छ भन्ने गर्नुभएको छ । के अर्थ हो यसको -

मैले अलि प्रतीकात्मक ढङ्गले भनेको हु“ । नेपाली जनता शान्ति चाहन्छन्, त्यसको अर्थ नया“ बुद्ध चाहन्छन् भन्ने हो । अनि, नेपाली जनता अराजकताको अन्त्य गर्न नया“खालको जङ्गबहादुर पनि चाहन्छन् । इतिहासका पाना पल्टाउने हो भने सुगौली सन्धि भएयता जङ्गबहादुरको उदय हुनुअघिसम्म देशमा व्यापक अराजकता र अन्योल थियो । जङ्गबहादुरप्रति मेरो सहानुभूति होइन तर त्यतिबेला उनीजस्तो पात्र नआएको भए स्थिति झन् भयानक हुनसक्थ्यो ।

अहिले पनि शान्ति स्थापना गर्न एकखाले अधिनायकवाद चाहिन्छ भन्न खोज्नुभएको -

शान्ति स्थापना गर्नका लागि गौतम बुद्धजस्तो 'ब्रोड' दिमाग चाहिन्छ । तर, अराजकता अन्त्य गर्नका निम्ति सत्ताले अधिनायकत्व पनि लागू गर्नर्ुपर्छ । सत्ता भनेकै अधिनायकत्व हो । सत्ताले अधिनायकत्व चलाउन सकेन भने त्यहा“ सत्ता भन्ने नै रह“दैन । यसकारण अधिनायकत्व र शान्तिलाई मैले प्रतीकात्मक अर्थमा जङ्गबहादुर र बुद्ध भनेको हु“ । तर, अहिले जङ्गबहादुरको जस्तो अधिनायकत्व होइन, जनताको लोकतान्त्रिक अधिनायकत्व चाहिन्छ ।

जङ्गबहादुर र बुद्धको नया“ भूमिका तपाईं वा तपाईंको पार्टर्ीी नै निर्वाह गर्न खोजेको त होला -

शान्ति कायम गर्नर्ुपर्छ र अराजकताको पनि अन्त्य हुनर्ुपर्छ भन्ने हो । त्यो भूमिका नेकपा माओवादीले नै पूरा गर्नसक्छ र पूरा गर्नर्ुपर्छ । हामी नेतृत्वमा रहेकाहरूले आफूलाई त्यसका निम्ति तयार पार्नर्ुपर्छ भन्ने नै यसको अर्थ हो ।

फेरि प्रसङ्ग बदलौ“, गणतन्त्रको कार्यान्वयन गर्दा राजालाई कसरी किनारा लगाउनुहुन्छ - पहिले त संस्थापक राष्ट्रपति बनाउने चर्चा पनि सुनिन्थ्यो, अब त त्यसको दाबेदार आफै“ हुनुहुन्छ ।

पहिलो कुरा, 'माघ १९' अघि राजा संस्थापक राष्ट्रपति बन्ने सम्भावना थियो । अब नेपाली जनताले त्यसतिर सोच्ने छैनन् । दोस्रो कुरा, नेपाली जनता यति महान् छन् कि ठूल्ठूला अपराध गरेको भए पनि शान्तिपर्ूण्ा ढङ्गले सामान्य जीवन व्यतीत गर्न चाहन्छु भन्ने -राजाबाट) हो भने त्यो छुट पनि दिनेछन् । र, हाम्रो पार्टर्ीीनि उनलाई सामान्य नागरकिका रूपमा बस्ने र आफ्नो व्यापार गर्ने वातावरण बनाउनेतिर लाग्छ । किनभने, गणतन्त्रको रूपान्तरण हिंसात्मक तरकिाबाटै गर्न आवश्यक छैन भन्ने ठान्छौ“ हामी । तर, त्यो भएन वा उनीहरूले विगतको गुुन्डागर्दी चरत्रि कायमै राखे भने मलाई लाग्छ, नेपाली जनताले उचित सजाय दिन पनि जानेका छन् ।

देशलाई गणतन्त्रतिर लैजानमा तपाईंहरूको ठूलो भूमिका रह्यो । तर, तपाईंहरू आफै“चाहि“ हिजोका राजावादीहरूस“ग उठबस गर्दै हि“ड्नुभएको छ । यो त विरोधाभास भएन र -

सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाप्रति हाम्रो अडान कहिल्यै फेरएिको छैन । तर, हिजो राजाबाट देशको रक्षा हुन्छ भन्ठान्ने देशभक्तहरू, जसलाई राष्ट्रवादी पनि भन्न सकिन्छ, तिनीहरू सबैलाई धकेल्नुचाहि“ हु“दैन, बरु उनीहरूलाई पनि समेटेर, सहकार्य गरेर मात्र राष्ट्रलाई बचाउन सकिन्छ, नया“ नेपाल निर्माण गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो ।

राष्ट्र खतरामा परेको देख्नुभएको छ, कसरी -

सङ्क्रमणको स्थितिमा कुनै पनि राष्ट्र कमजोर भइराख्ोको हुन्छ । अहिले नेपालको अवस्थाबाट पनि फाइदा उठाउन संसारभरकिा शक्तिकेन्द्रहरू आ-आफ्ना ढङ्गले खेलिरहेका छन् । यस अर्थमा हामीले हाम्रो राष्ट्रियता अप्ठ्यारोमा पर्‍यो भनेका हौ“ । भारतीय शासकवर्गको कट्टरपन्थी हिस्साले पनि नेपालमा अस्थिरता भइदिए हुन्थ्यो भन्ने चाहिराखेको छ । अमेरकिाजस्तो 'सुपरपावर' नेपालको भूराजनीतिक स्थितिबाट फाइदा उठाएर भारत र चीनमाथि प्रभाव जमाउन चाहन्छ । अहिले मधेसी-पहाडी, पर्ूवेली- पश्चिमेल� ��जस्ता साम्प्रदायिक नारा पनि खुलेआम सुनिन्छ । यसबाट एकातिर हाम्रो आन्तरकि राष्ट्रियतामाथि खतरा उत्पन्न भएको छ भने अर्कोतिर सुस्ता, कालापानीलगायत ठाउ“-ठाउ“मा सिमाना मिचिएको छ । त्यसैले, भौगोलिक अखण्डता तथा र्सार्वभौमिकता जोगाउन सबै नेपालीहरू एकजुट हुनुपर्ने देखिन्छ ।

भारतबाट राष्ट्रियता खतरामा परेको चर्चा गर्नुभयो । तर, आफै“ भारतीय गुप्तचर एजेन्सी ँर’का प्रमुखलाई भेट्ने, भारतीय राजदूतस“ग कुरा गर्न पटकपटक दूतावास धाउने गर्नुभएको छ । योचाहि“ के हो नि -

भारत विशाल देश हो । त्यहा“ एउटा भारतभित्र अर्काे भारत पनि छ । राम्रो भारत पनि छ, नराम्रो भारत पनि छ । शासकवर्गभित्र पनि असाध्यै कट्टरपन्थी र अलि उदारहरू पनि छन् । जो नेपालमा सकारात्मक परविर्तन र शान्तिको पक्षमा छन्, तिनीहरूस“ग हाम्रो निश्चय पनि राम्रो सम्बन्ध छ । कूटनीतिक तहमा हाम्रो स्वतः सम्बन्ध हुने भइहाल्यो । त्यसकारण राजदूतलाई भेट्नु वा भारतका कुनै एजेन्सीस“ग भेट्नु भनेको कूटनीतिक सम्बन्धभित्रै पर्ने कुरा हो ।

जासुसी संस्थाका प्रमुखस“गको भेटलाई पनि कूटनीतिक सर्म्पर्क भन्न मिल्ला र -

जासुसी संस्थाकालाई भेट्यौ“ भन्ने कुरा नै गलत हो । हामीस“ग भारतीय दूतावासमार्फ कूटनीतिक सम्बन्ध कायम गर्न, भारतीय राजनीतिक पार्टर्ीी तर्फाट कुराकानी गर्न अनेक मान्छे आइरहेका हुन्छन् । त्यही सिलसिलामा उनीहरूले कुनै पात्रलाई यो जासुसी संस्थाको हो नभनी कुनै बुद्धिजीवी वा त्यस्तै कुनै रूपमा भेट गराएका हुनसक्छन् ।

अन्तिम प्रश्न, नेपाल कहिलेबाट शान्ति र स्थिरताको चरणमा प्रवेश गर्ला भन्ने तपाईंलाई लाग्छ -

संविधानसभाको निर्वाचन सम्पन्न भएपछि नेपाल शान्ति, स्थिरता र प्रगतितिर प्रवेश गर्नेछ । यदि चुनाव नहुने स्थिति आयो भने पनि नेपाली जनताले ०६५ सालभित्रै छिनोफानो गरसिक्ने छन् ।

http://www.kantipuronline.com/Nepal/sambad.php ...

Date 0Icon 46
    


Write blog articles

Sorry there is no comment on this blog article yet.
Would you like to be the first one to write a comment?
Sorry, guests can not post comments | Register